मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अरुलाई प्रभावित गरेर काम लिन सकिनेछ भने सहयोगीहरुबाट भनेजस्तो साथ पाईने हुदा मन प्रशन्न रहनेछ । काममा ईमान्दारिता पुर्वक समर्पित हुदा उच्च मुल्याङकन हुनेछ भने नोकरि पाउने तथा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । पराक्रमि क्रियाकलापहरुमा भाग लिई दिईने प्रस्तुतिले सबैको मन तान्नेछ । माया प्रेमको डोरो कसिनेछ भने घर परिवारबाट सबैको सहयोया पाईने योग रहेकोछ । साझपख आफन्तसँग मनमुटाब बढ्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा समयमा नहुनाले आर्थिक अवस्थामा असर पर्न सक्छ । काम गर्नु पुर्व आफन्त तथा अग्रजहरु सँग सुझाब सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुनेछ । सामाजिक कामहरुमा आजको दिन हात नहाल्दा नै राम्रो हुनेछ । काम तथा खानपानमा तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा तत्काल लगानि नगर्नुनै राम्रो रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
चल तथा अचल पुँजी परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत धन सम्पती बढाउँन सकिनेछ । अध्ययन अध्यापनमा प्रगति गरि राम्रो नतिजा हात लगाउँन सकिनेछ । प्रणय सम्बन्धको डोरो कसिलो भएर जानेछ भने घर परिवारमा सबैसँग राम्रो सम्बन्ध स्थापित हुँने हुँदा ईच्छित कामनाहरु पुरा गर्न सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले भने सताउँन सक्छ ध्यान दिनुहोला । साझपख कामकै सवालमा लामो दुरिको यात्रा हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा पद प्राप्तीको योग रहेकोछ । माया प्रेममा देखा पर्ने शंका तथा अबिश्वासलाई चिर्दै एक अर्का सँग नजिक हुने सकिनेछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो योग रहेकोछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै चाहेको सफलता प्राप्त गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने बिभिन्न क्रियाकलापमा सहभागि भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । बुवा वा बुवा सरहका मानिससँग सहभागि भई उपलब्धिमुलक शिक्षा लिने अवसर जुर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । व्यापारकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । मध्यान्हबाट पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । साझपख प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा मन जानेछ भने प्रतिष्पर्धिहरु तपाईको क्षमता देखेर आफै पछाडि हट्नेछन् । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्तहरु टाडिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनिति तथा समाजसेवामा जनताको काम गर्दापनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर आमा सँग पनि मनमुटाब सिर्जना हुनेछ । साझपख समय राम्रो रहेकोले नसोचेको धन सम्पती हात लागी हुने समय रहेकोछ । अध्ययनमा राम्रो प्रगती गरि नतिजा आफैतिर पार्न सकिनेछ ।
The post पाथीभरा माइको दर्शन गरि आज माघ २४ गते शुक्रबारको राशिफल पढ्नुहोस । appeared first on .