आफ्नै किरिया सकिएको भोलिपल्ट सुरज घरमा टुप्लुक्क

झापा, बैशाख ३० । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ ।

केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो । परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ ।

कनकाई नगरपालिका-४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो ।

सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो । आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई-४ को कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरेका थिए । सुरजका कान्छा काका किरियामा बसे ।

आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि किरिया सकेको भोलिपल्ट २९ वर्षीय सुरज घर आइपुगे । मङ्गलबार किरिया सकिएको थियो र सुरज बुधबार घर पुग्नुभएको थियो । सुरजले भन्नुभयो, “म घरमा पुग्दा सबैजना छक्क पर्नुभयो । खुसीले कोही रुने, कोही कराउने गर्न थाले ।”

गाउँलेले बिनाकर्म घरमा प्रवेश गर्न दिन हुन्न भनेर कनकाईमाईमा उनको पुनः जन्मकर्म गरिएको बहिनी विनाले बताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

https://ujyaalonepalnews.com/archives/27236

Previous articleपूर्विचितवनमै अब्बल बन्दै गईरहेको भीमोदय नमुना माविले मनायो ५३औं बार्षिकोत्सव
Next articleओमानमा बन्धक चितवनकी महिला तीन तलाबाट हामफालेर नेपाल आईपुगिन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।