बादरमुढे घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धन्जली व्यक्त

Click Image

चितवन- द्वन्द्वकालीन घटनाको सबैभन्दा ठुलो घटनाको रुपमा रहेको चितवनको माडी बादरमुढे घटनामा ज्यान गुमाएकाहरुप्रति मृतकका आफन्तहरुले आज दीप प्रज्वलनका साथै पूजा गरेर श्रध्दान्जलि ब्यक्त गरेका छन् ।

२०६२ साल जेठ २३ गते यात्रुबाहक बसमा बम बिस्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो भने ७५ जना घाईते भएका थिए । मृतकका आफन्तहरुले प्रत्येक बर्ष झैं आज पनि मृतकहरुको सम्झनामा गर्दै श्रध्दान्जली ब्यक्त गरेका हुन् ।

बादरमुढे पिडीत समिति र माडी नगरपालिकाद्वारा आयोजित स्मृति कार्यक्रममा उक्त घटनाका पीडितहरुले घटना भएको १८ बर्ष बितिसक्दा पनि पीडितहरुले न्याय नपाएको गुनोसो गरेका छन् ।

तात्कालिन नेकपा माओबादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनपटक प्रधानमन्त्री हुँदा समेत बादरमुढे घटनाका पीडितहरुले उचित राहत र न्याय नपाएको पिडीत कृष्ण अधिकारी गुनासो गर्नुहुन्छ ।

त्यसबखत माडी नगरपालिकाका मेयर ताराकाजी महतोले बादरमुढे घटनाका पीडितहरुलाई आस मात्र देखाउने र दीर्घकालिन रुपमा समाधान गर्न नचाहेको बताउनु भयो ।

बादरमुढे पीडित समितिका अध्यक्ष मुक्तीप्रसाद न्यौपानेले हामीलाई यसरी नै बेवास्ता गरिए हाम्रा छोरा नातिले पनि दोषीहरुलाई नछाड्ने बताउनु भयो । बादरमुढे घटना भएको ठाउँलाई शहिद स्मारकको रुपमा बिकास गरेर लैजानुपर्ने माग पनि पिडीतहरुको रहेको छ ।

https://ujyaalonepalnews.com/archives/27979

Previous articleसंसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
Next articleरत्ननगरमा थप दुई दिन गर्मि बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।