निर्वाचन अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टीको सुखद सुरुवात

पोखरा, मंसिर ५ । कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनमा ५४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् ।

उनले १६२ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १२२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ११० मत र राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५४१ मतको गणना भैरहेको छ ।

त्यसैगरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि हलोले अग्रता लिएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उमेद्वार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । ५४१ मत गणना हुदाँ १९९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका भिम कार्कीले १४५, नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले १०५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४९ हजार ५९६ मत खसेको थियो ।

कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना सोमबार बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/25018

Previous articleप्रहरीको राइफल पनि लुटियो, हतियार र लुटेराको खोजी हुँदै
Next articleगठबन्धनको आक्रमण बाट एमाले कार्यकर्ताको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।