Home Uncategorized गठबन्धनको आक्रमण बाट एमाले कार्यकर्ताको मृत्यु

गठबन्धनको आक्रमण बाट एमाले कार्यकर्ताको मृत्यु

धनगढी — बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका एमाले समर्थित कार्यकर्ता चेतन अयडीको मृत्युु भएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचार गर्न अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

‘आइतबार साँझ अर्का कांग्रेस कार्यकर्ता सञ्जीव अयडीलाई गोली लागेर मृत्यु भएपछि स्थानीय कांग्रेस समर्थकले चेतनलाई कुटपिट गरी घाइते बनाएका थिए । उपचार गर्न पठाउने बन्दोबस्त गर्दागर्दै ढिलाइ भएको थियो । राति बयालपाटा लैजाँदै गर्दा मृत्यु भएको छ,’ प्रजिअ अधिकारीले भने ।

एमाले कार्यकर्ताहरुले भने उनी राति आफ्नै घरमा सुतेका बेला घर तोडफोड गरि कुटपिटबाट हत्या गरिएको दाबी गरेका छन् ।

मृतक अयडी नेकपा एमाले समर्थित अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्षसमेत हुन् । दुई जना युवाको मृत्यु भएको त्रिवेणीसहित बाजुरामा भय र त्रासको वातावरण छ । सोमबार थप सुरक्षाको प्रबन्ध गर्न प्रयास भइरहेको प्रजिअ अधिकारीले बताए ।

https://ujyaalonepalnews.com/archives/25021

Previous articleनिर्वाचन अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टीको सुखद सुरुवात
Next articleचितवन क्षेत्र नं. १ मा मतगणना सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।