सन्दीप भन्छन- ‘मैले कति योगदान गरें थाहा छैन तर मेरो देशले जितेको छ

यो समाचार अडियोमा सुन्नुहोस् 

काठमाडौं: नाबालिग बलात्कार आरोपका कारण पाँच महिनापछि मैदानमा फर्किएका सन्दीप लामिछानेले घरेलु सिरिजमा सानदार प्रदर्शन गरे। उनले मंगलबार सकिएको सिरिजको चार खेलमा १३ विकेट लिएका थिए।

सिरिज जितेसँगै सन्दीपले आज सामाजिक सञ्जालमार्फत मैदानमा फर्किएपछि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन्।

उनले लेखेका छन्, ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।

काठमाडौंमा भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतको स्कटल्यान्ड र नामिबिया समेत सम्मिलित घरेलु सिरिजमा नेपालले सबै खेल जित्दै क्लिन स्विप गरेको थियो।

लिग–२ अन्तर्गतको कुनै पनि सिरिजमा नेपालले सबै, चारवटै खेल जितेको यो पहिलो पटक हो।

उनी नाबालिग बलात्कारका अभियुक्त हुन्। उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा कारागार मुक्त गराएपछि उनलाई क्रिकेट एसोसिएसन अफ नेपालले टिममा फर्काएपछि विरोध भइरहेको छ।

सरकारी वकिलको कार्यालय उनको धरौटीको आदेश खारेजिको माग गर्दै सर्वोच्च अदालत गएको छ।

https://ujyaalonepalnews.com/archives/26501

Previous articleदुई नाबालक छोरासहित हाम फालेकी महिलाको शव फेला
Next articleमाधवपुर माविमा ट्राफिक नियम तथा लागूऔषध न्यूनिकरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।