सिन्धुली — रुख ढाल्ने क्रममा उछिट्टिएको हाँगाले लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–१ को तीनतले पाखास्थित घागर ठाकुर सामुदायिक वन समूहको जंगलमा चिलाउनेको रुख ढाल्दा उछिट्टिएको हाँगाले लागेर वडा नम्बर–५ सिलामेका ३२ वर्षीय लोकनारायण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सामुदायिक वनको ठेक्का लागेको रुख ढाल्दा हाँगाले टाउकोमा लागेर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।