भुसालको गीति एल्बम ‘नूतन शैली’ सार्वजनिक

काठमाडौं । इजरायल निवासी गीतकार नूतन भुसालको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक भएको छ । जन्मदिनको अवसरमा भुसालले काठमाडौंमा एल्बमको सार्वजनिक गरेकी हुन् ।

एल्बमको वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराल, गीतकार भुसालकी आमा रामकुमारी भुसाल, गीतकार डा.राजुबाबु श्रेष्ठ, संगीतकार राजु सिंहले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा गीतकार भुसालले प्रवासमा रहँदा आफूले भोगेका र देश छोड्दा छोडिएका भावना र संवेदनाहरुलाई गीतमार्फत उजागर गरेको बताएकी थिइन् ।

आफूले नूतन शैलीमार्फत् आधुनिक संगीतमा इँटा थप्ने काम गरेको उनको भनाइ छ । संगीतकार सुनिल मास्केको सहयोगले नूतन शैली तयार भएको उनले बताइन् ।

प्रमुख अतिथि डा.कृष्णहरि बरालले पहिला केटाले केटीलाई सुनाउने गीत लेखिने गरिएको स्मरण गर्दै भुसालले भने केटीले केटालाई सुनाउने गीत लेखेकोले निरन्तरतामा क्रमभंग भएको बताए ।

संगीतकार राजु सिंहले सुनिल मास्केका संगीतमा मौलिकता र सरलताभित्र गहनता भएको बताए ।

गीतकार डा.राजुबाबु श्रेष्ठले गीति लेखनमा गरेको लगानीले देश र परिवेशभित्र महत्वपूर्ण भूमिका खेलेको बताए । नुतनलाई आफूले सिद्धहस्त गीतकारका रुपमा पाएको उनको भनाइ छ ।

शुभकामना मिडिया सोलुशनले संयोजन गरेको कार्यक्रममा एल्बममा रहेका ‘भमराको भुनभुन सुन्छु’ र ‘थाहा छैन के हुन्छ’ गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

जसमा युवराज वाइवा र मदन खड्काको निर्देशन रहेको छ भने अनिता रन्जितकार, सोनु लामा, मन्दिरा न्यौपाने, आश्विन भुसाल र ऋचा थापाको अभिनय रहेको थियो ।

गीतिसंग्रह ‘नूतन शैली’मा भुसालको एकल शब्द एवम् सुनिल मास्केको एकल संगीत रहेको छ । एल्बममा ‘भमराको भुनभुन’, ‘थाहा छैन के हुन्छ’, ‘देखेको छैन’, ‘कुक्क लाग्यो बाडुल्की’, ‘तिम्रो साथभन्दा प्यारो’ बोलका पाँचवटा गीत समावेश छन् । जसमा प्रविशा अधिकारी, निशा देशार, मीना निरौला, प्रताप दास र पूणिर्मा लामाको स्वर रहेको छ ।

गीतमा प्रदीप श्रेष्ठ, सञ्जीव बराइली र सचिन सिंहको संगीत संयोजन रहेको छ भने किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।

१५ लाख भन्दा बढीको सुन सहित दुई युवा पक्राउ

Previous articleबालुवाटारको जग्गामा एनआरएनले कानूनी उपचार खोज्ने
Next articleअस्ट्रेलियामा दुई दशकयताकै ठूलो पानी पर्‍यो, डढेलो निभ्यो तर जनजीवन प्रभावित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।