दाङका उद्यमी व्यसावयी चितवनमा

१७ माघ, भरतपुर- उद्योग वाणिज्य संघ–चितवनले दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष श्री टंकसिंह बुढाथोकीको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो । नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरुका साथै औद्योगीक क्षेत्रहरुको अध्ययन अवलोकन गर्ने सर्दभमा उद्योग वाणिज्य संघ–चितवन आएको हो ।

स्वागत एवं छलफल कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यस्ता किसिमका भेटघाटले दुई उद्योग वाणिज्य संघको मित्रता बढ्नुका साथै दुवै संघका समस्याहरुको पनि पहिचान हुने बताए । उद्योग वाणिज्य संघ–चितवनको बारेमा संक्षिप्त जानकारी दिदैं अध्यक्ष श्रेष्ठले सरकारले लागु गरेको सङ्कुचनकारी मौद्रिक नीतिका कारण व्यवसायीहरुलाई समस्या परेको बताए ।

निजी क्षेत्रका संलग्नता विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने हुनाले सरकारले नीजि क्षेत्रलाई हातेमालो गर्दै जानु पर्ने उनको धारणा छ । कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतीको प्रशंसा गरे ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको संक्षित जानकारी दिंदै बुढाथोकीले व्यवसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ–चितवन संग हातेमालो गर्दै बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागु गर्ने बताए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा संघका पुर्व अध्यक्ष, कार्यसमिति सदस्य, लगायत २२ जनाको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्षत्रय, चिरञ्जीवी सुुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, तथा संघका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थिए । उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता तथा उद्योग वाणिज्य संघ चितवका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन सहित समापन गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/26173

Previous articleअमेरिकी नागरिक हुँदा नेपाली पासपोर्ट लिएको भन्दै रवि लामिछाने विरुद्ध अर्को मुद्दा
Next articleसन्दिप फेरी राष्ट्रिय टोलीमा; क्यानले गर्यो निलम्बन फुकुवा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।