नेकपा एमाले काठमाडौं महानगर कमिटी १५ वडाका सह-इन्चार्ज सानू रत्न फुबरे द्वारा पार्टी परित्याग ।

काठमाडौं निर्वाचन क्षेत्र नं ८ कामपा १५ वडाका सह-इन्चार्ज सानू रत्न फुबरे द्वारा नेकपा एमाले पार्टी परित्याग गरेको छ । फुबरे २०४८ साल देखि नै आफ्नो राजनीति नेकपा एमाले पार्टी बाट सुरु गरेर अहिले सम्म पनि नेकपा एमालेमा संघर्ष गरीरहेका थिए ।
उनले अहिले नेकपा एमाले काठमाडौं क्षेत्र नं ८ कमिटी केहि सिमित ब्यक्तिहरुले पार्टी रूपमा नचलाएर प्राइभेट कम्पनीको रूपमा चलाइरहेको बताए ।

उनले यस पार्टीमा बर्षौ देखि योगदान दिनेहरूको कदर नरहेको र नेताको चाप्लुसी गर्नेहरुको कदर भइरहेको पनि बताए । तेसैले आफ्नो पार्टीमा शुद्धीकरण तथा पार्टी पार्टीको रूपमा नभए सम्म आफुले पार्टी परित्याग गरेको पनि बताए ।

https://ujyaalonepalnews.com/archives/24889

Previous articleगायिका समीक्षा अधिकारीलाई अश्लील गाली गर्दै ढुङ्गा प्रहार
Next articleदेउवालाई सुई लगाउने भएपछी अतालियो सरकार; सागरलाई प्रचारप्रसारमा समेत रोक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।