दुई नाबालक छोरासहित हाम फालेकी महिलाको शव फेला

यो समाचार अडियोमा सुन्नुहोस् 

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)स्थित गण्डक नहरमा आफ्ना दुई नाबालक छोरासहित हाम फालेकी महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयका अनुसार नहरमा हाम फालेको स्थानभन्दा एक सय मिटर तल दुवै छोरालाई सलले बाँधेको अवस्थामा तीनैजना मृत भेटिएको हो ।

आज दिउँसो करिब २ बजेको समयमा महलबारी निवासी तीर्थराम थारुकी श्रीमती २९ वर्षीया प्रतिमा थारुले आफ्ना दुई छोरा नौ वर्षीय क्रिश र सात वर्षीय सुमितसहित नहरमा हाम फालेर बेपत्ता भएकी थिइन् ।

हाम फालेर बेपत्ता भएकी महिलाका श्रीमान् हाल रोजगारीका सिलसिलामा भारतमा रहेका छन् । घरमा सासूसँगै बस्दै आएकी प्रतिमाले नहरमा हामफाल्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।

https://ujyaalonepalnews.com/archives/26495

Previous articleप्याब्सन चितवन द्धारा चार छुट्टा छुट्टै जिल्ला स्तरीय प्रतियोगिता
Next articleसन्दीप भन्छन- ‘मैले कति योगदान गरें थाहा छैन तर मेरो देशले जितेको छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।