बुलेट देखि ब्यालेटको यात्रामा ‘शैलेश’

Click Image

चितवन । दैनिकी कृषि कर्म । गोठमा गाईवस्तु छन् । खेतीपातीमा पनि लाग्छन् र पनि राजनैतिक सक्रियतामा कुनै कमी छैन । नेकपा एमाले चितवनका सचिव प्रकाश खनाल ‘शैलेस’ सादगी र सर्वहारा नेता हुन । उनको दैनिकी, कर्म र जिम्वेवारीले उनलाई भुई मान्छेहरुको नेता मान्न सकिन्छ ।

लामो समयको राजनैतिक यात्रामा न लोभ न लालच । आफ्नै सुर र धुनमा कँही कतै केही कुराको पनि दाग नलागी राजनैतिक यात्रा गर्दै आएका खनाल २०३७ चैत २६ गते गोर्खामा जन्मिएका हुन् । रत्ननगरमा रहेको नेपाल मावीमा अध्ययन गर्दै गर्दा २०५० सालबाट विद्यार्थी राजनीति सुरु गरेका खनालले २०५४ सालमा जनयुद्धको होलटाइमर जनमुक्ती सेनामा काम गरे ।

२०५९ सालमा रोल्पाको खुम्तीवांगमा दोहोरो भिडन्तमा हातमा गोली लागेर घाइते भएका खनाल २०६० सालमा नेपाली सेनाको हिरासतमा पु्गे । १३ महिना सेनाको हिरासत वसेका खनालको वारेमा ‘सम्झनामा गजुरी व्रेक’ नामक पुस्तकमा उल्लेख छ । २०६१ साल कार्तिक २९ गते गजुरी जेल व्रेक गर्ने मध्येका मुख्य एक नेतृत्वकर्ता खनाल पनि थिए ।

द्धन्द्धकालमा थानकोट प्रहरी चौकी आक्रमणमा सहायक नेतृत्व उनले गरेका थिए । ढाडमा टेकी टाउकोमा हान्ने तत्कालीन माओवादीको योजना अनुसार थानकोट प्रहरी चौकी आक्रमणमा सफलता प्राप्त गरेको उनी बताउछन् । २०६३ सालमा शान्ती प्रकृयासंगै राजधानीमा क्राइम कन्टोल अपरेसन प्रमुख भएर खनालले जिम्वेवारी पुरा गरेका थिए । जनमुक्ती सेना शिविरमा रहेपछि खनाल माओवादी निकट योगं कम्युनिष्ट लिग(वाइसिएल) को चितवन अध्यक्ष भएका थिए ।

माओवादीको नारायणी व्युरो सदस्य पनि भए उनि । २०६९ सालमा माओवादी पाटी विभाजन भएसंगै वैद्य समुह हुदैँ राष्ट्रिय जन स्वयंसेवकको केन्द्रिय सचिव भए । विप्लव समुहको जनमुक्ती सेना केन्द्रिय उप प्रमुख हुँदै पुन: माओवादी केन्द्रमा विभाजीत १० घटक माओवादी इकाई केन्द्रिय महाधीवेशन आयोजक समिति सदस्य पनि रहेका थिए खनाल ।

आफ्नी धर्मपत्नी मिना घलान संग शैलेश

नेकपा निर्माण पछि नेकपाको वागमती प्रदेश कमिटी सदस्य भएका खनाल नेकपा विभाजन पछिको निरन्तरता अहिले नेकपा एमालेको जिल्ला कमिटी चितवनको सचिव रहेका छन् । १० बर्षे जनयुद्धले जन्माएको नेता खनालले राजनीतिलाई कमाई खाने साधन कहिल्यै बनाएन् । इमानको राजनीतिमा विश्वास राख्ने खनाल भुई मान्छेहरुको सुख र दुखमा सारथी वन्न रुचाउछन् ।

सर्वहाराका लागि जिवन सुम्पिएर संघर्ष गर्दै राजनिती गरेकाले वाँकी जिवन पनि सर्वहारा कै पक्षमा विताउने उनको लक्ष्य छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट चितवन क्षेत्र नं. १ख अन्तर्गत प्रदेश सांसदको लागी उनि चुनावी मैदानमा छन्  ।

”थुप्रै याेग्य कमरेडहरु मध्य पार्टीले म मार्फत नेकपा एमालेले यस क्षेत्रमा आफ्ना भिजन सहितको एजेन्डा लिएर अघिसरेकाे छ ! म पार्टीको निर्देशन र जनताकाे विकास र सम्वृद्धिकाे चाहनालाई आत्मासाथ गर्दै मेरा बल र विवेकले भ्याए सम्म जनताको पक्षमा काम गर्नेछु” प्रकाश भन्छन् । उनि भन्छन  म गरिव जनताकाे जिवनस्तर उक्सनुपर्दछ भन्ने मान्यताका साथ राजनीतिमा हाेमिएकाे पात्र भएकाे हुनाले आगामी दिनमा पनि मैले यस क्षेत्रका सम्पूर्ण जनसमुदायको हितका लागि काम गर्नेमा वचनवद्धता जाहेर गर्दछु ।

https://ujyaalonepalnews.com/archives/24838

Previous articleकांग्रेसको घोषणा पत्र- कोखदेखि शोकसम्म [पूर्ण पाठ]
Next articleतपाईहरुको जिताउने काम, हाम्रो विकास गर्ने काम’- नेता थपलिया
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।