चितवनमा ५३ किलो गाजा ओसारपसार गर्दैगर्दा नाबालक सहित दुई जना पक्राउ

यो समाचार अडियोमा सुन्नुहोस् 

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध गाँजा ओसारपसारमा संलग्न एक नाबालकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ३० को अर्जुन दर्जी र एक नाबालक रहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

गएराती १ बजेको समयमा अस्थायी प्रहरी चौकी लोथरबाट खटिएको प्रहरी टोलिले पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित सडक खण्डमा पिप्लेबाट लोथरतर्फ आउदै गरेको बा ३ च २५०४ नम्बरको टाटा डिआई गाडिमा चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याएको ५३ किलो लागूऔषध गाँजा फेला परेको पण्डितले बताए ।

गाडी र निज दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/26460

Previous articleलघुवित्तले ऋणीको गाईबस्तु तान्ने र घरमा ताल्चा लगाउन बन्द गर्नुपर्छ
Next articleहात्तीको आक्रमणबाट घाइते राधाले उपचारको क्रममा ज्यान गुमाईन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।