डिप्रोक्स लघुवित्तको २१ औँ साधारण सभा : दस बुँदे महत्वपूर्ण प्रस्ताब पारित

रत्ननगन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २१औं बार्षिक साधारण सभा चितवनको सौराहामा मंगलबार गरिएको छ । संस्थाका अध्यक्ष दीपक खनालको अध्यक्षतामा भएको कार्यक्रममा दस बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरिएको छ ।

साधारण सभाबाट आर्थिक बर्ष २०७८/७९ को मुनाफा र गत बर्षको संचित मुनाफा रकम समेतबाट चुक्क्ता पुँजीको १० प्रतिशत हुन आउने १३ करोड ८७ लाख ४९ हजार रुपैया बराबरको बोनस शेयर वितरण गर्ने, संस्थाको जारी तथा चुक्ता पुँजि १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रहेकोमा बोनस शेयर जारी पछि कायम हुने जारी तथा चुक्ता पुँजि १ अर्ब ५२ करोड ६२ लाख ४८ हजार पु¥याउने प्रस्ताब पारित गरिएको छ ।

त्यसैगरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्दश लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रयोजनका लागि सम्पन्न सम्झौतापत्र,सहमतीपत्र तथा सयुक्त प्राप्ती समिति गठन गरी उक्त समितिलाई आवश्यक कार्यगर्ने अख्तियार प्रत्यायोजन गर्ने, आर्दशसंग प्राप्ती गर्ने प्रयोजनको लागि अन्तिम सम्झौतापत्र लगायत अन्य कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका दस बुँदे प्रस्ताब पारित भएको कार्यकारी निर्देशक शेषरमण आचार्यले जानकारी दिए ।

संस्थाका अध्यक्ष दीपक खनालले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन तथा प्रस्ताब सर्वसम्मत पारित भएको आचार्यले जानकारी दिए । चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको सो संस्थाको ७१ जिल्लामा १४९ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् । २०५८ सालमा स्थापना भएको सो संस्थाका देशभरमा २ लाख ४४ हजार ३६ जना सदस्य रहेका छन् । पुस मसान्त सम्म १८ अबै ३४ करोड ऋण लगानी गरेको सो संस्थाले ८ अर्ब ५१ करोड बचत संकलन गरेको छ ।

सो संस्थाले कृषि,साना व्यापार,आयमुलक क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष खनालले ग्रामिण क्षेत्रका बासिन्दाको जीवन स्तर उकास्ने गरी लगानीलाई प्राथमिकतामा राखिएको बताए । साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष पिताम्बर प्रसाद आचार्य,सञ्चालक समितिका सदस्यहरु श्यामकृष्ण दाहाल,रिता पौडेल,रमेशकुमार रघुबंशी,गणेशकुमार केसी,दीर्घ बहादुर अर्याल र बासुप्रसाद उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/26856

Previous articleमध्यरातमा रक्सी खाएर गाडी हुईक्याउँदा नारायणीमा गाडी खस्यो
Next articleविदेशमा पढ्न जान चाहनेहरुका लागि भरतपुरमा ‘एक्सपर्ट एडमिसन डे’ हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।