बछाैलीका जेष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण

रत्ननगर । रत्ननगर नगरपालिका –६ ले वडाका जेष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । वडाबाट गरिने सामाजिक कृयाकलापहरु मध्ये वडा कार्यालयले वडाका १८० जना जेष्ठ नागरिकहरुलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिरकाे भ्रमण गराएको छ । सहभागी आमा—बाबा सवै भ्रमणमा अतिनै उत्साहित पाईएकाे वडा सदस्य गाेपि विडारीले बताए ।

सधै घरमा बसिरहँदां मानसिक तनाब हुने गर्दथ्यो यात्राले निकै स्फूर्ति बढाएको अनुभव सुनाउदैै आगामी बर्षहरुमा पनि यस किसिमका कामको निरन्तरता दिनु पर्ने वडास्तरीय ज्येष्ठ नागरिक समितिका अध्यक्ष केदार प्रसाद चापागाईंले बताए ।

सधै बिकास निमार्ण , विद्यालय , सडक , बिधयार्थीका हितमा काम गरिएको थियौ, बाबा आमाहरुको लागि पनि सम्मान सहित केही गरौ भन्ने लागेर नै जेष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमणको योजना बनाइएको वडा नं ६ का वडाअध्यक्ष किरण महताेले बताए ।

Previous article🔴 LIVE बजेट वक्तव्य लाईभ ।आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री
Next articleतराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावाको लहर चल्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।