माधवपुर माविमा ट्राफिक नियम तथा लागूऔषध न्यूनिकरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

यो समाचार अडियोमा सुन्नुहोस् 

उज्यालो नेपाल- चितवनको रत्ननगरमा रहेको माधवपुर माध्यमिक विद्यालयमा ट्राफिक नियम तथा लागूऔषध न्यूनिकरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजना तथा माधवपुर माबि र वडा नं. १५ कार्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. १५ मा रहेका तिन वटा सामुदायिक र एउटा संस्थागत गरि चार वटा विद्यालयका झन्डै २५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरु

कार्यक्रममा ट्राफिक नियमहरु भनेको के के हुन, विभिन्न ट्राफिक संकेतहरुका बारेमा साथै सडक दुर्घटनाका कारणहरु र दुर्घटनाको निबारण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी गराईएको सहजकर्ता  प्रहरी नायब निरीक्षक कृष्णज्यु ठकुरीले बताए ।

त्यस्तै विद्यार्थीहरुलाई लागूऔषध भनेको के हो?, किशोरकिशोरी तथा बालबालिकाहरु कसरी यसको दुर्व्यसनीमा पर्छन् र यसबाट बच्नको लागि के गर्नुपर्छ भन्नेजस्ता विषयमा आधारित भई सचेतना प्रदान गरिएको थियो ।

किशोरावस्थाका विद्यार्थीमा शारीरिक एवम् संवेगात्मक परिवर्तन सँगै कुलतमा पर्न सक्ने जोखिम पनि उत्तिकै रहनेभएकाले यस्ता किसिमका कार्यक्रमले सत्मार्गमा हिँड्न प्रेरणा दिने भन्दै वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिक तामांगले आयोजक प्रति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय चितवन प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी, वडासदस्य त्रय शिवप्रसाद तिवारी, इमप्रसाद पन्त, रुकमाया परियार, विद्यालयका प्रअ कुलराज ढकाल लगायतको उपस्थिति थियो ।

https://ujyaalonepalnews.com/archives/26505

Previous articleसन्दीप भन्छन- ‘मैले कति योगदान गरें थाहा छैन तर मेरो देशले जितेको छ
Next articleछड्के २’ को ट्रेलर सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।