नेपालीको विकासको सपना पूरा गर्न मेरो उम्मेदवारीे -सुरेन्दप्रसाद पाण्डे

म जुन बेला अर्थमन्त्री भएको थिएँ, त्यति बेला माओवादी प्रतिपक्षमा र १० भन्दा बढी दल सरकारमा रहेका थिए । मुलुक कठिन परिस्थितिमा चलिरहेको थियो । समस्यामा नै समाधान खोज्नुपर्छ भनेर मैले केही देख्दा महŒवकांक्षीजस्तो तर गर्न सकिने र गर्नु नै पर्ने केही योजना अघि सारें । मेरो अर्थमन्त्री कालमा सुरु गरेका केही योजना सम्पन्न भएका छन् । केही योजना निर्माणाधीन अवस्थामा छन् ।

त्यति बेला मन्त्रालयमा रहेका र कार्यान्वयन गर्ने निकाय एकाइमा रहेका राष्ट्रसेवक कर्मचारीबाट पर्याप्त सहयोग प्राप्त गरें । मैले कठिन परिस्थितिमा सुरु गरेको केही योजनामा मात्र बजेट व्यवस्थासहित कार्यान्वयनमा लैजाँदा अहिले सफल अर्थमन्त्री भनेर चर्चा गरेको, लेखेको देख्छु/सुन्छु । काम गर्ने अवसर पाउने हो भने नेपालीको विकासको सपना पूरा गर्न सक्छु भनेर दोस्रो पटक प्रतिनिधिसभाको निर्वाचनका लागि चितवन प्रतिनिधिसभा १ बाट उम्मेदवारी दिएको हुँ ।

म अर्थमन्त्री हुँदा अघि सोरका प्रतिनिधि योजनामध्ये पहाडी लोकमार्ग, १० वटा नयाँ सहर, हेटौंडा–चतरा सडक, माथिल्लो तामाकोसी, जनता आवास कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम, (कर्णालीबाट) रानीजमरा सिँचाइ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सामाजिक सुरक्षा कर, जग्गाको वर्गीकरण, तेस्रो पक्ष सडक दुर्घटना बिमा हुन् । यसका अतिरिक्त अरू पनि महŒवपूर्ण योजनाहरू अघि सारेर काम गरें ।

पूर्वपश्चिम सडकमा मधेस खण्डमा हरेक समय सडक अवरोध गर्ने, त्यसको असर सर्वसाधारण, उद्योगी व्यापारी, सरकार सबैलाई पर्ने भएकाले दीर्घकालीन समाधानको विकल्प पहाडको फेदीबाट वैकल्पिक सडक निर्माण गर्ने क्रममा हेटांैडा–चतरा मदन भण्डारी मार्गको रूपमा निर्माण भइरहेको छ । केही पुल निर्माण हँुदैछन् । सडक कालोपत्रे अन्तिम चरणमा छ ।

पहाडमा एक करोड जनसंख्या राख्नुपर्छ भनेर मध्यपहाडी राजमार्ग सुरु गरेको हुँ । माथिल्लो तामाकोसी सरकारी लगानीमा नबनाएको भए अहिले डिजेल प्लान्टमा कति पैसा बाहिरिन्थ्यो । अहिले लोडसेडिङ अन्त्य हुन्थ्यो ? म लामो समयदेखि पूर्वी चितवनमा बस्दै आएको छु । त्यस कारण त्यहींबाट चुनावमा पहिला उठें । अहिले पनि त्यहींबाट उठे । मेरो निर्वाचन क्षेत्रमा गरेका केही कामहरू डुबान कटान रोक्न लोथरदेखि सौराहसम्म आरसीसी ब्याग काम भइरहेको छ ।

सौराह पर्यटकीय गन्तव्यको एक महŒवपूर्ण स्थल हो । त्यसको प्रवद्र्धनका लागि सौराहमा अन्तर्राष्ट्रिय सभा हल निर्माण अन्तिम चरणमा पुगेको छ । सौराह लोथर चक्रपथ निर्माण, शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण सुरु भएको छ । मलेखु–भण्डारा सुरुङ बनाउन कोरियन सहयोगमा एडीबीले डीपीआर गरेको छ । टाँडी–बुलहर–जोगीमारा सुरुङमार्ग बनाउने योजना छ । यी दुई सडकले नारायणगढ–मुग्लिन सडकको ट्रफिक भार घटाउँछ । सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउँछ ।

काठमाडांै–मलेखु–भण्डारा–ठोरी सडकको सपना पूरा गर्नु छ । यही मार्गमा रसुवा गढी गल्छी सडक स्तर वृद्धि गरी ठोरी रसुवागढी त्रिदेशीय मार्ग बनाउनु छ । यही अधुरा काम गर्न पनि पुन: उम्मेदवार बनेको हुँ । विश्वास छ, पूर्वी चितवनवासीले यसपटक पनि पहिले गरेका कामको समीक्षा गरी नेपालीको विकासको सपना पूरा गर्न मलाई मतदान गर्नु हुने छ । म निर्वाचित भएपछि चितवन प्रतिनिधिसभा १ सहित देशका १ सय ६५ नै निर्वाचन क्षेत्रको विकासमा योगदान गर्नेछु ।

https://ujyaalonepalnews.com/archives/24604

Previous articleविश्वयुद्ध लडेका चितवनका ‘लाहुरे बा’ को १०५ वर्षको उमेरमा निधन
Next articleचितवन–१ मा कांग्रेसका बागी बुर्लाकोटीले फिर्ता लिएनन् उम्मेदवारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।