बिना उद्देश्य गरिएको गठबन्धनले देश विकास हुँदैन- नेता पाण्डे

राप्ती, कात्तिक १५ । चितवन क्षेत्र नम्बर १ बाट एमालेतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र पाण्डेले बिना उद्देश्यले गरिएको गठबन्धनले देश विकास नहुने बताएका छन् । मंगलबार राप्तीमा कार्यकर्ता भेटघाटको क्रममा पार्टीको केन्द्रीय उपाध्यक्ष समेत रहेका पाण्डेले सो कुरा बताएका हुन् ।

गठबन्धनमा रहेको पाँचवटै पार्टीको छुट्टाछुट्टै उद्देश्य हुने भएकोले चुनाव लगत्तै गठबन्धनको खम्बाहरु अलग अलग ढल्ने उनले बताए । गठबन्धनभित्र झगडा हुने पनि उनले बताएका छन् । “उनीहरु बीच नै प्रतिस्पर्धा र लडाइँ हुनेछ र चुनावमा अगाडि सारेका कबुलहरु सबै अलपत्र पर्नेछन् ।” उनले भने “कुन पार्टीको कबुल मान्ने ? हरेकको कबुल अलग-अलग छन् ।”

एमाले देश निर्माणको उद्देश्यको साथ अगाडि बढेको उनले बताए । एमाले स्पष्ट ध्येयको साथ चुनावी मैदानमा उत्रिएको पनि उनले बताए । विगत आठबर्ष देखि आफू चितवन- १ को प्रतिनिधि रहेको र यस अवधिमा भएका विकासहरु जनताको अगाडि प्रष्ट भएको उनले बताएका छन् । यस क्षेत्र खोलाको जोखिम भएकोले तटबन्धमा नेकपा एमालेले अग्रणी भुमिका खेलेको उनको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/24820

Previous articleइजलासमा सन्दीपको बयान : ‘मलाई कसैको उक्साहटमा फसाइयो’
Next articleयी हुन् एमालेले पाँच वर्षमा गर्ने ३० काम (सूचीसहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।