https://ujyaalonepalnews.com/archives/32854

https://ujyaalonepalnews.com/archives/32854

काठमाडौँ– नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
आज काठमाडौंको मुललपानी मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ हुने टी–२० विश्वकपमा छनोट भएको हो ।
यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो ।
आजको खेलमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।।
https://ujyaalonepalnews.com/archives/32853

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ ।
आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरुको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
“राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ”, उहाँले भन्नुभयो ।
एउटै कम्पनीका दुई पाइलटबीच के कति कारणले कुटाकुट भएको त्यो भने खुल्न नसकेको क्यानले जनाएको छ ।।
https://ujyaalonepalnews.com/archives/32852

काठमाडौँ- बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले देशभरिका महिला स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०-८१ को नियमितरूपमा पहिलो चरणमा यही कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले आज र भोलि खुवाउन थालिएको हो ।
स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई यसअघि नै परिपत्र गरिसकेको छ । यस आवको पहिलो चरणमा आज र भोलि तथा दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाखमा महिनामा सञ्चालन गरिन्छ ।
भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।
https://ujyaalonepalnews.com/archives/32851

संखुवासभा- संखुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना निरीक्षण गर्न अर्थ र ऊर्जामन्त्री संखुवासभा आइपुगेको छ ।
आज बिहान हेलिकप्टरमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली भोटखोला आइपुगेको छ । प्राधिकरणको गौरवको आयोजनाका रूपमा अपर अरुणलाई निर्माण थालिएको हो ।
टोलीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्वबैंक निर्देशक लगायतको टोली आयोजनास्थल भोटखोला आइपुगेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताउनुभयो । अपर अरुण आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणले पाएको छ ।
आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा समेत वितरण गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका ७८८ कित्तामध्ये ६९९ कित्ता काट गरिसकेको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
जलविद्युत् आयोजनाको अनुमानित लागत दुई अर्ब २६ करोड रुपैयाँ बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्र सम्पन्न गर्ने योजना छ ।
आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ ।
https://ujyaalonepalnews.com/archives/32850

सिरहा- सिराहा र धनुषा जोड्ने कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आफ्नै भूमीमा आवतजावत गर्नपनि भारतको बाटो भएर घटौं हिड्न बाध्य स्थानीय पुल निर्माण हुने भएपछि खुशी छन् ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ६ कठाल गाउँभन्दा पूर्व कमला नदी तटमा निर्माण भइरहेकोसो झोलुङ्गे पुल तीव्र गतिमा निर्माण जारी रहेको छ । पुल निर्माणमा ४२ जना प्राविधिक र कामदारहरु दिनरात काम गरिरहेका छन् ।
करिब २८ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको झोलुङ्गे पूल १५०१ मिटर लामो बन्ने भएको हो । सपना उमा थानी जेभी कन्सट्रक्सन कम्पनीको ठेक्कामा निर्माण हुन लागेको कमला झोलुङ्गे पुल आगामी बर्ष असार महिनासम्म सुचारु भईसक्ने ईन्जिनीयर विनोद कुमार मण्डलले जानकारी दिनुभयो ।
निर्माण हुन लागेको सो झोलुङ्गे पूलमा एकै पटक २५०० जना मानिस चढ्न सक्ने क्षमताको हुनेछ । १० वटा पिल्लर रहेको झोलुङ्गे पुल सिरहा तर्फबाट सिरहा नगरपालिका वडा नं. १३ मल्हनीयाँ गम्हरियासम्म रहेको छ ।
यही असोज महिनादेखि सुरु भएको पुलको काम आउँदो वि.सं. २०८१ असार मसान्तभित्र सञ्चालनमा ल्याउने तयारी कम्पनीको रहेको छ
पूर्वपश्चिम हुलाकी मार्गदेखि केही दुरीमा बन्न लागेको सो पुल निर्माण भएपछि आवतजवातमा सहज हुने भएको छ । झोलुङ्गे पूल निर्माण भएपछि जनकनन्दिनी गाउँपालिकालाई प्रत्यक्ष फाईदा हुने भएको छ । सो पुलको निर्माणपछि भारतीय पर्यटकसहित आन्तरिक पयर्टकको समेत भित्रिने विश्वास गरिएको छ ।
https://ujyaalonepalnews.com/archives/32849

काठमाडौं- आईसीसी पुरुष टी ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूहको उपविजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
फाइनल प्रवेशका लागि नेपालले मुलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे यूएईसँग भिड्दैछ । नेपाललाई फाइनल प्रवेश मात्र हैन विश्वकपमा छनोट हुन समेत आजको खेल महत्वपुर्ण छ । सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ ।
छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले आजको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण छ ।
नेपालले समूह बीको विजेता यूएईलाई सेमिफाइलनको प्रतिद्धन्दीको रुपमा पाएको हो । नेपालले समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित हुन पुग्यो ।
ओमानसँग पराजित बनेपछि नेपालले एसोसियट राष्ट्र मध्य बलियो मानिएको यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । आजको खेलको नतिजाले नेपालको टी ट्वान्टी विश्वकपको आगामी यात्राको टुङ्गो लगाउनेछ ।
https://ujyaalonepalnews.com/archives/32838

झापा- केही वर्षअघि ट्रयाक खनिएको इलामको माई नगरपालिकाबाट झापाको पूर्व पश्चिम महेन्द्र राजमार्ग जोड्ने दुर्गापूर दानाबारी सडक कालोपत्रे सम्पन्न भएको छ ।
सडक संघीय सरकारबाट ५ दशकमा पनि कालोपत्रे हुन नसकेको सडक कोशी प्रदेश सरकारबाट कालोपत्रे भएपछि झापा र दक्षिणि इलामको यात्रा सहज भएको हो ।

दुई वर्ष अघिसम्म झापासम्मको यात्रा दक्षिण इलामबासीका लागि कष्टकर थियो । ट्रयाक खनिएको पाँच दशक भएपनि सडक कालोत्रपत्रे नहुँदा र सडकमा पर्ने पुल नबन्दा इलामबासीले वर्षातमा यात्रा ज्यान जोखिम राख्नुपर्थ्यो । तर अहिले जनताका दुःखका दिन प्रदेश सरकारले मेटाएको छ ।
संघीय सरकारको मातहतमा रहेको सडक प्रदेशमा हस्तान्तरण भएपछि दुर्गापुर दानाबारी सडक कालोपत्र सम्पन्न भएको हो । झापाको दुर्गापूरबाट इलामको सुखानी जोड्ने सडक कालोपत्रे ठेक्का संझौता अवधिमा नै सम्पन्न भइको छ ।
२०७८ भदौ ५ मा संझौता भएको सडक कालोपत्रेको काम २०८० भदौ ५ अघि नै सम्पन्न भएको हो । सडक कालोपत्रे भएपछि दक्षिणि इलाम र उत्तरी झापाबासीको यात्रा सहज भएको छ ।

सुखानी दुर्गापूर सडक दक्षिणी इलामबाट पूर्व पश्चिम महेन्द्र राजमार्ग जोड्ने छोटो दूरीको सडक हो । १२ किलोमिटर ५ सय मिटर सडक कालोपत्रे कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय झापाबाट कार्यान्वय आएको हो ।
पूर्व-पश्चिम महेन्द्र राजमार्गमा पर्ने दुर्गापूरबाट इलामको माई नगरपालिका जोड्ने सडक कालोपत्रे भएपछि स्थानीयबासी खुसिको सिमा छैन । कन्काई नगरपालिका ७ को दुर्गापूर जोड्ने सडकको ६ किलोमिटर झापा र साढे ६ किलोमिटर इलाम क्षेत्रमा कालोपत्रे भएको हो ।

नालाबाहेक साढे ७ मिटर चौडा सडक निर्माण भएको छ । अस्पाल प्रविधिको सडक कालोपत्रेका लागि २०७८ भदौ २३ मा ठेक्का संझौता भएको थियो । सबै स्ट्रक्चरका काम सकिएर सडक समयमै कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताउनुभयो ।
दुर्गापूर दानाबारी सडक कालोपत्रे गर्न ३७ करोड ११ लाखमा ठेक्का आवाह्न भएकोमा २३ करोड ४८ लाखमा संझौता भएको थियो ।


https://ujyaalonepalnews.com/archives/32832

काठमाडौं- भारतले विश्वकप क्रिकेटको हिजोको खेलमा श्रीलंकालाई ३ सय २ रनको ठूलो अन्तरले पराजित गरेको छ । जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो ।
जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका अविश्वसनीयरूपमा १९.४ ओभरमा ५५ रन बनाएर अलआउट भएको थियो । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३ विकेट प्राप्त गरे ।
यो जितपछि भारतको ७ खेलबाट १४ अंक भएको छ । यससँगै भारत दक्षिण अफ्रिकालाई उछिनेर शीर्ष स्थानमा पुगेको छ । श्रीलंका भने सात खेलबाट ४ अंकमै सीमित रहेको छ ।
https://ujyaalonepalnews.com/archives/32831

चितवन- घर भान्साको काम हुँदा घर भान्सामा, नत्र गफिएर बस्ने भरतपुर महानगरपालिका-८ पाण्डे घुम्ती आसपासकाका महिलाहरु आजभोली नयाँ योजना बनाइरहेका भेटिन्छन् ।
कामकाजी महिलाहरुबाट पनि केही गर्न सकिन्छ कि भनेर सक्रिय बनेका बिसहजारी सामाजिक उद्यमी महिला सहकारीको कृषी उद्यमी महिला समुह बनाउँदै अगाडी बढेका महिलाहरुले कृषिका क्षेत्रमा मनग्गै ज्ञान हासिल मात्रै गरेका छैनन् उद्यमी समेत बनेका छन् ।
कृषि प्रयोजन, फलफूल खेती तथा अन्नबाली लगाउने भनेरै उद्यमी महिला समुह बनाएका उनीहरुले पहिलो बर्ष सयपत्री फूल लगाएर निकै राम्रो आम्दानी गर्नेमा आशावादी देखिएका छन् ।






https://ujyaalonepalnews.com/archives/32824
