रवि लामिछानेलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आ’त्मदाहको प्रयास

१९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आ’त्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आ’त्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ । प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घ’टना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला।’

आफू अभिमन्यु नभएको बताउँदै रविले भने – ‘मेरो मौनता आजसम्मका लागि मात्रै हो’

काठमाडौं : अवैध नागरिकताका कारण गृहमन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन्। उनले आफू अभिमन्यु नभएको बताउँदै आफूलाई भन्न बाँकी केही भए भनिहाल्न पनि आग्रह गरेका छन्।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनि हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु हाेइन।’

https://ujyaalonepalnews.com/archives/26197

Previous articleदाउराले हा’नेर आफ्नै श्रीमान् मा’रेर सेफ्टीट्याङ्कीमा फाल्ने आमाछोरा पक्राउ
Next articleनेपाली महिलालाई कुवेत पुर्याएर झन्डै ४ लाख रुपैयाँमा विक्री गर्ने व्यक्ति प्रक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।