धादिङबाट चुनाव लडेका कमेडियन हिमेश पन्तको के छ अवस्था ?

काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्त चुनावी मैदानमा उत्रिएका कलाकार हुन् । हिमेश राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु हुन् । आज (बुधबार) बिहानसम्मको मतगणनामा हिमेश तेस्रो स्थानमा पछ्याइरहेका छन् । हिमेश भन्दा अघि सत्ता गठबन्धन र एमाले उम्मेदवारले अग्रता लिइरहेका छन् । हिमेश पन्त तेस्रो स्थानमा छन्।

बिहान सात बजेसम्म उनको मत ४४४३ छ । अग्रस्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवार तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको मत १३ हजार ६०८ छ । तुलनात्मकरुपमा राम्रो मत ल्याउन कमेडियन पन्तलाई मुस्किल परिरहेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका पन्तको चुनावपूर्व सामाजिक संजालमा चर्चा निकै थियो ।

ज्ञानेन्द्र शाहीलाई ६ हजारभन्दा बढी मतको अग्रता, जित पक्का

जुम्ला । जुम्लामा राप्रपाका प्रवक्तासमेत रहेका ज्ञानेन्द्र शाहीले भारी मतान्तरसहित अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार शाहीले ६ हजार ४१७ मतान्तरले लिड गरिरहेका छन् । शाहीले १२ हजार ५१५ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ६ हजार ९८ मत पाएकी छिन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ यागीले २ हजार ९६० मत पाउँदा १ हजार ३०४ मत बदर भएको छ । योसँगै जुम्लाबाट राप्रपाका शाहीको जित निश्चित देखिएको छ ।

https://ujyaalonepalnews.com/archives/25065

Previous articleकृष्णभक्त र उमेशले पाएको कुल मत भन्दा रविलाई करिब १५ सय बढी मत
Next articleचुनाव हार्नेभएपछि मतदाता प्रति हिमेशको आक्रोश: कतिले त भोट चाहिए रक्सी खुवाउनुस् भने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।