चितवनमा सौन्दर्य व्यवसायीहरुको लागि चारदिने नि:शुल्क वर्कसप सम्पन्न

२० पौष, भरतपुर- उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा चितवनमा सौन्दर्य सम्बन्धी वर्कसप बुधबार सम्पन्नभएको छ । सौन्दर्य व्यवसायीहरुको लागि नेल आर्ट, रसियन हेयर स्टाइल र मेकअप सम्बन्धी चार दिने नि:शुल्क वर्कसप सम्पन्नभएको हो ।

वर्कसप उद्घाटन कार्यक्रममा बोल्दै उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले उद्योग वाणिज्य संघ चितवन व्यवसायीहरुको क्षमता अभिवृदी तर्फ सचेत रहेको जनाउँदै आवश्यकता र मागअनुसार भविष्यमा पनि यस्तै तालिमगोष्ठी सेमीनार आयोजना गरिहने बताए । सहभागीहरुलाई श्रेष्ठले चितवन महोत्सव–२०७९ सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्न समेत आग्रह गरे ।

कार्यक्रमको समापन गर्दै संघका प्रथम उपाध्यक्ष चिरन्जीवी सुवेदीले वर्कसपबाट सिकेका सिपले व्यवसायीहरुलाई अझ व्यवसायिक बन्न र आर्थिक रुपमा सबल बन्न मद्दत गर्ने बताए । यहि पौष १७  देखी २० गते सम्म सञ्चालन भएको वर्कसपमा १०० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

वर्कसपलाई सौन्दर्यकर्मिहरु सावित्री रेग्मी, सुनिता खड्का, सविना महतो संगिताअर्याल लगायतले सहजीकरण गरेका उद्योग वाणिज्य संघ चितवनका कार्यक्रमअधिकृत गणेश सुवेदीले जानकारी दिए । चितवन व्युटिपार्लर युनिटीका अध्यक्ष मिना उप्रेतीको अध्यक्षतामा सम्पन्न वर्कसपलाई उद्योग वाणिज्य संघ–चितवनकी तालिम संयोजक योगिता पियाले संयोजन  गरेकी थिईन् ।

 

https://ujyaalonepalnews.com/archives/25681

Previous articleऋण तिर्ने बिषयमा विवाद हुँदा एनआईसी एशिया लघुवित्तका कर्मचारी र ऋणी बीच हात हालाहाल
Next articleछाडा पशुचौपाया नियन्त्रण गर्ने नाममा रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको अमानवीय हर्कत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।