पश्चिम चितवनमा जनसमर्थन बटुल्दै डा.भाेजराज

भरतपुर, १४ कार्तिक : चितवन निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका उमेदवार डा. भाेजराज अधिकारीले जनसमर्थन बटुल्न घरदैलोमा जुटेका छन् । हिजो मेघाैली, चनाैली क्षेत्र भुगाेल केन्द्रित जनसंवादमा पुगेका उनी आज शुक्रनगर, शारदानगर, विजयनगरका जनतासँग भेटघाट गरेका छन् ।

साथै वडा स्तरिय गठबन्धनको संयुुक्त प्रचारप्रसार कार्यालय उद्घाटनमा समेत उनीसँगै प्रदेशका प्रत्यक्ष समानुपातिक उमेदवारहरू सहभागी छन् । एक वडा एक विशेष कार्यक्रमसहित डा. भाेजराज स्थानीयसँगै छलफल पनि गर्ने गरेका छन् । आफ्नाे क्षमता र दक्षताकाे स्वास्थ सेवालाई उनलेे उच्च प्राथमिकतामा राखेका छन् ।

जनताको घर आँगनमा अस्पताल कार्यक्रमसँगै माेवाईल हेल्थ क्लिनिक, विशिष्टिकृत अस्पताल स्थापना, शिक्षक अस्पताल निर्माणका लागि विशेष पहल गर्ने उनको स्वास्थ सम्बन्धि प्रतिबद्धता छ । साथै भुगाेल विशेष (हव) कार्यक्रमका रूपमा अगाडि बढाउने उनलेे बताए । जनतासँगकाे भेटघाटमा आफुसँग विचार र यहाँको याेजना बाहेक केही नरहेको डा. भाेजराज अधिकारीले बताउने गरेका छन् ।

“न मसँग पैसा छ, न अाश्वासनका ठुला पाेका, न धेरै ठुलो सपना छ” उनलेे भने ” म यहाँको समस्या नितिगत रूपमै हल गर्न सकिने याेजनासहित अाएकाे छु ।” त्यसकारण अाफुलाई यहाँका जनताले निर्वाचित गराउने उनको विश्वास छ । सँगै गठबन्धन अन्तर्गत चितवन ३ (क) का उमेदवार डा. सुर्यकान्त घिमिरे र (ख) प्रदेशसभाका उमेदवार ठाकुर प्रसाद ढकालकाे भने कृषि, पर्यटन र विकास याेजना प्राथमिकतामा छ । डा. घिमिरे कृषिका विज्ञ र ढकाल परिपक्व राजनितीज्ञका रूपमा परिचित छन् ।

https://ujyaalonepalnews.com/archives/24828

Previous articleएमालेको घोषणा : स्यानिटरी प्याड किन्न वार्षिक १५०० रुपैयाँ दिने
Next articleभारतले नेपाललाई दियो २०० वटा गाडी, क-कस्ले प्रयोग गर्छन् यी गाडीहरु ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।