Home Blog Page 65

सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अधिकृतलाई पक्राउ गर्ने तयारी

धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

प्रहरी स्रोतका अनुसार जिल्ला अदालत धनुषाबाट उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो।

सिरोहियाले वि.सं. २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा शरदकुमार भट्टराई धनुषाका प्रमुख जिल्ला अधिकारी थिए भने दाहाल शाखा अधिकृत रहेको बुझिएको छ।

विदेशी बाबु–आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) का सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र नाम प्रस्ट नभएको कैलाश प्रसाद सिरोहियालाई वंशजको आधारमा कसरी नागरिकता दिइयो भन्ने आरोपमा दुबै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

 

टिकौली जंगलमा एक व्यक्ति मृत अवस्थामा फेला

रत्ननगर- चितवनको भरतपुर भोजाड र कालिकाको पदमपुरको सिमानामा पर्ने खगेरी खोला नजिकै टिकौली जंगलभित्र एक पुरुषको शव फेला परेको छ ।

हिजो मंगलवार जंगल भित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए  ।

प्रहरीका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन । मृतकको पहिचानको लागि प्रहरीले फोटो सार्वजनिक गर्ने तयारी गरेको छ । आत्महत्या गर्न खोज्दा डोरी चुडिएर भुईमा खसेको अवस्थामा शव फेला परेको उनले बताए ।

तराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावाको लहर चल्ने

१६ जेठ, काठमाडौं । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् ।

मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली कम गर्मीको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागमा झनै कम गर्मीको सम्भावना रहेको मौसमविद महर्जनले बताइन् ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

मौसमविद महर्जनले भनिन्, ‘यसअघि जेठ १३ गतेदेखि १५ गतेसम्म पनि हिट वेभको पूर्वानुमान सार्वजनिक गरेका थियौं । त्यसैअनुसार भयो पनि । अहिले फेरि थप तीन दिन तातो हावाको लहर चल्ने सम्भावना छ ।’

लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको तराई क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नभएकाले गर्मी बढ्ने गरेको छ ।

बंगालको खाडीमा विकसित रेमल चक्रवातको अप्रत्यक्ष असरको कारण नेपालको पूर्वी र मध्य भागमा वर्षा भएको थियो । यो चक्रवातको नेपालको पूर्वी भूभाग भन्दा पनि अझै पूर्व भारतको मेघालय आसपास कमजोर अवस्थामा छ । त्यसको असरले नेपालका कोशी प्रदेशमा सामान्य वर्षाको सम्भावना कायम छ ।

आज कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ । कोशी प्रदेशका थोरै स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज अपराह्नतिर खण्ड–खण्डमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद महर्जनले जानकारी दिइन् ।

बछाैलीका जेष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण

रत्ननगर । रत्ननगर नगरपालिका –६ ले वडाका जेष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । वडाबाट गरिने सामाजिक कृयाकलापहरु मध्ये वडा कार्यालयले वडाका १८० जना जेष्ठ नागरिकहरुलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिरकाे भ्रमण गराएको छ । सहभागी आमा—बाबा सवै भ्रमणमा अतिनै उत्साहित पाईएकाे वडा सदस्य गाेपि विडारीले बताए ।

सधै घरमा बसिरहँदां मानसिक तनाब हुने गर्दथ्यो यात्राले निकै स्फूर्ति बढाएको अनुभव सुनाउदैै आगामी बर्षहरुमा पनि यस किसिमका कामको निरन्तरता दिनु पर्ने वडास्तरीय ज्येष्ठ नागरिक समितिका अध्यक्ष केदार प्रसाद चापागाईंले बताए ।

सधै बिकास निमार्ण , विद्यालय , सडक , बिधयार्थीका हितमा काम गरिएको थियौ, बाबा आमाहरुको लागि पनि सम्मान सहित केही गरौ भन्ने लागेर नै जेष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमणको योजना बनाइएको वडा नं ६ का वडाअध्यक्ष किरण महताेले बताए ।

🔴 LIVE बजेट वक्तव्य लाईभ ।आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

🔴 LIVE बजेट वक्तव्य लाईभ ।आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

 

तापक्रम घटेपछि रत्ननगरमा दिइएको गर्मि विदा फिर्ता

उज्यालो नेपाल- पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अत्याधिक गर्मीका कारण विद्यालयहरुमा दिएको गर्मि विदा फिर्ता भएको छ ।

मौसममा आएको परिवर्तन संगै विदा फिर्ता गरिएको हो ।

नगरपालिकाले आईतबार एक सुचना प्रकाशित गरि १४ गतेदेखि १८ गते सम्म वर्षे बिदाबाट कट्टा हुने गरि गर्मि विदा दिएको थियो ।

तर नगरपालिकाले बिदा दिएको दिन देखि नै मौसममा सुधार आई तापक्रम घटेको थियो । अब भोली १६ गते देखि पठनपाठन कार्य सुरु हुनेछ।

चितवन रत्ननगरबाट दश दिनदेखि महिला बेपत्ता

चितवनबाट एकजना महिला बेपत्ता भएकी छन् । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडीस्थित आफ्नै घरबाट ३९ वर्षकी दैया बस्नेत बेपत्ता भएकी उनका श्रीमान अरमान आलमले बताए ।

आफू काठमाडौं रहेको समयमा फोनमा श्रीमतीसँग सामान्य विवाद भएपछि जेठ ४ गतेबाट श्रीमती बेपत्ता भएको उनको भनाइ छ । दुई सन्तानकी आमा रहेकी बस्नेत घरमा आफ्ना बच्चाहरुलाई स्कुल पठाएर घर छाडेर बेपत्ता भएपछि आफुले प्रहरीमा खोजिदिन निवेदन दिएको उनको भनाइ छ ।

आफुले जिल्ला प्रहरी कार्यालयमा जेठ ६ गते खोजिदिनको लागि निवेदन दिएको र फोन ट्र्याकको आधारमा प्रहरीले आफ्नो श्रीमतीको अन्तिम लोकेशन स्याङ्जा जिल्ला रहेको बताएको उनको भनाइ छ ।

स्याङ्जामा एक पटक फोन अन भएको र त्यसपछि पुनः फोन अफ भएको र हालसम्म नभेटिएकोले देख्नुहुने व्यक्तिलाई सम्पर्क गरिदिन उनले अनुरोध गरेका छन् ।

आफुले स्याङ्जा प्रहरीलाई समेत लोकेसनबारे जानकारी दिएको बताउँदै कोही कसैले देखेको खण्डमा नजिकको प्रहरीमा खबर गरिदिन आग्रह गरेका छन् । नेपाल प्रेस 

एमाले चितवनको आगामी नेतृत्वका लागि भोलि निर्वाचन हुँदै

चितवन, जेठ १४ – नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन जारी छ । आगामी नेतृत्व चयनका लागि भोलि बिहानबाट निर्वाचन गर्ने तयारी गरिएको प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिए ।

७६१ जना प्रतिनिधिहरु अधिवेशनमा उपस्थित छन् । ती प्रतिनिधिले १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछन् ।

निर्वाचन अधिकृत भण्डारीका अनुसार एमाले चितवनको अध्यक्षमा कमलराज पाठक र घनश्याम कँडेलको उम्मेद्वारी परेको छ ।

पाठक हालका जिल्ला कमिटी उपाध्यक्ष हुन् भने कँडेल संगठन विभाग प्रमुख थिए । त्यसैगरी उपाध्यक्षमा श्याम विष्ट र कृष्णकुमार डल्लाकोटीको उम्मेद्वारी परेको छ ।

सचिवमा प्रकाश ढुङ्गाना र पदमपाणी सुवेदीको उम्मेद्वारी परेको छ । त्यसैगरी उपसचिवहरुमा केशव आचार्य, गोपाल परियार, टिकाराज रिजाल र मिन बहादुर परियारको उम्मेद्वारी परेको छ ।

त्यसैगरी उपसचिव महिलामा जानकी शर्मा र ज्वाला पुरी वनको उम्मेद्वारी परेको निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिए ।

सदस्यहरुको कलष्टरमा केही पालिकाले सहमति गरेका छन् भने केहीमा चुनाव हुँदैछ ।

चितवनमा महिला हिंसाको अवस्था भयावह, १० महिनामा २१४ जनालाई गम्भिर प्रकृतिको हिंसा, ८९ जना आत्महत्या

सरिता पौडेल, जेष्ठ १४ , भरतपुर । चितवनमा पछिल्लो १० महिनाको अवधिमा लैगिंक हिंसाको घटना भयावह अवस्थामा देखिएको छ । हिंसामा परी उजुरी गर्न आउने संस्थाहरु जिल्ला प्रहरी कार्यालय, एकद्धारा संकट व्यवस्थापन केन्द्र र जिल्ला अदालतको तथ्याकं विश्लेषण गर्दा विशेषगरि महिला तथा बालबालिका प्रभावित बनेको देखिएको छ ।

गत साउनदेखि बैशाखसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय महिला सेलमा विभिन्न प्रकृतिका हिंसामा परेका ७४४ उजुरी दर्ता भएको छन् । तिमध्ये घरेलु हिंसा सम्बन्धी ४०२ र शान्ती सुरक्षा तथा अन्यमा ३४२ रहेका छन् । जसमा खान लाउन नदिएको ९७,जन्मदर्ता विवाहदर्ता तथा नागरिकता सम्बन्धी १९,दाइजोको विषयमा ३,कृटपिट१४८,गाली वेइज्जति १३५ रहेको जिप्रकाको तथ्याकंमा उल्लेख छ ।

यो अवधिमा २६७ जनाको निवेदनमा मिलापत्र गरिएको, ५६ जना अदालती प्रकृयामा गएको र ७९ जनाको उजुरी अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । यस्तै शान्ती सुरक्षा र अन्य निवेदन ३४२ दर्ता भएकोमा २५७ मिलापत्र भएको र ८५ उजुरी बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो अवधिमा महिलामाथिको अन्य अपराधको घटना पनि बढिरहेको तथ्याकंले देखाउछ । गत साउनयता १७० जना गम्भिर आपराधिक क्रियाकलापको शिकार बनेको तथ्याकंमा उल्लेख छ । तिमध्ये ४१ जनामा जवरजस्ती करणी शिकार भए । ४ जना करणी उद्योग, २२ जना बालयौन दुराचार, १जना अप्राकृतिक मैथुन, १० जना बहुविवाह, १ जना बालविवाह,८९ आत्महत्या र २ जना बालबिज्याई रहेका छन् ।

यसैगरी ३७९ जना हराएकोमा २५१ फेला परेको र १३८ जना खोजी भइरहेको प्रहरीले बताएको छ । तिमभ्ये १४०महिला, १०४ पुरुष १९ बालक , ८९ बालिका १८ जेष्ठ नागरिक रहेका छन् । तथ्याकंले लागुऔषध प्रयोगकर्ताको संख्यामा पनि बढेको देखाउंछ । जिल्ला प्रहरी कार्यालयमा हाल ६४ जना थुनुवा रहेकोमा ४२ जना लागुऔषध प्रयोगकर्ता रहेको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो ।

उता, एकिकृत संकट व्यवस्थापन केन्द्र ओसिएमसिको तथ्याकं हेर्दा १० महिनामा २१४ जनालाई गम्भिर प्रकृतिको हिंसा भएको देखिन्छ । ति मध्ये ७१ जना जवरजस्तीकरणी,२४ जना यौनदुव्यवहार, ३४ जना शारिरिक दुव्र्यवहार, २ जना बेचविखन,स्रोत साधन र अधिकारबाट बञ्चित ९ जना मानसिक दुव्यहार ३ जना र अन्य विभिन्न प्रकृतिका घटनामा ७० जना रहेका छन् ।

यसरी हिंसामा पर्नेमा १४ बर्ष मुनिका ६६ जना जसमा ३ जना बालक समेत रहेका छन् । यस्तै १५ देखि १८ बर्षसम्म ४८, १९ देखि ४९ सम्मका ९६ र ५० माथि २ जना रहेको ओसिएमसीको तथ्याकं छ । सबैभन्दा बढी साउन र भदौमा घटना भएको छ । बैशाख महिनामा मात्र २४ वटा घटना भएका छन् । ओसिएमसी मा २०७३ देखि हालसम्म ८ सय २७ जना जटिल प्रकृतिको हिंसामा परेकाहरुले सेवा लिएको फोकन पर्सन हीरा माया सुवेदीले जानकारी दिनुभयो ।

पछिल्लो १० महिनामा सम्बन्ध विच्छेद गर्नेको संख्या पनि ह्वात्तै बढेको देखिन्छ । १० महिनाको जिल्ला अदालत चितवनमा ११३२ सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएकोमा ९०९ फैसला भइसकेको र २१३ मुद्धा फैसला हुन बाँकी रहेको अदालतले बाँकी रहेको अदालतले जनाएको छ । घरेलु हिंसाको मुद्धा भने अदालतमा कम दर्ता भएको देखिन्छ गएको छ । गत आर्थिक बर्षको ३ र यो बर्षको ४ गरि ७ वटा मुद्धा दर्ता भएकोमा ५ वटा चालु अवस्थामा रहेको छ ।

१० महिनाको तथ्याकंं विश्लेषणमा चितवन जिल्लाको अवस्था भयावह देखिएपछि आदर्श नारी विकास केन्द्रले आज आफ्नो स्थापनाको ३३ बर्षको अवसर पारेर ३ तहका निकायबीच अन्तरक्रिया सम्पन्न गरेको छ । कानुन कार्यान्वयन गर्ने निकाय , तत्काल एक्सनमा उत्रने प्रहरी र अभियन्तालाई एउटै मन्चमा राखेर उल्लेखित तथ्याकंका बीचमा बहस गरिएको संस्थाका संस्थापक एवं महिलाअधिकारकर्मी मीना खरेलले बतायनुभयो ।

जिल्लामा प्रस्तुत तथ्याकंले महिलामाथिको हिंसाको भयावह रुप देखिएको भन्दै उहाँले आगामी कार्यक्रमहरु मानवीय विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले नेपालमा उत्कृष्ट कानुन लेखिएपनि कार्यान्वयन पक्ष फितलो देखिएको बताउनुभयो । महिला अधिकार र मानवीय विकासका लागि लड्नेहरु समाजका असल नायक भएको बताउंदै उहाँले जिसस मानवीय विकासका कार्यमा साथ दिन तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सरकारका तीनै (स्थानीय प्रदेश र संघीय) तहका नीति तथा कार्यक्रमहरु भौतिक विकासमा मात्र केन्द्रित भएकाले आगामी योजनाहरु मानवीय विकासका कार्यलाई पनि प्राथमिकताका साथ समेट्नुपर्ने अधिवक्ता फुलमाया रानाभाटले बताउनुभयो । तथ्याकंमा सम्बन्ध विच्छेद, आत्महत्या र हिंसा घटना डरलाग्दो अवस्थामा देखिएकाले यसको नियन्त्रणका लागि अभिभावकले आफ्ना सन्तालालाई निरन्तर परामर्श गर्नुपर्नेमा जोड दिनुभयो ।

कानुनु सहायता समिति चितवनका संयोजक अधिवक्ता गोमा न्यौपानेले हिंसा बढ्नुको प्रमुख कारण बैदेशिक रोजगारमा गएकाले पठाएको रकमको नेपालमा हुनेले उचीत व्यवस्थापन नगर्नु, लागुऔषध दुव्र्यसनी, बेरोजगारी प्रमुख रहेको बताउनुभयो । यीनै कारणले घरेलु हिंसाको घटना बढेको उहाँले बताउनुभयो । “अहिलेको बच्चाहरुमा शुन्य सहनशीलता छ उहाँले भन्नुभयो समाजमा सचेतनाका कार्यक्रम लैजादै गर्दा महिलालालाई अधिकार मात्र होइन संगसंगै कर्तव्य पनि सिकाउनु जरुरी छ । ” कानुनमा लेखिएका कुराहरुलाई फैसला गर्न सजिलो छ तर फैसला गरेका कुराहरुलाई कार्यान्वयनमा उतार्न निकै जटिल भएको उहाँको अनुभव छ ।

जिल्ला प्रहरी कार्यालय महिलासेल प्रमुख रिमा कोइरालाले आत्महत्या बढ्नुमा सबैभन्दा बढी बैदेशिक रोजगारीले निम्त्याएको समस्या भएको बताउनुभयो । उहाँले राज्यस्तरबाट सञ्चालित आवास गृह नहुदाँ हिंसामा परेकाहरुलाई तत्काल व्यवस्थापन गर्न निजि संघसंस्थालाई नै गुहार्नुपर्ने अवस्था रहेको बताउनुभयो । लैगिंक हिंसा प्रभावितलाई तत्काल व्यवस्थापन गर्न राहत कोषको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

श्रीमान श्रीमतीबीचमा दैनिक हुने घरझगडा र कलहको शिकार बच्चाहरु भईरहेको र बच्चाहरु डिप्रेसनमा गई आत्महत्याको बाटो रोज्ने गरेको उहाँको भनाई छ ।  भरतपुर महानगरपालिका कार्यपालिका सदस्य निशा परियारले हिसाविरोधी अभियान निरन्तर भइरहेपनि अवस्था नसुध्रेको बतायनुभयो । व्यक्ति परिवार र समाज जिम्मेवार नहुदाँसम्म समस्या जटिल भइरहने भन्दै उहाँले स्थानीय तह वडा देखि पालिका सम्म बनेका न्यायिक संयन्त्र तथा समितिहरुले समितीको उद्धे्रश्य अनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अहिलेका समितीमा बाटो र गा्रभेलको कुरा र तिनै संग जोडिएका झगडा मात्र आउने गरेको यहँको भनाई थियो । अधिबक्ता रामकृष्ण अधिकारीले पदीय दुरुपयोग र राजनीतिक दम्भ नछुटेसम्म चुनौती आइरहने बताउनुभयो । अधिवक्ता उद्धव लोहनीले प्रहरीलाइृ तटस्थ भएर अनुसन्धान गर्न नदिदाँ मुद्धा फितलो हुने र अपराधमा राजनीति मिसिदाँ दोषी उम्कने खतरा रहेको बताउनुभयो । महिलाअधिकारकर्मी संगिता भट्टराईले आत्महत्याको दर बढ्नुमा पहिलो दोष अभिभावकको भएको भन्दै विद्यालय स्तरमा सामाजिक जागरण, नैतिकता र संस्कार सिकाउन जरुरी भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष उषा खरेल सुवेदीको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा पत्रकार शान्ता अधिकारी, आदर्श नारी क्लिनीक तथा स्वास्थ्य परामर्श केन्द्रका व्यवस्थापक सुरेन्द्र धिताल, सामुदायिक सेवा केन्द्र नारायणगढका सहकोषाध्यक्ष एवं लागुऔषध दुव्र्यसनिविरुद्धको अभियानका संयोजक नारायण सुवाल लगायतले बोल्नुभएको थियो । ३३ बर्षदखि महिला बालबालिकाको क्षेत्रमा अनवरत आदर्श नारीले मानवअधिकार, महिला अधिकार र बालअधिकार, मानवबेचविखन नियन्त्रण, पुर्नस्थापना, वित्तिय व्यवस्थापन , ससस्त्र द्धन्द्धप्रभावित महिलाका सवाल , शिक्षा, स्वास्थ्य र सीपमुलक तालिम संगै ससक्तिकरणका अभियानमा अनुभव बटुलिसकेको छ ।

यस संस्थाले हालसम्म हिंसामा परेका ६ हजार बढीको न्यायिक प्रकृयामा सघाएको छ भने । ११ सय ८२ जनालाई प्रत्यक्ष उद्धार संरक्षण, विकास र न्यायिक पहुँचमा पुर्याई उनीहरुलाई आत्मनिर्भर र सवल बनाउन सक्षम भएको छ ।
हाल २९ जना आदर्श गृह नेपालमा सरक्षित छन् ।

चितवनमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा मृतकको संख्या २ पुग्यो

चितवन — चितवनमा आइतबार राति भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । ना ३ ख ७९१५ नं. को ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि अन्दाजी १६/१७ वर्षका किशोरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन ।

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आज मध्यराति साढे १२ बजे चारवटा गाडी ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सबै २१ जना घाइतेहरूको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस ठक्कर खाएका हुन् ।