Home Blog Page 141

रुकुम पश्चिममा मात्रै ३६ जनाभन्दा धेरैको मृत्यु भएको छ : प्रहरी

१८ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले उक्त जानकारी दिएका हुन् ।

उनले भने, ‘आज बिहान ५ बजेसम्मको विवरण अनुसार ३६ प्लसको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना हुनु भएको छ ।’

उनका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।

डिएसपी भट्टराईका अनुसार मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।

चौरजहारीमा नगर प्रहरी पनि उद्धारमा सक्रिय

चौरजहारी नगरपालिकाकी उपप्रमुख ईश्वरी शर्माका अनुसार चौरजहारीस्थित मिसन अस्पताल र खोलागाउँस्थित शहीद स्मृति अस्पतालमा गरी करिब दुई दर्जन घाइतेहरु उपचाररत छन् । धेरै घाइतेहरु मिसन अस्पतालमा छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत, नेपालगन्ज लगायतका स्थानमा रिफर गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई अस्पतालमा ल्याउने र उपचार गराउने काममा नगरप्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिहरु खटिएका छन् ।

चौरजहारी नगरपालिका–७ खत्रीगाउँमा भूकम्पले घर भत्किँदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पतालमा ल्याएको छ ।

भूकम्पमा परी घाइते भएकी चौरजहारी–८ की मनिसा घर्तीमगरलाई नगर प्रहरी जवान रोशन केसीले रक्तदान गरी सहयोग गरेका छन् । मनिसालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

भूकम्पबाट बालबालिका, बुढाबुढीहरु बढी प्रभावित भएका छन् । गोठ भत्किएर पशु चौपाया पुरिएर मरेका छन् । त्यसको विवरण संकलन गर्न बाँकी छ ।

सानीभेरी र चौरजहारी नगरपालिकाको बीचमा पर्ने बाटो अवरुद्ध भएकाले डोजरको सहायताले खुलाउने प्रयास भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/32875

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

१८ कार्तिक, जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।

उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

https://ujyaalonepalnews.com/archives/32872

क्रिकेट खेलाडीको पुरस्कार रकम निकासा

काठमाडौँ- नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ ।

विभिन्न तीन वटा कपमा सहभागी नेपाली क्रिक्रेट टोलीलाई सरकारले दिने भनेको रू एक करोड ५७ लाख ५० हजार बराबर प्रोत्साहन पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।

सदस्स-सचिव घिसिङका अनुसार प्रोत्साहन पुरस्कार रकम उपलब्ध गराउनेबारे मन्त्रिपरिषद्ले पहिल्यै निर्णय गरेको भए पनि पनि अर्थ मन्त्रालयले आज निकासा गरेको हो । “मन्त्रालयबाट रकम निकासा भएपछि समस्या हुँदैन । कुनै औपचारिक कार्यक्रमबाट हामीले यो पुरस्कार वितरण गर्नेर्छौँ”, घिसिङले भन्नुभयो । सरकारले दिने भनेको पुरस्कार रकम ढिलै पनि पाउँदा खेलाडी र प्रशिक्षकलाई सकारात्मक ढाडस मिल्ने घिसिङ बताउनुहुन्छ ।

सरकारले गत वैशाख ५ देखि १८ गतेसम्म चलेको एसीसी मेन्स प्रिमयर कपका लागि रू ७९ लाख निकासा गरेको छ । गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रू छ लाख र अन्य टिम अफिसियलाई जनही रू तीन लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो ।

गत फागुन १२ देखि १८ गतेसम्म सञ्चालन भएको आइसीसी अण्डर–१९ मेन्स सिडब्लुसी–एसिया क्वालिफायरका लागि रू ४६ लाख र गत फागुन २७ देखि चैत २ गतेसम्म चलेको आइसिसी सिडब्लुसी लिग–२ को रू ३२ लाख ५० हजार उपलब्ध गराइने सदस्य–सचिव घिसिङले जानकारी दिनुभयो ।–

https://ujyaalonepalnews.com/archives/32870

जाजरकोटमा भुकम्प, आठविसकोटमा मात्र १८ जनाको मृत्यु, १५० बढी घाइते, थप विवरण आउन बाँकी

कर्णाली- शुक्रवार राती ११ बजेर ४८ मिनेट जाँदा गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा क्षतिपुगेको रुकुमबाट हाम्रा सम्वाददाता अमरराज पुनले जनाएका छन् ।

शुक्रबार राती गएको ६.४ रेक्टरको भूकम्पमा परेर रुकुम पश्चिममा १८ भन्दा बढीको मृत्यु भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आठबिसकोट नगरपालिकामा मात्रै १८ बढीको मृत्यु भएको हो ।

भूकम्पमा १ सय ५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक जानकारी अनुसार आठबिसकोट नगरपालिकाको -११, १२, १३, र १४ वडामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । त्यस्तै जिल्लाको अन्य पालिकामा पनि मानवीय क्षति भएको अनुमान गरिएको छ ।

रातको समय भएकाले भूकम्पले पुर्‍याएको क्षतिको यकिन विवरण आउन सकेको छैन । भुकम्पले अधिकांश घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको र ठाउँ-ठाउँमा पहिरो खसेको बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/32867

युएनआई नेपालको महिला समितिमा खड्का र युवा समितिमा रोकाया निर्वाचित

काठमाडौँ- ट्रेड युनियनको अन्तराष्ट्रिय संस्था युएनआई नेपाल अन्तर्गतको महिला र युवा समितिमा नयाँ नेतृत्व चयन भएको छ ।

युएनआई महिला समितिमा भगवती खड्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

यसैगरी, युएनआईको युवा समितिमा विरजित रोकायाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

काठमाडौँमा भएको महिला र युवा समितिको अधिवेशनले नयाँ कार्य समितिहरु चयन गरेको हो ।

यी दुबै अधिवेशनको संयुक्त उद्घाटन सत्रमा बोल्नुहुँदै युएनआईका एशिया प्रशान्त क्षेत्रीय महासचिव राजेन्द्र आचार्यले संसारभर कामको प्रकृतिमा आएको परिवर्तनलाई नेपाली महिला श्रमिक र युवा श्रमिकले राम्रोसँग अध्ययन गर्न जरुरी भएको बताउनुभयो ।

उहाँले श्रम अधिकारको रक्षा गर्न नयाँ प्रविधिसँग जुध्न सक्ने र सामुहिक सौदावाजीको नयाँ तरीका अपनाउन सक्ने श्रमिक नेताको आवश्यकता भएको पनि उल्लेख गर्नुभयो।

विश्वभर काम गर्नेहरुको काम खोसिँदै गएको अवस्थामा नेपालका श्रम संगठनहरु पनि चनाखो हुनुपर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले सामुहिकतामा बल हुन्छ भन्ने कुरा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

उहाँले राजनीतिक विचारले श्रम संगठनहरु विभाजित हुँदा अधिकारको बारेमा वोल्ने आवाज कमजोर भएको उल्लेख गर्नुभयो ।।

 

https://ujyaalonepalnews.com/archives/32866

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

काठमाडौँ- नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक-आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् ।

विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा बिहीबार आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त वक्तव्यलाई अनुमोदन गरिएको छ ।

सरकार, विकास साझेदार, नागरिक समाज सङ्गठन, निजी क्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“नेपालमा हामीले आपतहरू सहन सक्ने, हाम्रो वातावरणको संरक्षण गर्ने र हाम्रा जनताको जीवनस्तर उकास्न सक्ने हरित, थप उत्थानशील र थप समावेशी अर्थतन्त्र निर्माण गर्ने दृष्टिकोणका रूपमा ग्रिडको अवधारणालाई मनन गरेका छौँ”, अर्थमन्त्री डा प्रकाशशरण महतले भन्नुभयो, “विकास र रोजगारी सृजनालाई गति दिन, जीविकोपार्जनलाई बलियो बनाउन र दिगो रूपमा नेपाली जनताको समृद्धिलाई बढावा दिन नयाँ ग्रिड रणनीतिक कार्य योजना एक नीतिगत माध्यम हुन सक्छ ।”

ग्रिड रणनीतिक कार्ययोजनाका लागि प्राप्त हुने बाह्य लगानीअन्तर्गत अनुदान र अन्य सहूलियतपूर्ण वित्तीय लगानीहरू जस्तै सहूलियतपूर्ण ऋण, र कार्बन वित्तजस्ता नवीनम वित्तीय लगानी रहेका छन् । बाह्य वित्तीय लगानी नेपालको सार्वजनिक बजेटको पूरकका रूपमा रहनेछ र यसले विदेशी र स्वदेशी निजी क्षेत्रको लगानीलाई समेत लाभान्वित गराउने लक्ष्य लिएको छ ।

ग्रिड रणनीतिक कार्ययोजनाले १० वटा प्राथमिकताप्राप्त कार्यहरू पहिचान गरेको छ । यसमा थप उत्थानशील पूर्वाधार, परिस्थितिकी प्रणाली, र खाद्य प्रणालीका लागि भूमि, जल र वनलाई अझ बढी उत्पानदशील, दिगो र एकीकृत रूपमा व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ ।

सहरी विकासलाई हरित बनाउने, खानेपानी र सरसफाई विस्तार गर्ने, वायु प्रदूषण न्यूनीकरण र फोहोरमैला व्यवस्थापन गर्ने, नवीकरणीय ऊर्जालाई बढावा दिने, यातायातको दिगोपना र उत्थानशीलता अभिवृद्धि गर्ने विपद् जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र आघातप्रति थप उत्तरदायी बनाउन सामाजिक सुरक्षा एवं स्वास्थ्य प्रणाली अभिवृद्धि गर्ने विषयहरू समावेश छन् ।

विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक अन्ना जेर्डले दिगो, उत्थानशील र समावेशी अर्थतन्त्रतर्फ रणनीतिक कदम चाल्न सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/32865

कांग्रेस एक ढिक्का भएर अघि बढेको छ: सभापति देउवा

बागलुङ- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गर्नुभयो ।

सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राख्नुभयो । “नेपालको संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वभाविक मानेका छौँ”, सभापति देउवाले भन्नुभयो, “वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शङ्का गर्न पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौँ ।”

देउवाले नेपाली कांग्रेस पुनः सङ्गठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको बताउनुभयो । नेपाली कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिनुभयो ।

उहाँले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गर्नुभयो । नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताउनुभयो ।

देउवाले बागलुङमा नेपाली कांग्रेसले स्थानीय तह र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गर्नुभएको थियो । सो अवसरमा सभापति देउवाले सहिद परिवार तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । जिल्ला सम्मेलनमा दुई हजार नेता तथा कार्यकर्ता सहभागी थिए ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताउनुभयो । कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा अझै पनि केही समस्या रहेको बताउनुभयो । पूर्वगृहमन्त्री समेत रहनुभएका सिटौलाले मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुने धारणा राख्नुभयो ।

“संविधानले परिकल्पना गरेको सङ्घीयता संरचनाअनुसार स्वायत्त स्थानीय तह बनाउन कांग्रेसले निर्णायक भूमिका खेल्नु पर्छ”, उहाँले भन्नुभयो । नेता सिटौलाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको समेत बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/32864

ढकमक्क फूलले सजिए गाउँले बस्ती (फोटोफिचर)

धनकुटा- नेपालीहरुको दास्रो ठूलो पर्व तिहार आउन अब एक हप्ता मात्रै बाँकी छ।

तिहार आउन लागेसँगै धनकुटाका गाउँघर ढकमक्क फूलले सजिएका छन। दसैँ लगतै गाउँघर फूलेको फूलहरुले गाउँघर ढकमक्क भएका थिए।

फूल फूलेर गाउँशहर नै बेहुली झैं सिंगारीएका छन। पञ्चाङ्ग अनुसार कहिले अघि त कहिले पछि तिहार आउने गरेको छ। त्यसकारण कहिले फूल नफूल्दै तिहार आउँछ भने कहिले फूल फक्रि सकेपछि आउने गरेको छ। यो वर्ष भने विगतका वर्षहरु भन्दा केही ढिलो मात्र तिहार आउने भएको छ। तर, जे भएपनि तिहारमा चाहिने पहिलो कुरा नै फूल हो भन्दा फरक नपर्ला।

घरघरमा भएका फूलबारी, बारीका कान्ला, खेतका आली, घरको आँगन, डिलहरुमा फूल फूलेर रातै पहेँलै भएका छन। यो वर्षको तिहार केही ढिलो भएका कारण कतै कतैका फूलहरु सुक्न थालेका छन।

 

लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिक स्थल सिंगार्न फूलको माग उच्च हुने गर्दछ। त्यस्तै भाईटिकाका दिन दिदीबहीनीले आफ्ना दाजुभाईलाई टिका लगाइदिएर गलाभरीको सयपत्री र मखमलीको माला लगाइदिनुको पनि छुट्टै महत्व रहेको छ।

फूलबाट लाखौँको आम्दानी

तिहारमा पूर्वका अधिकांश ठूला सहरको मागलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएका धनकुटाका कृषकले यसपटक पनि लाखौं मूल्यको फूल बिक्रीका लागि तयारी अवस्थामा छन।

विशेष गरि धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा फूलको व्यावसायिक खेती गर्ने गरिएको छ। ती स्थानहरु यति बेला सयपत्री फूलले ढाकेर ढकमक्क बनेका छन। सो क्षेत्रका करिब एक सय कृषकले व्यावसायिक सयपत्री फूलको खेती गरेर त्यो फूल बिक्रीबाट मनग्गे आम्दानी हात पार्दै आएका छन।

मखमली र सयपत्रीबाट यथेष्ट आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएका छन। यहाँका किसानले धानखेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि खेतको आली, डिलमा र मकैसँगै बारीमा फूलखेती गर्ने गरेका छन। पाखो बारीमा रोपिने सयपत्रीलाई अन्य बाली जस्तै मेहनत गर्न नपर्ने भएपछि यसतर्फ किसान आकर्षित भएका हुन।

जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ। फूल बिग्रिएन भने एक याममा प्रति रोपनी जग्गाबाट रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिन्छ। तर पछिल्लो समयमा किसानले धेरै उत्पादन गर्ने लोभमा विषादीको प्रयोग गर्न थालेपछि फूल उत्पादन घट्दै गएको कृषकको भनाइ छ। पितापुर्खाको पालादेखि सयपत्री खेती गर्दै आएका धनकुटा नगरपालिका वडा नं. ५ कर्मीटारका किसान गोविन्द श्रेष्ठले सयपत्री बिक्री गर्न बोकेर बजार धाउनु नपर्ने भएपछि कृषकलाई सहज भएको बताउनु भयो।

 

५ रोपनी जमिनमा फूल खेती गर्दै आउनु भएका उहाँले बारीमा नै व्यापारीले अग्रिम बुकिङ गर्दै रकम उपलब्ध गराउने गरेको बताउनु भयो। तर, भारतिय फूल र कृतिम फूलका कारण बजारमा समस्या हुँदै आएको श्रेष्ठले बताउनु भयो।

यस्तै ६ रोपनी क्षेत्रफलमा फूल खेती गर्नुभएका महालक्ष्मी नगरपालिका ३ डाँडागाँउका नितेश निरौलाले यस वर्ष भने फूल बिक्रीबाट २ लाख रुपैयाँसम्म आम्दानी लिने आशा गरेको बताउनु भयो। गत वर्ष १९ हजार आम्दानी लिनु भएका निरौलाले यस वर्ष फूल खेतीलाई विस्तार गरी व्यवसायिक खेती गर्नुभएको हो।

गाउँमै पहिलो पटक यति धेरै क्षेत्रफलमा फूलखेती निरौलाले गरेसँगै फूलखेतीमा यहाँका युवाहरुको मन तानेको छ। विगतमा कृषि प्राविधिक काम गर्दै आएका उहाँले रोजगारी छाडेर घरैमा व्यवसायिक रुपमा कृषि पेशालाई अगाल्नु भएको हो।

फूलखेतीबाट राम्रो आम्दानी लिन सकिने भएको र युवाहरु विदेशमा गएर श्रम गर्नु भन्दा खालि तथा बाँझो जमिनमा खेती गर्न हो भने राम्रो उत्पादन गर्न सकिने निरौलाको भनाइ छ। यहाँ उत्पादित फूल धनकुटा सहित धरान, इटहरी, विराटनगर, सप्तरी, सिरहा लगायतका बजारमा पुग्ने गरेको छ।।

https://ujyaalonepalnews.com/archives/32857

विषाक्त धुवाँका कारण नयाँदिल्लीमा विद्यालय बन्द

विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ ।
किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँले ढाक्छ ।
अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम२.५ कणहरूको स्तर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा दैनिक ३५ गुणा अधिक थियो । पिएम२.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।
नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा दुई दिनका लागि बन्द रहने घोषणा गर्नुभएको थियो ।।

https://ujyaalonepalnews.com/archives/32856

लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप

लुम्बिनी-हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।

नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले आज लुम्बिनीस्थित शान्ति दीपमा प्रज्जवलन गरेको दीप सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्न दीप हस्तान्तरण गर्नुभयो ।

उपाध्यक्ष डा लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा(स्पीड), नेपाल पर्वतारोहण सङ्घका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही सङ्घका महासचित शिवबहादुर सापकोटालाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।

उपाध्यक्ष डा लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लुम्बिनीबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर पु¥याउदा विश्वभरिनै सन्देश प्रवाह हुने बताउनुभयो । उहाँले विश्व मानव जगत्मा जलवायु परिवर्तनको असरसँगै द्वन्द्व पनि बढिरहेको अवस्थामा शान्ति भूमि लुम्बिनीबाट विश्वको सर्वोच्च शिखरमा दीप लैजाने कार्य गैरवको विषय भएको बताउनुभयो । शान्ति दीपमा प्रज्ज्वलन गरिएको उक्त दीपलाई लामा गुरुहरुबाट स्वस्ति शान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो ।

लुम्बिनीबाट लगिने उक्त दीप कात्तिक १९ गते साँझसम्ममा काठमाडौँ हुँदै सगरमाथा आधार शिविर कालापत्थर पु¥याइने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीपसमेत उक्त स्थानमा प्रज्ज्वलन गरिने छ । कात्तिक २५ दिन एक समारोहका बीच कालापत्थामा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान केन्द्रित हुने सङ्घका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोख्रेलले बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे राष्ट्र सङ्घको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलदायी हुने पोखरेलले बताउनुभयो ।।

https://ujyaalonepalnews.com/archives/32855