Home Uncategorized बस दुर्घटना : ३ जनाकाे ज्यान गयाे, २३ जना घाइते

बस दुर्घटना : ३ जनाकाे ज्यान गयाे, २३ जना घाइते

नुवाकाेट – नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बिहीवार बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा तारकेश्वर गाउँपालिका–६ भमराका ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा ज्यान गएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डाै पठाइएको छ ।

विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंह जाँदै गरेको बा २ ख ८४५ नम्बरकाे बस विदुर–१२ चैनपुरकाे पिपलबोट भन्ने ठाउँमा दुर्घटना भएकाे नुवाकोटका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/26381

Previous articleसांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन
Next articleक्यान्टिनमा खाजा बनाएर डेरा हिँडेकी सुमित्रा बेपत्ता, बाटोमा सल भेटियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।