जनकपुर भन्सारका कर्मचारी १ लाख ५० हजार घुससहित पक्राउ

जनकपुर भन्सार कार्यालयका नायव सुव्वा अहमद रजा अन्सारी घुससहित पक्राउ परेका छन्।

अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट गएको टोलीले एक लाख ५० हजार घुससहित सोमबार साँझ पक्राउ गरेको हो।

नासु अन्सारीलाई सेवाग्राहीबाट घुस लिइसकेका अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

बुद्धका धर्म ग्रन्थको सहज पहुँचका लागि धम्म डट डिजिटलको शुभारम्भ

Previous articleएउटा यस्तो नाच, जसले मान्छेको आङमा ‘देउता’ चढाउँछ (भिडियो)
Next articleछोरीलाई आत्मरक्षा गर्न प्रदेश २ मा ‘सुरक्षित बेटी अभियान’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।