https://ujyaalonepalnews.com/archives/32950

https://ujyaalonepalnews.com/archives/32950

https://ujyaalonepalnews.com/archives/32949

म्याग्दी- गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले चार वर्षको प्रयासमा मुस्ताङ र डोल्पा जोड्ने सडक मार्ग खोल्ने काम सकिएको जानकारी दिनुभयो ।
“मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सिमानामा शनिबार पहिलो पटक ट्याक्टर आवतजावत गरेका छन्,” उहाँले भन्नुभयो “हप्ताँै लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी अब एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ ।”
सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । करिब रु २० करोडको लगानीमा ५६ दशमलब पाँच किलोमिटर सडक मार्ग खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
गत वर्ष नयाँ ट्र्याक खोल्न मन्त्रालयले रु तीन करोड १७ लाख बजेट विनियोजन गरेको थियो । चालु आवमा नयाँ ट्र्याक खोल्न मन्त्रालयले रु दुई करोड बजेट छुट्याएको थियो । मुस्ताङ–डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्र्याक खोल्न सिखा इञ्जिनीयरिङ र पम्फा जेभी कन्ट्रक्सनले ठेक्का लिएको थियो ।
समुद्रि सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा भौगोलिक रुपमा विकट र दुर्गम याकखर्क क्षेत्रमा सडक निर्माण गरिएको हो । एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै याकखर्कको भिर छिचोलेर डोल्पाको सिमानामा सडक पु¥याइएको छ । डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघिनै सडक निर्माण गरिएको थियो । उक्त सडकलाई आव २०७६÷७७ मा रु ११ करोड तथा आव २०७५÷७६ मा रु चार करोड बजेट विनियोजन गरिएको थियो ।
मुस्ताङका पूर्व सांसद प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताउनुभयो । डोल्पा जोड्ने सडकको प्रवेश विन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा गत वर्ष एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो ।।
https://ujyaalonepalnews.com/archives/32948

काठमाडौँ- टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले ओमानलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।
नेपालका लागि गुल्सन झाले अर्धशतक प्रहार गरे ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रन बनाएर बिलाल खानको बलमा आउट भए ।
झाले कप्तान रोहितकुमार पौडेलसँग ७८ रनको साझेदारी गरे ।।
https://ujyaalonepalnews.com/archives/32947

जुम्ला- जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।
भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा–१ बड्कीमा दुर्घटना भएको उहाँले बताउनुभयो ।
दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/32946

https://ujyaalonepalnews.com/archives/32945

जाजरकोट- शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन ।
उहाँको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन् ।
पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम गरेर राति सुत्नुभएको थियो । राति निद्रामै भूकम्प आएपछि अहिले उहाँको बास खुला सडकै छ । पटक–पटक गइरहेका पराकम्पले उहाँको बास सडकमै भएको हो ।
यातायातका साधन एकातिरबाट गुड्छन् भने अर्को भागमा उहाँलगायत अन्य सर्वसाधारण सुतिरहेका छन् । कात्तिक महिनाको चिसोले उनीहरुलाई सताइरहेको छ । त्यही चिसोमा खलङ्गालगायत आसपास क्षेत्रका भूकम्पपीडितको बास हुँदै आएको छ ।
कुशे गाउँपालिकाका धनबहादुर सिंहले गाउँमा भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्न बाध्य भएको बताउनुभयो । घरभित्र बसीसाध्यै छैन, उहाँले भन्नुभयो, “पराकम्प आइरहेका कारण कुन समय के हुन्छ थाहा छैन, मनभरि त्रासले बास गरेको छ ।”
जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर सग्ला छैनन् । नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ । त्यस्तै छेडागाड, कुशे र बारेकोटमा समेत क्षति बनाएको छ ।
यहाँका सर्वसाधारणका घर बस्नयोग्य नै नभएको अवस्था छ । मानवीय क्षतिका हिसाबले नलगाड पहिलो नम्बरमा छ । नलगाडमा मात्र ५२ जनाको भूकम्पबाट मृत्यु भएको छ । यसपछि भेरी नगरपालिका रहेको छ । भेरीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ । गम्भीर प्रकृतिका बिरामीलाई मात्र बाहिर सुविधासम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ भने अन्य बिरामीको पालिकास्थित स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ ।
एक सय ५० जनाभन्दा बढीको उपचार जारी छ । अझै केहीले उपचार नपाएको समेत बताएका छन् । छेडागाड –७ मा भूकम्पका कारण घाइते भएका एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयो । त्यहाँ एम्बुलेन्स नजाने भएकाले समस्या भएको उहाँले बताउनुभयो ।
त्यस्तै गाउँ–गाउँमा फोन सम्पर्क हुन नसकेका कारण अझै गाउँमा घाइते हुनसक्ने अवस्था छ । पालिकाका मुकाममा रहेका घाइतेको उद्धार शनिबार बेलुकीसम्म जारी थियो । अन्य गाउँमा भएका बिरामीको गाउँमै उपचार भएको पालिकाका प्रमुखहरूले बताएका छन् ।
भौतिकरूपमा कति क्षति भयो भन्ने कुनै यकिन तथ्याङ्क आउन सकेको छैन । अधिकांश मृतकको सनाखत अझै हुनसकेको छैन । अहिलेसम्म पालिकाको नाम र सङ्ख्याबाहेक अन्य कुनै विवरण आउन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले शनिबार नै भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी जानकारी लिनुभएको थियो ।
शनिबार नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी राहत र उपचारलाई व्यवस्थित बनाउन एक टोलीसमेत निर्माण गरिएको छ । राहत दिने र सहयोग गर्नेले एकद्वार प्रणालीबाट गर्न प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।
सरकारी कार्यालयसमेत काम नलाग्ने गरी क्षति भएको उहाँल जानकारी दिनुभयो । प्रजिअको सरकारी आवास र जिल्ला प्रशासन कार्यालयसमेत बस्न नमिल्ने अवस्थामा पुगेको छ ।
https://ujyaalonepalnews.com/archives/32944

https://ujyaalonepalnews.com/archives/32943

गुल्मी- गुल्मी जिल्लाका विभिन्न स्थानका चुँदरा समुदायले परम्परागत प्रविधिको प्रयोग गरेर काठका ठेकी बनाउने पेसा संकटमा पर्दै जान थालेको छ । पछिल्लो समय बजारमा प्लाष्टिक र स्टिलका सामान पाइन थालेसँगै काठको ठेकी बनाउने पेसा संकटमा पर्दै जान थालेको हो ।
पछिल्लो समय पुराना पुस्ताहरु सकिदै जानु र नयाँ पुस्ताहरु यस पेसातर्फ नलाग्नुले पनि यो पेसा संकटमा गर्दै जान थालेको रेसुङ्गा नगरपालिका वडानम्बर ७ मा ठेका निर्माण गर्दै आएका जयबहादुर चुँदराले बताउनुभयो । उहाँले बाउ बाजेदेखिको पुर्ख्यौली पेसालाई हालसम्म पनि निरन्तरदा दिँदै आउनु भएको छ ।
यहिँ पेसाबाट घरखर्च चलाउदै आएका चुँदराले गाँउ घरमा गाई भैंसी पालन कम हुँदै गएपछि यसको माघ घटदै उहाँको भनाइ छ । परम्परागत तरिकाले बढी मेहनत हुने भएपछि मेसिनले ठेका निर्माण गर्दै आएको बताउनुभयो ।
अहिले पुख्यौंली पेसालाई निरन्तरता दिने काम मात्रै भएको चुँदरा व्यवसायीको तर्क रहेको छ । बजारीकरणमा राज्यले ध्यान दिनसके पुर्ख्यौली पेसा संरक्षण र रोजगारीको माध्यम पनि बन्ने उहाँको भनाइ छ ।






https://ujyaalonepalnews.com/archives/32936

काठमाडौँ- शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए । विपत्तिका सामु कसैको केही लागेन । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो । काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो ।
समय थियो शुक्रबार राति ११ बजेर ४७ मिनेटको । जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्पले विशेषगरी छिमेकी रुकुम पश्चिमलाई नराम्ररी हल्लाइदियो । विसं २०७२ वैशाख १२ गतेको जस्तै धक्का पश्चिम नेपालका दुई पहाडी जिल्लाले यसपटक व्योहोर्नुपरेको छ ।
भूकम्पको धक्का काठमाडौँ उपत्यका र भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म सो भूकम्पमा परी एक सय ५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । हालसम्म जाजरकोटमा एक सय पाँच जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
जाजरकोट र रुकुम पश्चिमका धेरै गाउँ भूकम्पबाट थिलथिलो भएको छ । अधिकांश मानिस खुला स्थानमा रात कटाउन बाध्य भएका छन् । राहत र उद्धारको काम चलिरहेको छ । पहिलो चरणमा सरकारले भूकम्प प्रभावितको सकुशल उद्धारमा ध्यान केन्द्रित गरेको छ । करिब–करिब उद्धारको काम पूरा भएको स्थानीय प्रशासनले जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रातिदेखि नै प्रभावितको उद्धारमा प्रभावकारीरूपमा खटिन निर्देशन दिनुभएअनुसार काम भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले शनिबार बिहान १ बजेभित्रै जाजरकोट र रुकुम पश्चिमको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
भूकम्प गएको थाहा पाउनेबित्तिकै तत्काल उद्धार र राहतमा खटिन उहाँले मातहतका निकाय, सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री शनिबार झण्डै १८ घण्टा जाजरकोट र रुकुम पश्चिमलाई नै केन्द्रमा राखेर खटिनुभएको थियो ।
आफैँले विवरण लिएपछि प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान ३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा आवश्यक प्राविधिकसँग उद्धारका बारेमा छलफल गरी आवश्यक निर्देशन दिनुभएको थियो ।
आवश्यक तयारीलगत्तै बिहान ६ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा र जाजरकोटबाट कर्णाली प्रदेशसभा सदस्य राजीवविक्रम शाहीसहित विमानस्थल पुग्नुभएका प्रधानमन्त्रीले आफूसँगै १६ जना स्वास्थ्यकर्मीलाई प्रभावितस्थल लिएर जानुभयो ।
सचिवालयमा रहेका सहयोगीलाई काठमाडौँमा नै छाडेर प्रधानमन्त्री सीमित सुरक्षाकर्मीका साथ जाजरकोटको मालिका ब्यारेकमा बिहान ८ बज्दा नबज्दै पुग्नुभयो । आम नेपालीले नियमित काम सुरु नगर्दै प्रधानमन्त्री नेतृत्वको टोली भूकम्प प्रभावितस्थल जाजरकोट पुगिसकेको थियो । केन्द्रबिन्दु नै भएका कारण यसपटकको भूकम्पले सबैभन्दा बढी क्षति जाजरकोटमा नै पुगेको छ । त्यसपछि रुकुम पश्चिममा जनधनको क्षति भएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार केन्द्रबिन्दु भए पनि त्यहाँ मानवीय क्षति कम भएको छ । भौतिक संरचनामा भने ठूलो क्षति भएको छ । झण्डै एक हजार परिवार विस्थापित भएका छन । उनीहरुको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बस्नै नहुने अवस्था छ । त्यहाँ अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन् ।
“भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन् । भूकम्प पीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन्”, उहाँले भन्नुभयो । केन्द्रबिन्दु रहेको भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ । घर क्षतिग्रस्त छन् । जमिन भासिएको छ । चिराचिरा परेको छ । भग्नावशेषजस्तो देखिएको छ । गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जङ्गल र खोला छ ।
जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार प्रधानमन्त्री दाहालले प्रभावित क्षेत्रको अवलोकन गरेर पीडामा रहेका नागरिकलाई मल्हमपट्टी लगाउन सहयोग पुगेको छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले नै स्थलगत निरीक्षण गर्नुभएको छ । विश्वास छ, सङ्घीय सरकारले ठूलो सहयोग गर्नेछ ।”
प्रधानमन्त्री दाहालले धेरै प्रभावितमध्येको एक जाजरकोटको नलगाड नगरपालिकाको दलीबाट आफू चढेर गएको हेलिकोप्टरमा नै सात जना घाइते र सात जना कुरुवालाई उद्धार गरेर उपचारमा पठाउनुभएको थियो ।
घाइतको तत्काल उद्धारमा जोड दिनुभएका प्रधानमन्त्रीले दिउँसो फर्कने क्रममा पनि एक बालकसहित तीन जनालाई रुकुमको आठबिसकोटबाट उद्धार गरेर उपचारका लागि सुर्खेत छाडेर आउनुभएको छ । गम्भीर अवस्थामा रहेका सात जना घाइतेलाई नेपाल वायु सेवा निगमको जहाजमार्फत काठमाडौँ ल्याइएको छ ।
प्रधानमन्त्री प्रचण्डले सानीभेरी, आठबिसकोट, मुसीकोट, जाजरकोटको थाप्लेचौर, नलगाडलगायत स्थानमा आफैँ पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिनुभयो । उहाँले उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई आग्रह गर्नुभयो । थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउन तथा खर्चको कुनै चिन्ता नगर्न ढाडससमेत दिनुभएको थियो ।
यस्तै उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत उच्च मनोबलका साथ खटिन निर्देशन दिनुभएका प्रधानमन्त्रीले सरकारको तर्फबाट सबै प्रकारको सहयोग रहने र साथैमा रहेको बताउनुभएको थियो । घरबास भत्केर खुला स्थानमा पुगेका नागरिकसँग प्रत्यक्ष संवाद गर्न एकाबिहानै प्रधानमन्त्री पुग्दा धेरैले आश्चर्यसमेत मानेका थिए ।
प्रधानमन्त्रीले भूकम्पमा परी निधन भएका मानिसका आफन्तसँग रुकुमको राडीबजारमा भेटेर समवेदना प्रकट गर्नुभएको थियो । उहाँले सरकार साथमा भएकाले चिन्ता नगर्न आग्रह गर्दै पुनःस्थापना र राहतको प्रबन्ध गरिने विश्वास दिलाउनुभएको थियो ।
शनिबार दिनभरजसो भूकम्प प्रभावितसँग रहनुभएका प्रधानमन्त्रीले सोही क्रममा गृह, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई पनि आ–आफ्नो मन्त्रालयमार्फत गर्नुपर्ने राहत र उद्धारको कामको तयारी गर्न निर्देशन दिनुभएको प्रेस संयोजक शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्रीको निर्देशनलगत्तै ती मन्त्रालयले पनि प्रभावितलाई केन्द्रमा राखेर आवश्यक निर्णय गरेका छन् ।
उद्धारको काम सम्पन्न भएको निष्कर्षमा पुग्नुभएका प्रधानमन्त्रीले राहत, पुनःस्थापनाका लागि आवश्यक निर्णय गर्न आज बिहान मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।
अधिकारसम्पन्न स्थानीय सरकार गठन भएका कारण उद्धारको काम प्रभावकारी भएको निष्कर्षका साथ काठमाडौँ फर्कनुभएका प्रधानमन्त्री दाहालले दोस्रो चरणमा राहतको कामलाई प्राथमिकतामा साथ युद्धस्तरमा अगाडि बढाउने विश्वास स्थानीय प्रभावितलाई पनि दिलाउनुभएको छ ।
भूकम्पबाट भत्किएका घर तथा आवास, सरकारी संरचना तथा अन्य भौतिक पूर्वाधारको निर्माणका लागि प्राधिकरणको मोडालिटीमा नै नयाँ संरचना निर्माण गर्नुपर्ने हो कि भन्ने निष्कर्षमा प्रधानमन्त्री पुग्नुभएको छ । “स्थलगत निरीक्षणका क्रममा देखिएको अवस्था, विज्ञहरूको सुझाव तथा अन्य परिस्थितिलाई ख्याल गरेर आज बस्ने मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गर्नेछ । आज विभिन्न मन्त्रालयले गरेका निर्णयलाई समेत सरकारले ग्रहण गर्ने सरकारको तयारी छ”, प्रेस संयोजक शर्माले भन्नुभयो ।
पश्चिम नेपालमा लगातार भूकम्प गइरहेको सन्दर्भलाई ध्यान दिएर सरकारले दीर्घकालीनरूपमा पनि उपयुक्त समाधान खोज्ने तथा सुरक्षित आवास निर्माण गर्नुपर्ने आवश्यकता देखेको छ । प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका लागि आवश्यक सबै प्रबन्ध गर्ने र त्यसमा सबै राजनीतिक दल र सरोकारवालाको साथ खोज्नुभएको छ ।
जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले उद्धार र उपचारमा ध्यान केन्द्रित गरिएको बताउनुभएको थियो ।
प्रधानमन्त्री दाहालले आइतबारदेखि राहत र पुनःस्थापनाको काममा लाग्ने उल्लेख गर्नुभयो । उहाँले नेपाललाई चाहिने सहयोग गर्ने भनेर छिमेकी मुलुकबाट पनि फोन आएको तथा मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर आवश्यक सहयोगबारे बताउने जानकारी गराएको उल्लेख गर्नुभएको थियो ।
https://ujyaalonepalnews.com/archives/32935
