काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले १३ हजार ६४१ मतसहित अग्रता कायम राखेका छन् । लामिछानेले नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेदवार उमेश श्रेष्ठको कुल मतभन्दा एक हजार ४५७ बढी मत प्राप्त गरेका छन् ।
अहिलेसम्म दोस्रो स्थानमा रहेका पोखरेलले ६ हजार २४९ मत पाएका छन् । श्रेष्ठले पाँच हजार ९३५ मत प्राप्त गरेका छन् । पोखरेल र श्रेष्ठको कुल १२ हजार १८४ मत रहेको छ । यी दुई उमेदवारले पाएको भन्दा लामिछानेले बढी मत प्राप्त गरेका छन् ।
हेर्नुहोस तालिका:

उपत्यकामा स्वतन्त्र पार्टीको तेस्रो जित, गणेश पराजुली विजयी
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । पराजुलीले ८ हजर ७ सय ४३ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेलाई १ हजार ९ सय ४३ मतान्तरले पराजित गरेका हुन् ।

श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा जित हात पारेको छ । यसअघि काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–२ मा सोबिता गौतम विजयी भएकी छिन् ।
https://ujyaalonepalnews.com/archives/25061


