यी हुन् एमालेले पाँच वर्षमा गर्ने ३० काम (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले २० हजार शब्दको घोषणापत्र तयार पारेको छ। काठमाडौंको याक एण्ड यती होटेलबाट मंगलबार अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । एमालेको घोषणापत्रमा ३० कार्यक्रम र २४७ प्राथमिकता समेटिएको छ।

पाँच वर्षभित्र सम्पन्न गर्ने ४ ‘स’लाई आधार मानेर घोषणा पत्र तयार पारिएको एमालेले जनाएको छ। सुशासन विकास समृद्धि र समानताको नारामा २० वटा ग्यारेन्टी समावेश छन् !

यस्ता छन् ३० कार्यक्रम

  • हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र
  • दिगो आर्थिक विकासः उच्च आर्थिक वृद्धिदर
  • भूमिको वैज्ञानिक व्यवस्थापन : प्रकृति संरक्षण, आधुनिक कृषि र सम्पन्न किसान
  • कृषि भूमिमा पानीः सिँचाइमा लगानी
  • सहकारीबाट व्यवसाय प्रवर्द्धनः नागरिकको आर्थिक उन्नयन
  • औद्योगीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण
  • पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति
  • वन र वातावरणको संरक्षणः जलवायु अनुकूलन र विपद् व्यवस्थापन
  • स्वच्छ खानेपानी जनताको हक
  • विद्युत् तथा ऊर्जा विकासबाट समृद्धि
  • राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार
  • हाम्रो नेपालः निरोगी नेपाल
  • मर्यादित श्रमः सुरक्षित रोजगारी
  • जीवनचक्रमा आधारित सामाजिक सुरक्षाः मौलिक हकको रक्षा
  • शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय
  • राष्ट्रका लागि युवाः युवाका लागि खेलकुद र स्वयंसेवा
  • महिला सहभागिता र सशक्तीकरण
  • सहरी विकास : एकीकृत बस्ती र सुरक्षित आवास
  • गतिशील अर्थतन्त्र र सेवाको आधारः यातायात पूर्वाधारको विस्तार
  • स्रोत साधनको परिचालन, योजना कार्यान्वयन र दिगो विकास
  • जनताको कर : जनताकै लागि
  • सूचना प्रविधि र प्रेस स्वतन्त्रता
  • सुशासनः हाम्रो उच्च प्राथमिकता
  • उपभोक्ता हितः आम जनताको हित
  • सक्षम र सुदृढ सङ्घ, अधिकार सम्पन्न प्रदेश र स्थानीय सरकार
  • स्वच्छ, सुन्दर र आधुनिक राजधानी
  • सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता
  • सक्षम राज्य, स्वतन्त्र न्यायालय
  • सुदृढ राष्ट्रिय सुरक्षाः राष्ट्रिय हित र स्वाभिमानको रक्षा
  • स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध

ओली संग लाईभ डिबेट कार्यक्रमको भिडियो 

https://ujyaalonepalnews.com/archives/24823

Previous articleबिना उद्देश्य गरिएको गठबन्धनले देश विकास हुँदैन- नेता पाण्डे
Next articleएमालेको घोषणा : स्यानिटरी प्याड किन्न वार्षिक १५०० रुपैयाँ दिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।