Home Uncategorized श्रीमतीलाई जिस्काएको निहुँमा हम्मरले हानेर ह’त्या

श्रीमतीलाई जिस्काएको निहुँमा हम्मरले हानेर ह’त्या

गुल्मी – गुल्मीमा एक जना भारतीय नागरिकको ह’त्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको ह’त्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

उहाँले बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको दाबी गर्नुभयो । बयानका क्रममा अभियुक्तहरुले गएकाे माघ १२ मा र’क्सी खाएर भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमती विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी ह’त्या गरेको बताएको प्रहरीको भनाइ छ ।

दम्पतीले ह’त्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।

शव हेर्दा टाउको तथा निधारको भागमा गहिरो चो’ट लागेकाले शं’कास्पद देखिएपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शं’कास्पद देखिएका छविलाल र विष्णुलाई बयान लिने क्रममा उनीहरुले ह’त्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।

https://ujyaalonepalnews.com/archives/26231

Previous articleयूएईमा एक भाग्यमानी नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा
Next articleबागमती प्रदेशले श्रमजीवी पत्रकारको सामाजिक कोषका लागि ५० लाख रुपैयाँ दिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।