Home Blog Page 79

शालीनलाई मर्न बाध्य बनाएको भन्दै तीन शिक्षकविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा

भिडियो हेर्नुहोस् 

चितवन । रत्ननगरको एकता शिशु निकेतनमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले प्रहरी अनुसन्धानबाट प्राप्त प्रतिवेदनमा बलात्कारपछि हत्या गरिएको प्रमाण नभेटिएपछि शालीनको मृत्युको कारण आत्महत्या नै भएका निर्क्योल गर्दै हिरासतमा रहेका तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत चितवनमा हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका वार्डेन कमलप्रसाद शर्माविरुद्ध शालीनको आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जिल्ला अदालत चितवनमा दायर गरिएको अभियोगपत्रमा भनिएको छ, ‘घटनाको आधार प्रमाणहरु अध्ययन गर्दा निजहरुले तोकिएको पदबाट विचलित भइ होस्टल सञ्चालनको न्यूनतम मापदण्ड र वातावरणको समेत ख्याल नराख्दा र होस्टलमा रहने बस्ने गरेका विद्यार्थीहरुको उचित हेरचाह नगरी मृतक शालीन पोखरेललाई झुण्डिइ मर्न बाध्य बनाइ बाँच्ने अन्य विकल्पहरु नरही बाध्य भइ निज शालीन पोखरेल झुण्डिइ आत्महत्या गरेको देखिन्छ ।’

सोही आधार मानी दायर अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा (२) विरुद्धको कसुर गरेको ठहर गरिएको छ ।

मुलुकी अपराध संहिताको दफा १८५ ले आत्महत्या दुरुत्साहन गर्न नहुने उल्लेख गरेको छ । यदि कसैले आत्महत्या दुरुत्साहन गरे कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा शालीनका बुबा दीपेन्द्र पोखरेलले फागुन १५ गते दायर गरेको जाहेरीमा तीन शिक्षकले छोरी पोखरेललाई बलात्कार गरी हत्या गरेको उल्लेख छ । सोही अभियोगमा अनुसन्धान गरे पनि अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदनले पोखरेलको कन्या जाली नच्यातिएको, सुसाइड नोट पनि उनकै भएको विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन आएको थियो ।

अभियोगपत्रमा मुलुकी अपराध संहिता १८६ बमोजिम मृतक पोखरेलको हकवालालाई मनासिव क्षतिपूर्ति दिनसमेत मागदाबी गरिएको छ ।

१३ वर्षकी शालीन विद्यालयको छात्रावासमा गत फागुन १२ गते मृत अवस्थामा भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको अभिभावकले आरोप लगाउँदै आएका थिए । तर, अनुसन्धानबाट बलात्कार र हत्या पुष्टि हुने प्रमाण नभेटिएपछि आत्महत्या दुरुत्साहनमा अभियोग लगाएर मुद्दा दर्ता गरिएको हो । उनीहरुविरुद्ध सोमबार थुनछेक बहस हुने जनाइएको छ ।

नेपाल प्रेसबाट साभार गरिएकाे

रत्ननगरमा वृद्धाको शव फेला

उज्यालो नेपाल- रत्ननगरमा एकजना  वृद्धाको शव फेला परेको छ । रत्ननगरको वडा नं. १२ सालघारीमा सेवक सुवेदीको पुर्दै गरेको पोखरीमा वृद्धाको शव फेला परेको हो ।

गोरखा सिरानचोक घर भई बिगत झन्डै ४० वर्ष देखी जिरौना स्थित कृष्ण मन्दिरको आश्रमा बस्दै आएकी र मानसिक अबस्था ठिक नभएको वर्ष ८४ कि मन कुमारी पोख्रेल आइतबार मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

घटनाको थप अनुसनधान कार्य भईरहेको र शवको पोष्टमार्टमको लागी भरतपुर सरकारी अस्पतालमा लगिएको प्रहरीले बताएको छ  ।

कुन तरकारी तथा फलफूलको मूल्य कति?

काठमाडौं, ५ चैत। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १३०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, भारतीय सुन्तला १००, र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ६०, अदुवा २००, रातो आलु ३६ र रातो भारतिय आलु ३८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ६०, कागती २५०, लोकल काक्रो ११०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २०, हाइब्रीड सेतो मूला ३० र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ६५ रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी १०० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ६० र जिरीको साग ७० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ५० र पुदीना १८० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४५, चाइनिज सुकेको लसुन २३०, हरियो लसुन ९० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी ११० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ।

उता, ताजा छडी माछा २६० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० रुपैयाँमा किनबेच भइरहेको छ।

मुग्लिनमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

चितवन, चैत्र ०४-
चितनवमा भारतीय नम्बर प्लेटको ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जना घाइते भएका छन् ।

मुग्लिन बजारको एक होटलबाट खाना खाई निस्कदै गरेको जेएच ०५ डिके २८२९ नम्बरको भारतीय ट्रकमा नारायणगढ तर्फबाट कुरिनटार तर्फ जाँदै गरेको ग१३प ४१६६ नम्बरको मोटरसाइकल आज आईतबार साँझ एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका हुन् ।

घाइते हुनेमा ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार स्थित पन्ना ग्यारेजमा काम गर्ने १८ बर्षका आकास कुसहवा रहेका छन् । अहिले उनको उपचारका लागि भरतपुर तर्फ ल्याईएको चितवन प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल, ट्रक र ट्रक चालक भारत बिहार स्थियी बसोबास रहेका २८ बर्षिय अमरेन्द्र यादव इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्णमा रहेको छन् ।

भरतपुरमा सोमबार एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै, सहभागि हुनेलाई उपहारै उपहार

चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा एक्सपर्टको भरतपुर–१०, स्थित बेस क्याम्पमा भोलि (सोमबार) एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदैछ ।भरतपुर–१०, स्थित बेस क्याम्पमा हुने कन्क्लेभको सम्पूर्ण तयारी पुरा भइसकेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

कन्क्लेभको फाइदा उठाउन सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा एक्सपर्ट चितवनले आह्वान गरेको छ । पछिल्लो समय विद्यार्थीहरुको रोजाइँ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, युएसए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको छ । त्यसैले यसपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट आउने प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श गर्न सकिने भएकाले सबैलाई कार्यक्रममा सहभागि हुन एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक अधिकारीले आह्वान गरे । ‘यसपटक कार्यक्रममा अष्ट्रेलिया, युके, न्यूजील्याण्डको बारेमा बुझ्नु नै हुनेछ, त्यसका अलवा विद्यार्थी तथा अभिभावकहरुले आयरल्याण्डको शिक्षाको बारेमा पनि बुझ्न पाउनु हुनेछ, त्यसैले यो मौकाको फाइदा उठाउन सबैमा आह्वान गर्दछु ।

कन्क्लेभमा सहभागि हुनेले विभिन्न उपहारहरु पाउने छन् । लक्की ड्र मार्फत सहभागिहरुले खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी पाउने छन् भने मौलाकाली केबल, स्केटिङ, नारायणीमा बोटिङलगायतका उपहार पाउने छन् ।एक्सपर्ट केही महिना पहिले क्यानडा र अमेरिकाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि ल्याएर एक्सपर्ट फेयर गरि सकेको छ । जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् ।

एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

रत्ननगरका गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे से

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरभित्रका गर्भवती महिलाहरुका लागि निःशुल्क घुम्ती भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा सञ्चालन भएको छ ।

१६ वटै वडाका गर्भवती महिलाहरुलाई लक्षित गरी आमा र शिशुको स्वास्थ्यका लागि वडा–वडामा निःशुल्करुपमा घुम्ती भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा चैत १ गतेदेखि १६ गतेसम्म गतेअनुसार प्रत्येक वडाहरुमा सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए ।

चैत १ गते बिहीबार वडा नं–१ बाट सुरू गरिएको सो सेवा चैत ४ गते वडा नं–४ को नर्कटियामा सञ्चालन गरिएको स्वास्थ्य शाखाका सिअहेव निरीक्षक वासुदेव सापकोटाले जानकारी दिए ।

गर्भवती महिलाहरुका लागि निःशुल्करुपमा भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा १६ वटै वडामा क्रमशः बिदाको दिनमा समेत सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए । गर्भवती जाँच तथा प्रयोगशाला सेवा नगर स्वास्थ्यकेन्द्रका स्वास्थ्यकर्मी तथा नगर स्वास्थ्यचौकीका प्राविधिकहरुले दिनेछन् ।

जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलका अनुसार यस वर्ष रत्ननगर नगरपालिकाभित्रका करिब एक हजार ३४७ जना गर्भवतीलाई रत्ननगर नगरपालिकाका स्वास्थ्यकर्मी तथा प्राविधिकहरुले वडा–वडामा पुगेर निःशुल्करुपमा भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा दिइरहेको बताए ।

जसअनुसार वडा नं–१ मा ८३, वडा नं–२ मा ७७, वडा नं–३ मा ७४, वडा नं–४ मा ७४, वडा नं–५ मा ६०, वडा नं–६ मा ५९, वडा नं–७ मा ५६, वडा नं–८ मा ६८, वडा नं–९ मा ८८, वडा नं–१० मा १२२, वडा नं–११ म ७३, वडा नं–१२ मा ११२, वडा नं–१३ मा १३१, वडा नं–१४ मा १०३, वडा नं–१५ मा ९४ र वडा नं–१६ मा ७३ जना गर्भवतीलाई निःशुल्करुपमा भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा दिइने उनले बताए ।

हेटौंडामा एक्सपर्ट कन्क्लेभः विद्यार्थीको उल्लेख्य सहभागिता, डिआरएसले तान्यो ध्यान

हेटौंडा, चैत ४– उच्च शिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी हेटौंडामा एक्सपर्ट एजुकेशन कन्क्लेभ गरिएको छ । हेटौंडास्थित पारीजातपथमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमा आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको उल्लेख्य सहभागिता देखिएको छ ।

विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको कार्यक्रममा विद्यार्थी तथा अभिभावकको भीड लागेको थियो । कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड, आयरल्याण्ड, क्यानडा र युएसएका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको शाखा प्रबन्धक अच्युत चालिसेले जानकारी दिए ।

सोही कार्यक्रममा पब्जी खेलका लागि युवापुस्ता माझ निकै नै लोकप्रिय गेमिङ टिम डिआरएसका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो । सो क्रममा कन्क्लेभमा सहभागि विद्यार्थीहरुले डिआरएसका खेलाडीहरुसंग अन्तरक्रिया तथा फोटोसेसन गरेका थिए । डिआरएसका अप्रेशन प्रमुख संगीन भट्टराईले हेटौंडाका शुभेच्छुकहरुसंग प्रत्यक्ष भेटघाट गर्न पाउनु खुशीको कुरा भएको बताए ।

‘यो अवसरका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई धेरै धेरै धन्यवाद, शुभेच्छुकहरुसंग अन्तरक्रिया गर्न पाउनु खुशीको कुरा हो ।’ डिआरएससंग भेट्न र फोटोसेसनमा सहभागि हुन पाउँदा विद्यार्थी तथा शुभेच्छुकहरु खुशी भएका थिए । डिआरएसका खेलाडीबाट उनीहरुकै जर्सी उपहार पाएका हेटौंडा बसामाडीका इन्द्र गौतम भन्छन्–‘आज डिआरएसका खेलाडीहरुसंग प्रत्यक्ष भेट्न पाउँदा नसोचेको सपना पुरा भएको महसुस भएको छ, म ज्यादै खुशी छु, यो अवसरका लागि एक्सपर्ट एजुकेशनलाई धेरै धेरै धन्यवाद ।’ कन्क्लेभमा सहभागि २० जनाले लक्की ड्र मार्फत खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी उपहार पाएका थिए ।

डिआरएसका खेलाडीहरु आजै चितवनको रत्ननगरस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमा समेत पुगेर शुभेच्छुकहरुसंग भेटघाट गरेका थिए । सो क्रममा उनीहरुले फोटोसेसनका साथै आफ्नो जिज्ञाशा राखेका थिए । डिआरएसको टिम भोलि (सोमबार) भरतपुरस्थित बेस क्याम्पमा हुने एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागि हुँदैछ । शुभेच्छुकहरुले भरतपुरमा डिआरएसंग भेटघाट तथा फोटोसेसनमा सहभागि हुन सक्ने छन् ।

 

आदिवासी जनजाति साँस्कृतिक महोत्सव : सबै जातिका घर एउटै गाउँमा

नारायणगढ । नारायणी नदी किनारमा यही चैत ९ देखि १८ गतेसम्म ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवस्थलमा यतिखेर धमाधम अस्थायी संरचना निर्माणको काम भइरहेको छ। महोत्सवमा आदिवासी जनजातिको पहिचानलाई स्थापित गराउन महोत्सवस्थलभित्रै गाउँ निर्माण गरिएको छ।

सबै आदिवासी जनजातिलाई समेटेर साँस्कृतिक एवम् परम्परागत घरमार्फत पहिचान दिलाउने गरी गाउँ निर्माण गरिएको हो। हालसम्म चितवनमा १७ वटा जनजाति समुदाय संगठित भएर जनजाति महासंघमा आवद्ध छन्। तिनैमध्ये कम्तिमा १० वटा जातजातिको घर महोत्सवस्थलमा निर्माण हुने आयोजकले जनाएको छ।

महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार आदिवासी जनजाति समुदायको विषयमा अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धाताहरूलाई समेत सघाउ पुग्ने गरी महोत्सवस्थलमा आदिवासी जनजातिका घर निर्माण गरिएको हो।

साँस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालका अनुसार यसपटक ११ वटा जातजातिका घर निर्माण हुनेछन्।

महोत्सवस्थलमा निर्मित आदिवासी जनजाति समुदायको गाउँले पुरानो पुस्तालाई भन्दा पनि नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ। परिवर्तित समयसँगै आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउन पनि आदिवासी जनजातिका गाउँले फरक अनुभूति दिलाउने भरतपुर ११ नौरङ्गेकी नुरमायाँ कुमाल बताउँछिन्।

यो महोत्सवमा निर्मित घर देख्दै गर्दा आधुनिक संरचनालाई पनि मौलिकता झल्किने गरी निर्माण गर्न सकिने महसुस गराएको उनको भनाइ छ। जनजाति परिषरकै कारण चितवनमा हुँदै आएको अन्य मेला महोत्सवभन्दा विल्कुलै फरक हुने प्रचारप्रसार उपसमितिका संयोजक रमेश रानामगरले बताए।

महोत्सवको आर्थिक उपसमितिका संयोजक पवन गुरूङका अनुसार महोत्सव अवधिभर करिब ८० देखि ८५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

सुन तस्करी प्रकरणमा जोडिएका माओवादीका उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कानुनी कारबाही शुरु गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले छानबिन आयोगको राय सिफारिसअनुसार महरालाई मुद्दा चलाउन र थप अनुसन्धान गरेर कानुनी कारबाही गर्न निर्देशन दिनुभएको हो ।

महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । तस्करसँग कैयौँ पटक कृष्णबहादुर महराले पनि टेलिफोनमा कुराकानी गरेको प्रमाण प्रहरीसँग सुरक्षित रहेको छ । प्रहरीले यसअघि महरासँग बयानसमेत लिएको थियो ।

यसैबीच गृहमन्त्री लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग पनि बयान लिन सीआईबीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर जग्गा हिनामिनामा जुनसुकै तहका व्यक्ति मुछिए पनि कारबाही गर्न निर्देशन दिँदै विनोद चौधरीको पनि बयान लिन र छानबिन गर्न निर्देशन दिनुभएको हो ।

उपप्रधान एवम् गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहत ल्याउने प्रक्रिया आजै शुरु गर्न पनि निर्देशन दिनुभएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा यसअघि विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेर छुट्नुभएको थियो ।

रुख ढाल्दा उछिट्टिएको हाँगाले लागेर सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली — रुख ढाल्ने क्रममा उछिट्टिएको हाँगाले लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–१ को तीनतले पाखास्थित घागर ठाकुर सामुदायिक वन समूहको जंगलमा चिलाउनेको रुख ढाल्दा उछिट्टिएको हाँगाले लागेर वडा नम्बर–५ सिलामेका ३२ वर्षीय लोकनारायण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामुदायिक वनको ठेक्का लागेको रुख ढाल्दा हाँगाले टाउकोमा लागेर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।