एमालेको घोषणा : स्यानिटरी प्याड किन्न वार्षिक १५०० रुपैयाँ दिने

काठमाडौँ । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सबै महिलाका लागि स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलबार सार्वजनिक चुनावी घोषणापत्रमा एमालेले सबै महिलाका लागि स्यानिटरी प्याड वा वैकल्पिक साधन खरिदका लागि वार्षिक उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

घोषणापत्रमा भनिएको छ, महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि वार्षिकरु १ हजार ५ सय उपलब्ध गराउने ।

त्यस्तै एमालेले काठमाडौं उपत्यकामा ३सय शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । यसअघि कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याड दिने घोषणा गरेको थियो ।

पाँच वर्षभित्र हरेक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विशिष्टीकृत अस्पताल (बालरोग, सरुवा रोग, मुटु, क्यान्सर, प्रसुति, मुख्य राजमार्गमा ट्रमा सेन्टर आदि) स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गरी संचालन गरिने पनि कांग्रेसले घोषणापत्रमा लेखेको छ ।

https://ujyaalonepalnews.com/archives/24826

Previous articleयी हुन् एमालेले पाँच वर्षमा गर्ने ३० काम (सूचीसहित)
Next articleपश्चिम चितवनमा जनसमर्थन बटुल्दै डा.भाेजराज
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।