Home Blog Page 134

दश जना विरुद्ध मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर नियमानुसार दाखिला नगरी हिनामिना गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसमेत १० जनामाथि राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबीसहित आज आरोपपत्र दायर गरेको छ ।

आर्थिक वर्ष २०७१÷७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ बाट जग्गा किनबेचको एकै रजिष्ट्रेशन नम्बर राखी लिखत पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको भ्रष्टाचारजन्य कसुरमा उनीहरुलाई सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/32983

भाइटीकाको साइत कात्तिक २९ गते १०:५१ बजे शुभ

https://ujyaalonepalnews.com/archives/32982

विद्यालयमा प्रधानाध्यापकको मृत्यु प्रकरण : मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सिरहा- सिराहाको गोलबजार नगरपालिका- ३ जमदहमा रहेको सरस्वती माध्यमिक विद्यालयमा मृत भेटिएका प्रधानाध्यापक सञ्जीवकुमार साहको हत्या भएको भन्दै परिवारजन र स्थानीयले विरोधमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

स्थानीय र परिवारजनले सिराहाको मिर्चैया बजारको कटारीचोकमा घटनाको छानबिन र दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेका हुन् ।

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध भएसँगै सयौँ सवारीसाधन अलपत्र परेका छन् । प्रहरीले अवरुद्ध राजमार्ग खुलाउन पीडित परिवार र स्थानीयसँग समन्वय गरिरहेको छ ।

घटना के हो ?

गोलबजार नगरपालिका- ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालयको निर्माणाधीन भवनको तेस्रो तल्लामा प्रअ साह आइतबार झुन्डिएको अवस्थामा फेला परेका थिए ।

विद्यालयका सहयोगीलाई उनले रिचार्ज कार्ड किन्न पठाएका थिए । सहयोगी फर्किएसँगै प्रअलाई खोजतलास गर्दा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । उनको दुवै खुट्टा भुइँमा छोएको बताइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पत्नीद्वारा आत्मदाहको चेतावनी

प्रअ साहकी पत्नी मीनाकुमारी साह राजमार्गमै सुतेर घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई कारबाही नगरिए ‘आत्मदाह’को चेतावनी दिएकी छिन् ।

विद्यालय व्यवस्थापन समिति गठन भएदेखि श्रीमानलाई बढी प्रेसर थपिएको भन्दै उनले समितिले कुनै काम गर्न नदिएको बताएकी छिन् । व्यवस्थापन समितिको दबाबका कारण सरुवा हुन खोजे पनि हुन नदिएको उनको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/32978

कोशी प्रदेशमा अध्यादेश बजेट स्वीकृत

मोरङ- सोमवार बसेको कोशी प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठकले दोश्रो पटक अध्यादेशबाट ल्याइएको आर्थिक वर्ष०८०/८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउने गरी र्सवसम्मतले स्वीकृत गरेकेा छ ।

प्रदेश सभा बैठकले आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० स्वीकृत भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत जेठ ३२ गते तत्कालिन मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वका सरकारले विश्वासको मत पाउन नसकेपछि संवैधानिक प्रावधानलाई कायम राख्न अध्यादेशबाट बजेट ल्याएकोमा पारित नभएपछि प्रदेशमा बजेट होलीडे भएको थियो ।

त्यसपछि पुनः मुख्यमन्त्री भएपछि हिक्मत कुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । मंसिर १६ गते भित्र सो बजेट अध्यादेश पारित गर्नुपर्ने अवस्था रहेकेा थियो । मुख्यमन्त्री केदार कार्कीको तर्फाट विना विभागिय मन्त्री गणेश उप्रेतीले अध्यादेश बजेट पारितका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।

करिब ३६ अरब २४ करोड ३५ लाख रुपैया बराबरको अध्यादेशबाट ल्याईएको बजेट स्वीकृत भएपछि प्रतिस्थापन विधेयक ल्याउन बाटो खुलेकेा छ ।

यसैगरी सोमवार बसेको प्रदेश सभा बैठकमा विना विभागिय मन्त्री शमशेर र्राईले प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेकेा विधेयक पेश गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/32977

भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम सङ्कलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति भएका व्यक्तिबाट १५ दिन बराबरको पारिश्रमिक पार्टीको राहत उपचार कोषमा जम्मा गर्नुपर्ने छ ।

भूकम्म प्रभावित क्षेत्रको राहत र उद्धार कार्य व्यवस्थापन, आवश्यक सहयोग तथा अनुगमन गर्नका लागि पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहने गरी एक कार्यदल गठन गरेको छ । कार्यदलमा सांसद अमरबहादुर थापा, नन्दा चपाँई र धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्कालगायत रुकुमपश्चिम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षसहितको टोली रहने प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

पार्टी महाधिवेशन आगामी माघमा गर्ने टुङ्गोमा पुगेको प्रवक्ता खतिवडाले बताउनुभयो । उहाँले यसको तयारीबारे छलफल नभए पनि अधिवेशन काठमाडौँमा गर्ने निर्णय भएको बताउनुभयो ।

पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको १५ जनाको टोली मङ्गलबार चीन भ्रमणमा जाने जनाउँदै प्रवक्ता खतिवडाले उक्त भ्रमणले दुई देशको कम्युनिष्ट पार्टीबीच घनिष्ठ सम्बन्ध विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आजको बैठकमा मेचीदेखि महाकाली हुँदै सुर्खेतसम्म १५ दिने ‘समाजवादी जागरण यात्रा’बारे समीक्षा भएको छ । रोजगारी, सुशासन र समृद्धिका लागि राजनीतिक दलकोतर्फबाट पहिलो पटक एक हजार दुई सय किलोमिटर लामो यात्रा सफलतापूर्वक सम्पन्न गरेको बैठकले निष्कर्ष निकालेको छ ।

https://ujyaalonepalnews.com/archives/32976

जाजरकोटको रामिडाँडामा अर्को शक्तिशाली परकम्प

https://ujyaalonepalnews.com/archives/32975

उपप्रधानमन्त्री खड्का भूकम्पको केन्द्रविन्दु जाजरकोटमा

काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको केन्द्रविन्दुमा पुग्नुभएको छ । भूकम्प आएदेखि निरन्तर प्रभावित क्षेत्रमा खटिनुभएका उपप्रधानमन्त्री खड्का आज विहान जाजरकोट सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा पुगी रक्षामन्त्री समेत रहनुभएका खड्काले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो । उहाँले भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटका स्थानीयसँग कुरा गर्दै उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुनःनिर्माणमा लगाउने बताउनुभयो ।
“सरकारले राहत वितरण सुरु गरिसकेको छ । राहत सामग्री पालिकालाई जिम्मा लगाउने र वडामार्फत वितरण हुन्छ”, उहाँले भन्नुभयो, “यस घडीमा सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नुपर्छ ।”
उपप्रधानमन्त्री खड्काले बारेकोट गाउँपालिकामा दुई हजार पाँच सय परिवार घरमा बस्न नसक्ने अवस्थामा रहेको तथ्याङ्क आफूले प्राप्त गरिसकेको भन्दै प्राथमिकताका साथ राहत वितरण हुनेछ भन्नुभयो । केही राहत सामग्री आइसकेको र थप सामग्री आउने क्रममा रहेको जानकारी दिँदै उपप्रधानमन्त्री खड्काले वडाअध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइनेमा जोड दिनुभयो ।
सो अवसरमा भूकम्प प्रभावित जनताले आफूहरुले भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको भन्दै उपप्रधानमन्त्री खड्कासँग पुनःस्थापनाको काम छिटो गरिदिन आग्रह गर्नुभएको थियो ।
“सरकारले भूकम्पपीडितको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेको र अब राहत विरतणलाई तीव्रता दिन्छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “राहत वितरण लगत्तै पुनःनिमार्णको काम सुरु हुन्छ ।” उपप्रधानमन्त्री खड्का पछिल्लो तीन दिनदेखि भूकम्प प्रभावित क्षेत्रमै रही स्थलगत निरीक्षण, उद्धार, राहत वितरणलगायतमा निरन्तर खटिनुभएको छ ।।

https://ujyaalonepalnews.com/archives/32974

भूकम्पपीडित भन्छन्- घरभित्र पुरिएर पनि भाग्यले बाच्यौँ

रुकुमपश्चिम- चकमन्न अध्याँरोमा आठबिसकोट–१४ को छेपारे गाउँ शान्त थियो । अधिकांश गाउँले गहिरो निद्रामा थिए । सधै छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा फिल्म हेर्दै हुनुहुन्थ्यो । कान्छो छोरा साथमै सुतेको थियो भने ठूलो छोरो पल्लो कोठामा निदाइसकेको थियो ।
“त्यत्तिकैमा अकस्मात घर हल्लियो । के भयो भन्ने थाहा नपाउँदै ठूलो आवाज आयो । छिनभरमै घर भत्कियो”, मीनाले सुनाउनुभयो, “क्षणभरमै चारै जना घरभित्रै पुरियौँ ।” मीनाको टाउको दलिन मुनी परेकाले टाउकोमा चोट लाग्न पाएन । तर कान्छो छोरो र श्रीमान भने बेहोस अवस्थामा भेटिनुभयो ।
“टाउकोमा चोट नलागेकाले मैले गुहार माग्न सके, जेठाजु आएर मलाई बचाउनुभयो । त्यसपछि दुई छोरा र श्रीमानलाई पुरिएको ठाउँबाट उद्धार गर्नुभयो”, भूकम्प जाँदाको अनुभव सुनाउँदै मीनाले भन्नुभयो, “जेठो छोरालाई खासै केही नभए पनि कान्छो छोरा र श्रीमान भने उद्धार गर्दा अचेत अवस्थामा हुनुहुन्थ्यो ।”
उद्धार गरिएको दुई घण्टापछि मात्रै छोरो र श्रीमानको होस खुल्न दुई घण्टा लाग्यो । त्यसपछि उहाँहरु दुवैलाई अस्पताल पठाएको र उपचारपछि स्वास्थ्यअवस्था सामान्य बनेको उहाँको भनाइ छ ।
“त्यो हाम्रो मात्रै समस्या थिएन, भूकम्पले गाउँका सबै घरमा क्षति पु¥याएको थियो”, उहाँले भन्नुभयो, “त्यसलगत्तै प्रहरीलाई बोलाएर उद्धार सुरु ग¥यौँ ।” भूकम्पमा जोगिए पनि यतिबेला आफू घरबिहीन भएको भन्दै बस्नका लागि समस्या भएको उहाँले गुनासो गर्नुभयो । गाउँले सबै खुला चौरमा बस्न बाध्य भएको भन्दै उहाँले आफूहरुका लागि राहत सामग्री आएको जानकारी पाए भने अहिलेसम्म नपाएको गुनासो गर्नुभयो ।
आठबिसकोट–१४ का पहलबहादुर विकको पीडा पनि मीनाको जस्तै छ । “हामी त भाग्यले बाच्यौँ, गाउँका केही भाइबहिनीलाई जोगाउन भने सकेनौँ”, पहलबहादुरले पीडा सुनाउनुभयो, “धेरैलाई ज्यूँदै उद्धार गर्न भने सक्यौँ ।” उहाँका अनुसार रातिको समय भएकाले धेरै सुतेकै अवस्थामा पुरिए । कतिका हातखुट्टा भाँचिएका छन् भने कतिका शरीरमा चोटपटक लागेको उहाँले बताउनुभयो ।
भूकम्पका कारण छेपारे टोलमा ३९ वटै घर क्षतिग्रस्त भएकाले बस्न नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ । “अहिले हामी सबै बाहिरै बस्न बाध्य छौँ । चिसोमा बालबालिका र गर्भवतीहरु कठाङ्ग्रिएका छन् । न ओड्ने कपडा छ, न खानका लागि गाँस नै छ”, उहाँले भन्नुभयो, “हिजो एउटा संस्थाका प्रतिनिधिले चाउचाउ दिनुभयो । त्यसबाहेक अहिलेसम्म कसैले सहयोग गरेको छैन ।” चिसो मौसम भएकाले रातको समयमा बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति समस्या परेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
भूकम्पका कारण सोही गाउँका मानबहादुर मल्लको परिवारमा बज्रपात प¥यो । भूकम्पले घर ढलाएपछि छ जनाको परिवारमध्ये पाँच जनाको जीवितै उद्धार भए पनि १२ वर्षीय छोरी गुमाउनु प¥यो । “भत्किएको घर त फेरि बनाउन सकिएला तर छोरी गुमाउनु प¥यो”, गहभरी आँशु बगाउँदै मल्लले भन्नुभयो, “परिवारका सबैलाई चोटपटक लागेको छ । घाइते छोराको सुर्खेतमा उपचार भइरहेको छ ।”
सोही गाउँकै हीरा विकको माइतीको घर पनि पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । “दाईको घरमा आएकी थिएँ । त्यही बेला भूकम्पले घर भत्कायो । भदै बोल्न नसक्ने अवस्थामा च्यापिएका रहेछन् । कुटोले खोदलेर घाइते अवस्थामा उद्धार गर्न सकेँ । अहिले उपचार भइरहेको छ”, उहाँले भन्नुभयो । विकले उद्धार सकिएको भन्दै अब सरकारले राहत र पुनःस्थापनामा ध्यान दिन माग गर्नुभयो ।
छेपारे गाउँमा मात्रै भूकम्पमा परी ११ जनाको ज्यान गएको छ । सरकारले उद्धार सकिएकाले यतिबेला राहत वितरण सुरु गरिसकेको छ । सरकारले पहिले राहत वितरण र त्यसपछि पुनःस्थापनाको काम सुरुगर्ने बताएको छ ।।

https://ujyaalonepalnews.com/archives/32973

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

राष्ट्रपति पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ती मुलुकका भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठुलो जनधनको क्षति हुन गएकाले नेपाल र नेपाली जनताको निम्ति अत्यन्त महत्त्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले ती मुलुकको भ्रमण स्थगित गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी दिनुभएको छ ।

यसैबीच, राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न भोलि मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले प्रेस नोट मार्फत जानकारी दिनुभएको छ ।।

https://ujyaalonepalnews.com/archives/32971

श्रीमतीको शव खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा उजुरी दिने विक पक्राउ

गत २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा शंखरापुर नगरपालिका– २ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको खोजीपाउँ भनी निवेदन दिए । कसैलाई जानकारी नदिई श्रीमती बेपत्ता भएको उनको हुलिया निवेदन थियो । प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा केही पत्ता लगाउन सकेन ।

करिब एक महिनापछि लालु आफैँ हराउँछन् । जसले घटना थप रहस्यमय हुन्छ । उनी भारत गएको प्रहरीले सूचना पाउँछ । निरन्तर पिछा गरिरहने क्रममा उनी गत ५ कात्तिकमा नेपाल आएको प्रहरीले पत्ता लगाउँछ । प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरी कार्यालय लैजान्छ । सोधपुछ गर्दा उनले धेरै समय ढाँट्न सक्दैनन् । आफूले नै श्रीमतीलाई हत्या गरी खाल्डोमा गाडेको स्वीकार्छन् ।

बौद्ध वृत्तका डिएसपी राजु पाण्डे नेतृत्वको टोली उनलाई लिएर शव गाडेको भनिएको ठाउँमा पुग्छ । जहाँ खन्दा गोपीको शव फेला पर्छ । पाँच फिट गहिरो खाल्डोमा पुरेको शव कुहिएको अवस्थामा बरामद गरी प्रहरीले पोस्टमार्टमका लागि पुर्‍याउँछ । घरासयी विवादमा उनले श्रीमतीको हत्या गरी खाल्डोमा गाडेको र घटना लुकाउन हराएको भन्दै निवेदन दिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार १७ जेठमा उनले श्रीमतीको हत्या गरेका हुन् । हत्यापछि शव बोरामा बाँधेर मोटरसाइकलमा राखी घरबाट करिब डेढ किलोमिटरमा रहेको देउराली सामुदायिक वनमा लगेर उनले गाडेका थिए । घटना लुकाउन शव बेपत्ता बनाउने उद्देश्यले त्यसरी गाडेका थिए । पछि डराएर भारत गए । नोयडास्थित एक होटेलमा एक महिना काम पनि गरे । पछि दसैँमा नेपाल आउँदा उनी पक्राउ परेका हुन् ।

सुरुमा उनले घटना लुकाउन खोजे पनि प्रहरी अनुसन्धानपछि वास्तविकता बताएका हुन् । घटनाको चार महिनापछि पक्राउ परेका उनलाई बौद्ध वृत्तले थुनामा राखी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ । बयानमा पनि उनले अपराध स्वीकार गरेको बौद्ध वृत्तका डिएसपी पाण्डेले बताए ।

https://ujyaalonepalnews.com/archives/32969