Home Uncategorized अभिभावकको चेतावनी : वुहानका नेपाली फिर्ता नल्याए अरु देश गुहार्छौँ

अभिभावकको चेतावनी : वुहानका नेपाली फिर्ता नल्याए अरु देश गुहार्छौँ

कोरोना भाइरसको प्रकोपमा परेको चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा रहेका नेपालीका अभिभावकले आफ्ना सन्तानलाई तत्काल स्वदेश फर्काइदिन सरकारसँग आग्रह गरेका छन्।

आफ्ना नागरिकहरुको उद्धारमा सरकारले गम्भीरता नदेखाएको भन्दै उनीहरुले आपत्ति पनि जनाए। वुहानमा रहेकालाई कहिले फर्काइने हो, सरकारले लिखित जवाफ दिनुपर्ने अभिभावकहरुले माग गरे।

‘हामी त दुई हप्तादेखि पर्खिरहेका छौं। अहिलेसम्म कुनै पहलकदमी सरकारको तर्फबाट भएको छैन। हामी अभिभावक र उता हाम्रा आफन्तहरु दुवैतिर त्रासदीपूर्ण जीवन जिउन बाध्य छौँ,’ रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा चीनमा रहेकी विद्यार्थीकी अभिभावक सोमिला कक्षपतीले भनिन्, ‘सरकारले हाम्रो आवाज कहिले सुन्छ?’

अर्का अभिभावक रमेशबहादुर सिंहले सरकारले उद्धार नगरे अन्य देश गुहार्ने चेतावनी समेत दिए।

‘मलाई अहिले तिर्खा लागेको छ, दश वर्षपछि पानी दिएर हुन्छ? हामी अझै सरकारप्रति भरोसा गरेर बसेका छौँ,’ उनले भने, ‘भोलि मजबुर भएर हामीले अरु देश गुहार्न नपरोस्। अरु देशलाई गुहार्दा नेपालको नाक कहाँ रहन्छ?’ 

चीनमै चिकित्सा शिक्षा अध्ययन गरेर स्वदेश फर्किएका नेपाली डाक्टहरुले आफूहरु उद्धारको लागि चीन जान तयार रहेको पनि बताए।

वुहानबाट जनवरी २ मा काठमाडौँ आइपुगेकी सुमन श्रेष्ठले भनिन्, ‘त्यहाँ रहेका नेपालीहरु कोही पनि संक्रमित छैनन्। तर, उहाँहरुलाई नेपाल ल्याउन सरकार डराएको छ।’

दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनामा देखियो कोरोनाको संक्रमण

Previous articleतीन दाजु भाई मिलेर बहिनीकी प्रेमिकाको हत्या
Next article१३ ताेला गहना फिर्ता गर्ने चालकलाई सुनको सिक्री उपहार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।