चितवन, फागुन ३०– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, चितवनले ‘एक्सपर्ट एडमिसन डे’ आयोजना गर्दैछ ।
एक्सपर्टको आफ्नै भवन भरतपुर–१० (होटेल रोयल सेन्चुरी)को पछाडी भोलि चैत १ गते (बुधबार) एक दिने ‘एक्सपर्ट एडमिसन डे’ आयोजना गर्न लागेको हो । यस कार्यक्रममा अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्ड अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरु सहभागि हुन सक्ने छन् । एडमिसन डेमा पाँच देशका ४७ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
यस एडमिसन डेमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा विद्यार्थी तथा अभिभावकले त्यहाँको शिक्षा प्रणाली र आवश्यक योग्यताको बारेमा परामर्श लिन सक्ने छन् । साथै सहभागिहरुलाई हातखाली नजाने उपहारको समेत व्यवस्था गरिएको छ । नेपालमा पछिल्लो समय अष्ट्रेलियासंगै क्यानडा, युके, न्यूजिल्याण्ड र अमेरिका अध्ययन गर्न जाने क्रम बढ्दो छ ।
यस कार्यक्रमले अन्यौलमा रहेका विद्यार्थी र अभिभावकहरुलाई सही परामर्शका लागि निकै महत्वपूर्ण सावित हुने छ । ‘हामी आफैले परामर्श त दिन्छौं नैं, अहिले उतैको कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु नै आफ्नै ठाउँमा आइपुगेकाले विद्यार्थी तथा अभिभावकहरुलाई मौकाको फाइदा उठाउन अनुरोध गर्दछु’–अधिकारीले भने ।
‘एडमिसन डे’मा करिअर काउन्सीलिङ, छात्रवृत्तिको अवसर, कलेज प्रतिनिधिहरुसंग वान टु वान परामर्शको अवसर रहेको छ । कार्यक्रम विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ ।
https://ujyaalonepalnews.com/archives/26859


