रत्ननगरमा तीन वडामा एमालेको सम्पर्क कार्यालय उद्घाटन

0
65

रत्ननगर । नेकपा एमालेले आम निर्वाचतलाई लक्षित गरी रत्ननगरका तीन वटा वडामा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ । सो नगरपालिका अन्तर्गत वडा नं ६, ८ र १३ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । तीनवटै कार्यालयको एमाले उपाध्यक्ष तथा चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले उद्घाटन गरेका हुन ।

कार्यक्रममा नेता पाण्डे सहित प्रदेश सभा ख का उम्मेदवार प्रकास खनाल शैलेश तथा नेताहरुको सहभागिता रहेको थियो । सो अबसरमा उपाध्यक्ष पाण्डेले एमालेको जित निश्चित देखेपछि गठबन्धन डराएको बताए । एमालेसंग डराएर अनेकन भ्रम फैलाउने काम गरिएको भन्दै नेता पाण्डेले निर्वाचनका कार्यक्रमलाई मर्यादित बनाउने गठबन्धनलाई आग्रह गरे ।

चुनाब नजित्दै भ्रम फैलाउनेहरुसंग जनताले के आश गर्नु उनले भने झुट वोल्नेहरुसंग टाडै रहन मतदातालाई आग्रह गरे । पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले वाँकी रहेका विकासका पूर्वाधार पुरा गर्न आफुले तेस्रो पटक उम्मेदवारी दिएको बताए । प्रदेश सभा ख का उम्मेदवार शैलेसले एमाले एकताबद्ध र प्रतिबद्ध कार्यकर्ताको पार्टी रहेकाले मंसिर ४ को निर्वाचनमा जीत सुनिश्चित रहेको बताए ।

वडा नं ६ मा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य प्रभा बराल,प्रदेश कमिटी सदस्य लक्ष्मी कोइराला,प्रदेश कमिटी सदस्य कुलप्रसाख भूषाल,जिल्ला सदस्य प्रेमनाथ दुवाडी,युवासंघका नेता प्रताप डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए । जिल्ला सदस्य तथा वडा इन्चार्ज लोकराज भूषालको अध्यक्षतामा भएको कार्यक्रम वडा कमिटी अध्यक्ष रामचन्द्र सापकोटाले सञ्चालन गरेका थिए । सो वडामा घनश्याम तिमिल्सिना संयोजक रहेको १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ ।

आर्थिक समितिको संयोजकमा रामचन्द्र सापकोटा,युवा परिचालन कमिटीको संयोजकमा प्रदिप सापकोटा,महिला परिचालन कमिटीको संयोजकमा हरितारा रिजाल,आदिबासी जनजाती परिचालन कमिटीको संयोजकमा रामजी चौधरी,घरदैलो व्यवस्थापन समिति संयोजकमा सुदन महतो रहेका छन् ।

वडा नं ८ मा वडा कमिटी अध्यक्ष किशोर मर्दनीयाको अध्यक्षतामा भएको कार्यक्रम सचिव गीता गिरीले सञ्चालन गरेकी थिइन । वडा नं १२ मा वडाध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो । वडा नं १३ मा नेता पाण्डे र प्रदेश सभा ख का उम्मेदवार शैलेसले नेता,कार्यकर्ता तथा मतदाताहरुसंग निर्वाचनका विषयमा छलफल गरेका छन् ।

https://www.ujyaalonepalnews.com/archives/24655

Previous articleसरकारी खर्चमा स्वदेश आए साउदीमा मस्तिष्क घात भई उपचाररत जितेन्द्रकुमार
Next articleबस दुर्घटना हुँदा ८ जना घाइते, २ जनाकाे अवस्था गम्भीर