जंगली हात्तीको आक्रमणमा परी सन्तलालले ज्यान गुमाए

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजना पुरुषको ज्यान गएको छ ।

बकैया–५ पावस निवासी ५० वर्षका सन्तलाल माझीको हात्तीको आक्रमणमा परि ज्यान गएको हो । बाख्रा ब्याएको र पाठापाठीलाई दुध खुवाउन गोठ गएको बेला हात्तीले उनलाई आक्रण गरि बेहोस बनाईदिएको थियो ।

बेहोस अवस्थामा रहेका माझीलाई उपचारको लागी हेटौँडा ल्याईएकोमा हेटौँडा अस्पतालमा उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गएको चार दिनबाट मकवानपुरमा जंगली हात्तीले वितण्ड मच्याईरहेको छ । तीन दिनको अवधिमा हात्तीको आक्रमणमा परि मकवानपुरमा एक महिला र पुरुष गरि दुई जनाले ज्यान गुमाएका छन भने एकजना घाईते भएका छन् ।

https://ujyaalonepalnews.com/archives/26533

Previous article४ वर्षको बच्चालाई जब कुकुरको हुलले लुछिलुछी मार्यो ( भिडियो)
Next articleच्वास्स झोल मःमको चौथो शाखा रत्ननगरको टाँडीचोकमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।