सुन्दरहरैंचाका होटलहरुमा खाद्य प्रविधिकाे अनुगमन : ढाँटी झुक्याई अखाद्य वस्तु विक्रि वितरण नगर्न निर्देशन

0
53

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा पहिलाे पटक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले होटलहरुकाे अनुगमन गरि खाद्य स्वच्छता स्तरको प्रमाणपत्र दिन शुरु गरेको छ । सुन्दरहरैंचा नगरपालिका १० मा रहेको स्वाद होटलबाट अनुगमन शुरु गरि खाद्य स्वच्छता स्तरकाे प्रमाणपत्र दिएकाे थियाे । खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सुन्दरहरैंचामा पहिलाे दिन आठ होटलमा अनुगमन गरेको छ ।

सुन्दरहरैंचा नपाका नगरप्रमुख शिवप्रसाद ढकालले होटलमा स्टीकर टाँसेर सो कार्यक्रमको सुभारम्भ गरेका थिए । सुन्दरहरैंचाकाे स्वाद र प्लानेट लाउन्जले हरियो कलर भएको डबल स्टर (ख) वर्गको स्टीकर पाएका छन् । एक सय अङ्कमा ९० देखि १०० ल्याएमा अतिउत्तम तीनवटा स्टार (क), ८० देखि ९० ल्याएमा उत्तम दुइ वटा स्टार (ख), ७० देखि ८० ल्याएमा सन्तोषजनक (ग) र ५० देखि ६९ ल्याएमा सामान्य पहेँलो कलरको स्टीकर टाँसिने खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले जानकारी दिए । अनुगमनका क्रममा होटलमा ग्राहकलाई असर पर्ने खालको अखाध वस्तु, होटलको गुणस्तरमा कमि भेटिएमा होटल शिल गर्न सम्म सक्ने व्यवस्था रहेकाे समेत रिजालले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रविधिक, सुन्दरहरैंचा नगरपालिका प्रतिनिधि, कोसीहरैंचा उवासका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागितामा होटलको अनुगम पश्चात मुल्याङ्कन गरी संचालक लाई खाद्य स्वच्छता स्तरको प्रमाणपत्र दिइएको थियाे। अनुगमन पछि व्यवसायीहरुलाई प्रतिवद्धता पत्र समेत प्रदान गरीएको छ । होटल, रेष्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याफे, क्याटरिगं निरिक्षण गर्दा न्यूनतम मापदण्ड पुरा गरी अति उत्तम स्तरको लोगो सहितको स्टीकर प्रदान गरेकोमा सो कायम राख्न प्रतिवद्धता समेत गराइएको थियाे ।

अनुगमनका क्रममा गुणस्तरीय सेवा ग्राहकलाई उपलब्ध गराउने, खानेकुरालाई राम्ररी पकाएर सुरक्षित तापक्रममा राख्ने, काँचो र पकाएको खानेकुरा छुट्टा छु्टै राख्ने, स्वच्छ पानी र स्वच्छ कच्चा पदार्थ प्रयोग गर्न, प्याकिङ्ग गरिएको खाद्यवस्तुको उपभोग्य मिति भित्र प्रयोग गर्न हाेटल व्यावसायीलाई अग्रह गरिएको छ । ढाँटी झुक्याई कम गुणस्तरको खाद्य वस्तु विक्रि नगर्ने सर्त सहित प्रतिवद्धता लेखिएको पत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले व्यवसायीलाई प्रदान गरेकाे रिजालले पूर्वेली न्यूज मार्फत जानकारी दिए ।

The post सुन्दरहरैंचाका होटलहरुमा खाद्य प्रविधिकाे अनुगमन : ढाँटी झुक्याई अखाद्य वस्तु विक्रि वितरण नगर्न निर्देशन appeared first on Purbeli News.

२०० मत गन्दा रत्ननगरमा प्रलाद सापकोटा अगाडी

Previous articleपिएचडी, सुसासनको तक्मा पछि केपी ओलीलाई ‘दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण’ अवार्ड, सामाजिक सञ्जालमा कुरीकुरी !
Next articleतिलोत्तमामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु