छड्के २’ को ट्रेलर सार्वजनिक

उज्यालो नेपाल – आउदो फाल्गुन १९ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरको सुरुमै मनाङको प्राकृतिक सम्पदालाई देख्न सकिन्छ । केही ग्याङले मनाङका प्राकृतिक सम्पत्ति कब्जा गर्न आएको र उक्त ग्याङलाई अभिनेता अनमोल केसीले प्रतिकार गरेको देख्न सकिन्छ ।

ग्याङस्टार लुक्समा प्रस्तुत भएका अनमोलको शरीरमा ट्याटु खोपेर हातमा खुँडा लिएर प्रस्तुत भएका छन । ट्रेलरमा उनी ग्रीन ग्याङको लिडर बनेर मेनडग भूमिकामा प्रस्तुत भएका छन ।

निर्देशक समेत रहेका निगम श्रेष्ठ भने रोयल मनाङ ग्याङका लिडर खजुरेको भुमीका देखिएका छन उता कमल मणी नेपाल राजनीतको आडमा गुण्डागर्दी गर्ने नटराजको भूमिकामा प्रस्तुत भएका छन । अनमोललाई अभिनेत्री रेशा आले मगरले साथ दिएकी छिन । उनी पनि अनमोलको ग्रीन ग्याङमा रहेको ट्रेलरमा देख्न सकिन्छ । ट्रेलर हेर्दा अनमोल र रेशा बिच प्रेमभाव पनि देखीएको छ ।

फिल्ममा अनमोल,कमलमणि,रेशा सँगै रोविन तामाङ, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादनछ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् ।कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

https://ujyaalonepalnews.com/archives/26517

Previous articleमाधवपुर माविमा ट्राफिक नियम तथा लागूऔषध न्यूनिकरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
Next articleरत्ननगरमा सरकारी स्तरबाट पहिलोपटक लोकसेवा तयारी कक्षा सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।