रत्ननगरमा पालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुँदै

चितवन, मंसिर २२ । पूर्वी चितवनको रत्ननगरमा पालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता-२०७९ हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा यही मंसिर २४ देखि पुस २ गतेसम्म चितवनमा रहेका ७ वटा पालिकाहरुको सहभागितामा फुटबल प्रतियोगिता सञ्चालन हुने बिहीवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको हो ।

खेलकुद समितिका संयोजक कृष्ण चौधरीका अनुसार प्रथम हुने टिमलाई रु १ लाख ११ हजार १ सय ११ र द्धितिय हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपैँया नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । खेल नेपाल माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ । खेल हेर्न आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको चौधरीको भनाई छ ।

म्यान अफ दि म्याच हुने खेलाडीलाई रु २ हजार ५ सय र म्यान अफ दि सिरिज हुने खेलाडीलाई रु १२ हजार ५ सय प्रदान गरिने उनले जानकारी दिए । प्रतियोगिताका लागि नगरपालिकाले रु ७ लाख ९८ हजार ६ सय ६६ रुपैँया बजेट बिनियोजन गरेको रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी बद्रीनाथ शर्माले जानकारी दिए ।

कावासोतीलाई ४-० ले हराउँदै रत्नप्रिय क्लव ‘ए’ फाइनलमा प्रवेश

चितवन, मंसिर, २२ । २८ बिगाहा फुटबल क्लव कावासोतीलाई पराजित गर्दै आयोजक रत्न प्रिय क्लव ‘ए’ फाइनलमा प्रवेश गरेको छ । टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगिता अन्र्तगत भएको खेलमा २८ बिगाहा फुटबल क्लव कावासोेतीलाई ४–० गोलले पराजित गर्दै आयोजक ‘ए’ फाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा आयोजकका तर्फबाट खेलको ६ औं र ८ औं मिनेटमा कृपा चौधरीले पहिलो गोल गर्दै आयोजकलाई १–१ गोल गर्दै २–० को सुरुआती अग्रता दिलाए ।

आयोजक ‘ए’ र २८ बिगाहा फुटबल क्लव कावासोतीबिच २–० गोलले पहिलाे हाफ सक्कियो । दोस्रो हाफमा १६ औं मिनेटमा आयोजक ‘ए’ तर्फबाट शिव बोटेले तेस्रो गोल गर्दै ३–० को अग्रता दिलाए । यस्तै आयोजक ‘ए’ का तर्फबाट कृपा चौधरीले पुन: ३९ औं मिनेटमा गोल गर्दै ४–० ले अग्रता दिलाए । २८ बिगाहा फुटबल क्लव कावासोतिबाट कुनै गोल नभएपछि आयोजक रत्न प्रिय क्लव ‘ए’ ४–० ले बिजयी भयो । याे जीतसंगै आयोजक रत्न प्रिय क्लव ‘ए’ जीतसंगै फाइनलमा प्रवेश गर्यो । हारसंगै कावासोति खेलबाट बाहिरीएको छ ।

बिहीवारको खेलमा आयोजक रत्न प्रिय क्लव ‘ए’ का तर्फबाट जर्सी नम्बर १० का खेलाडी कृपा चौधरी म्यान अफ दी म्याच घोषित भए । रत्ननगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामकुमार चौधरी र पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले म्यान अफ दी म्याच घोषित चौधरीलाई संयुक्त रुपमा ट्रफी र मेडल प्रदान गरे । भोली (शुक्रवार) रत्न प्रिय क्लव आयोजक ‘बी’ र सौराहा फुटबल क्लव बिच प्रतिशप्रर्धा हुने क्लवका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए ।

प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैँया, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र पाउने छ । प्रतियोगिताको फाईनल खेल मंसिर २५ गते हुनेछ ।

https://ujyaalonepalnews.com/archives/25254

Previous articleचितवनमा एम्बुलेन्स र अटो ठोक्किँदा छ जना घाइते
Next articleबाबुले पाँच महिने छोरीलाई भुईँमा पछार्दा बालिकाको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।