Home Blog Page 8

सरकारी निर्णयको अवज्ञा : चितवन–२ मा उम्मेदवारद्वारा ‘रुफटप भेहिकल’ प्रयोग जारी

उज्यालो नेपाल- चितवन क्षेत्र नं. २ मा प्रमुख दलका उम्मेदवारहरूले सरकारको निर्णयको अवज्ञा गर्दै छत खुला ‘रुफटप भेहिकल’ प्रयोगलाई निरन्तरता दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने, नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल र नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले प्रचारप्रसारका क्रममा अझै पनि त्यस्ता सवारी साधन प्रयोग गरिरहेको देखिएको हो।

सरकारले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले छत खोलेर हिँड्न मिल्ने सवारी साधन प्रयोगमा रोक लगाउने निर्णय यसअघि नै गरिसकेको छ। गत बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। भीडभाडयुक्त स्थानमा खुला छत भएका सवारी साधन प्रयोग गर्दा अप्रिय घटना हुन सक्ने जोखिम बढ्ने निष्कर्षसहित उक्त व्यवस्था लागू गरिएको जनाइएको छ।

गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार उम्मेदवार तथा सर्वसाधारण दुवैको सुरक्षालाई प्राथमिकता दिँदै निर्णय कार्यान्वयनमा ल्याइएको हो। सुरक्षा निकायले निर्णयको पालना गराउन आवश्यक समन्वय र अनुगमन भइरहेको जनाएको छ।

तर चितवन–२ मा भने प्रमुख दलका उम्मेदवारहरूबाटै निर्णयको उल्लंघन भइरहँदा आचारसंहिता कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठेको छ। निर्वाचन नजिकिँदै गर्दा सुरक्षा प्रबन्धलाई थप कडाइका साथ लागू गरिने गृह मन्त्रालयको भनाइ छ।

एक्सपर्ट चितवनमा भोलि सोमबार एजुकेसन फेयर गरिँदै

चितवन, फागुन १०–
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले भोलि फागुन ११ गते सोमबार शैक्षिक मेला ‘एक्सपर्ट एज’ आयोजना गर्दै छ । भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ ।
युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने उनले बताए ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी अन्यौलमा परेका छन् भने त्यसलाई मेटाउन यो मेला निकै फलदायी हुने एक्सपर्ट चितवनका अपरेसन म्यानेजर किरण पौडेलले बताए ।
मेलामा आउने विद्यार्थीका लागि हात खाली नजाने उपहार योजना पनि एक्सपर्टले अघि सारेको छ । मेलामा उपस्थित भएकै आधारमा हरेक विद्यार्थीले आइएलटिएस वा पिटिई पढ्न चाहेमा एघार सय एघार रुपैयाँ छुट पाउने छन् भने पिटिईका लागि ४ वटा मकटेस्ट निःशुल्क पाउने छन् । त्यस्तै आइएलटिएस परीक्षा शुल्कमा विशेष छुट पनि दिइने छ । त्यस्तै राइनो क्रुजसिपको टिकेट, क्याफेको डिस्काउन्ट भौचर, स्केटिङ टिकेट तथा एक्सपर्टको लोगो अङ्कित विभिन्न उपहार पनि दिइने एक्सपर्टका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए ।
एक्सपर्टले २२ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

रविको अपील: मासुभात खाइदिनुस्, भोट घण्टीमा हाल्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूले ३४ वर्षसम्म जनतालाई झुक्याएको भन्दै यसपटक जनताले उनीहरूलाई ‘टिट फर ट्याट’ गर्नुपर्ने बताएका छन्।

शनिबार आफ्नो निर्वाचन क्षेत्र चितवन-२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यसपटक मतदाताले चलाखीपूर्वक मतदान गर्नुपर्नेमा जोड दिए।

लामिछानेले भने, ‘अंग्रेजीमा टिट फर ट्याट भन्छ। ३४ वर्षसम्म उनीहरूले तपाईंहरूलाई झुक्याए, यस वर्ष तपाईंहरूले उनीहरूलाई झुक्याइदिनुहोस्।’

उनले भोट माग्न घरदैलोमा आउने पुराना दलका नेताहरूलाई तपाईंलाई नै हो भोट भन्दै आश्वस्त पार्न तर मतदानको दिन भने घण्टीमा छाप लगाउन मतदातालाई आग्रह गरे।

सभापति लामिछानेले मासुभात र पैसाको प्रसङ्ग उल्लेख गर्दै त्यसलाई जनताकै रगत पसिनाको पैसा भएको टिप्पणी गरे। उनले कुनै पनि दलले दिएको पैसा वा मासुभात पनि नछोड्न मतदातालाई आह्वान गरे।

‘ए बाबा ! मासुभातको पैसा, बाँड्न आएको पैसा उसको भए त सम्पत्ति घट्नुपर्ने नि, तर बढेको छ। त्यो हाम्रै पैसा हो, खाइदिनुस्,’ लामिछानेले भने, ‘हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा खाइदिनुस्, स्कुलमा गुणस्तरीय शिक्षा नदिएर लुटेको पैसा खाइदिनुस्, राम्रो बाटो, पुल र नहर नबनाएको पैसा हो, खाइदिनुस्। तर भोट चाहिँ घण्टीमा हाल्नुस्।’

उनले भ्रष्टाचारी र जनताको हक अधिकारमाथि रजाइँ गर्नेहरूलाई यसपटक मतदाताले उचित जवाफ दिने विश्वास व्यक्त गरे।

लामिछानेले चितवनका मतदाता सचेत रहेको र यसपटकको निर्वाचनले मुलुकमा नयाँ परिवर्तनको मार्ग प्रशस्त गर्ने दाबी समेत गरे।

निर्वाचनको मिति नजिकिँदै गर्दा लामिछानेले मतदातालाई प्रलोभनमा नफसी आफ्नो भविष्यको लागि सही प्रतिनिधि छनोट गर्न अपिल गरे।

चितवन आउँदै गरेको बस दुर्घटना: २२ जना घाइते

हेटौंडा — पूर्व–पश्चिम राजमार्ग खण्डम अन्तर्गत पर्ने मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित यात्रुबाहक बस दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका निम्ति चितवनतर्फ लगिएको छ ।

आइतबार बिहान करिब ७ बजे वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बाँया साइडमा रहेको विद्युत्‌को पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा गएको ट्राफिक प्रहरीसहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा बसमा सवार २२ जना यात्रु सामान्यदेखि मध्यम घाइते भएका छन् ।

घाइते सबैलाई उद्धार गरी उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए । बस दुर्घटनास्थलमै रहेको छ भने राजमार्गमा सवारी आवागमन अवरुद्ध नभएको जनाइएको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १ किलोमिटर पश्चिममा पर्दछ ।

अर्किड स्कुलद्वारा एसइइ उत्कृष्टलाई नगद पुरस्कार।

भरतपुर १० चितवन। अर्किड स्कूल भरतपुर–१० ले आफ्नो १५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।
सो कार्यक्रममा विद्यालयले २०८१ सालको एसईई परीक्षामा ‘४ जिपिए’ प्राप्त गर्ने तीन विद्यार्थी क्रमशः समृद्धि रेग्मी, स्नेहा आचार्य र सुशील सुवेदीलाई जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र सहित पुरस्कृत गरेको छ।

त्यसैगरी ३.८ भन्दा बढी जीपीए ल्याउने अन्य विद्यार्थीलाई पनि पदकसहित सम्मान गरेको छ। अर्किड स्कुल ले सदा झै ज्येष्ठ अभिभावक हरूलाइ सम्मान गर्ने कार्यक्रम अन्तरगत यसपटक ज्येष्ठ अभिभावक मनहर्क अधिकारी (९८वर्ष ) र गंगा देवि चापागाई (८७ वर्ष ) लाई दोसल्ला तथा सम्मानपत्र प्रदान सहित सम्मान गरेको छ। विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गरी एमबीबीएसतर्फ पूर्ण छात्रवृत्ति प्राप्त गरेका सञ्जय सुवेदीलाई विशेष पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा बोल्दै जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले विद्यालयले निरन्तर शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट अतिथिको रूपमा वडा न १० का वडा अध्यक्ष परमेश्वर खनालले विद्यालयको हरेक सकारात्मक कदम प्रती आफू र वडाको तर्फबाट सहयोगको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गर्दै थप उर्जावान नागरिकहरू तयार गर्न सहयोग विद्यालयबाट पुग्ने सोच आफुले राखेको बताउनु भयो। अर्का विशेष अतिथी प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले सस्थागत विद्यालयहरूले देश भरी नै विभिन्न चुनौती को माझबाट गतिशील र समृद्ध राष्ट्र बनाउने उद्देश्य राखेको र अर्किड स्कुलले त्यो उद्देश्य बमोजिम कार्य गरेको भन्दै सराहना गर्नु भयो।

विद्यालयका शिक्षक एवम पत्रकार मनोज पन्तले सन्चालन गर्नु भएको कार्यक्रममा सह प्राचार्य पुरुषोत्तम दुवाडी ले स्वागत मन्तव्य र प्राचार्य डा खेम आचार्य ले वार्षिक कार्यक्रम र प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम विद्यालयका अध्यक्ष तथा प्रवन्ध निर्देशक आकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए (भिडिओ)

दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो ।

बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइदिएको भिडिओसमेत बाहिरिएको छ । उनीहरूले ‘केपी …, देश छोड’ भन्दै नाराबाजी गर्दै झण्डा जलाएको भिडिओमा देखिन्छ ।

सुर्खेतबाट राति लामिछाने तुलसीपुर हुँदै घोराही आइपुगेका छन् ।

यता एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालबाट रास्वपाका कार्यकर्ताको यस कार्यको विरोध गरेकी छन् ।

‘यो भन्दा अराजकता के हुनसक्छ ? चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन, यो अराजकताको परकाष्टा हो, समयमै चेत खुलोस्’ उनले लेखेकी छन् ।

यद्यपि रास्वपा दाङका सभापति विनय घिमिरेले हिजो राति नै विज्ञप्ति निकाल्दै शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिले अत्तालिएकाहरूले घुसपैठ गरी भ्रमपूर्ण वातावरण सिर्जना गरेको जिकिर गरेका छन् ।

झण्डा जलाउने कार्यमा पार्टीको संलग्नता नरहेको प्रष्टीकरणसहित विज्ञप्तिमा संलगनलाई कानी दायरामा ल्याउन माग गरिएको छ ।
भिडियो हेर्नुहोस

माधवपुरमा आयोजित ‘राष्ट्रिय भजन तथा शंखवादन प्रतियोगिताको आयव्यय सार्वजनिक

रत्ननगर । माधवपुर मठमन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समिति, रत्ननगर–१५, माधवपुर, चितवनको आयोजनामा सम्पन्न ‘राष्ट्रिय भजन तथा शंखवादन प्रतियोगिता–२०८२’ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । गत माघ २४ गते सम्पन्न कार्यक्रमको शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो ।

समितिका अनुसार कार्यक्रममा कुल रु. ६ लाख ९९ हजार नगद सहयोग संकलन भएको छ भने कार्यक्रम सञ्चालनका लागि रु. ५ लाख ८१ हजार खर्च भएको जानकारी दिइएको छ । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न विभिन्न व्यक्ति, संघ–संस्था तथा सहयोगीहरूबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो ।

पत्रकार सम्मेलनमा रत्ननगर–१५ का वडाध्यक्ष आसिक तामाङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वडा सदस्यहरू ईमप्रसाद पन्त, लिकादेवी पोखरेल, रुकमाया परियार लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संघ–संस्थालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

समितिका अध्यक्ष मुक्तिप्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मूल आयोजक समिति सदस्य भूबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने समिति सल्लाहकार कृष्ण पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसअघि माधवपुर खेलकुद विकास समितिको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा भजनतर्फ ७ जिल्लाका १८ समूहको उल्लेखनीय सहभागिता रहेको थियो भने शंखवादनतर्फ विभिन्न जिल्लाबाट २१ जना प्रतियोगी सहभागी भएका थिए । कार्यक्रमले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक समितिको विश्वास छ ।

सहयोग तथा खर्चको विवरण




भरतपुरमा स्मार्ट स्काउट नमन क्याम्प हुँदै, नेतृत्व र अनुशासन विकासमा जोड

भरतपुर, फागुन २ – भरतपुरमा रहेको होलिभिजन पब्लिक स्कुलको आयोजना तथा चितवन स्मार्ट स्काउटको सहकार्यमा चौथो स्मार्ट स्काउट नमन क्याम्प सञ्चालन हुने भएको छ। “अनुशासित अभ्यास, शक्तिशाली भविष्य” भन्ने मूल नारासहित आयोजना हुन लागेको क्याम्प यही फागुन ६ देखि ८ गतेसम्म सञ्चालन गरिने विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार चितवनसहित आसपासका जिल्लाका विभिन्न विद्यालयका स्काउट विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। क्याम्पमार्फत सहभागीहरूलाई स्काउटसम्बन्धी व्यवहारिक ज्ञान, अनुशासन, नेतृत्व विकास तथा टोलीगत कार्यकौशल अभिवृद्धि गराउने लक्ष्य राखिएको छ।

क्याम्प अवधिभर गाँठो बाँध्ने सीप (Knotting), मार्चपास, नृत्य प्रतियोगिता, टनेल र चिम्नी जस्ता साहसिक अभ्यास, टायर वाल, टार्गेट टच, क्याटरपिलर रेस तथा इनभिजिबल मेज लगायतका खेल तथा प्रशिक्षण सञ्चालन गरिनेछन्। साथै क्याम्प फायर, सांस्कृतिक प्रस्तुति र टोलीगत प्रतिस्पर्धाले कार्यक्रमलाई थप रोचक बनाउने आयोजकको भनाइ छ।

क्याम्पको नेतृत्व शिव प्रसाद बरालले क्याम्प चिफका रूपमा गर्नेछन्। इश्वर गुरुङ क्याम्प निर्देशक, दुर्गा थापा क्याम्प संयोजक र प्रेमन ढकाल सह–संयोजकका रूपमा रहनेछन्। सैलजा अधिकारी, अभिषेक क्षेत्री, सागर सापकोटा, कुशल न्यौपाने, धिरज राउत कुर्मी, निरजला श्रेष्ठ र रुपेश थपलिया लगायतले विभिन्न व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने जनाइएको छ।

आयोजकका अनुसार क्याम्पमा सहभागी हुन प्रति स्काउट रु. १६०० शुल्क निर्धारण गरिएको छ, जसमा खाना तथा आवश्यक व्यवस्थाहरू समावेश गरिनेछ। सहभागी विद्यार्थीहरूले स्काउट पोशाकसहित आवश्यक व्यक्तिगत सामग्री अनिवार्य रूपमा ल्याउनुपर्नेछ।

यस क्याम्पले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

अर्जुनको गाई बन्यो प्रदर्शनीको विजेता; जसले दिनमा ३१ लिटर दुध दिन्छ

चितवन — गाईको निधारको सेतो भागमा उसैको तस्बिरलाई गोलाकार बनाएर टाँसेको ब्याच थियो । शरीरमा सेतो र कालो रंग मिसिएको होलिस्टिन जातको यो गाईमा डेरी प्रदर्शनीमा आउने सबैको नजर पर्थ्यो । जुन गाई रत्ननगर नगरपालिका–१५ का अर्जुन ढकालको कामना कृषि तथा पशुपन्क्षी फार्मको हो ।

अर्जुनले गाईलाई चिटिक्क पारेर बुधबार भरतपुरमा आयोजित गाई प्रदर्शनीमा ल्याएका थिए ।

भरतपुरमा जारी अन्तराष्ट्रिय डेरी प्रदर्शनीको अवसर पारेर प्रतियोगितात्मक गाई प्रदर्शनी भएको थियो । जसमा अर्जुनजस्तैं १७ किसान आ–आफ्ना गोठका राम्रा गाई लिएर आएका थिए । सबैलाई उछिन्दै अर्जुनले ल्याएको गाई विजेता बन्यो । गाईधनी अर्नुनले २० हजार रुपैयाँ नगद पुरस्कार समेत पाए । दोस्रो शिवप्रसाद पौडेलको गाई भयो । तेस्रो पुरस्कार चेतप्रसाद ढकालको गाईले पायो । दोस्रो र तेस्रो हुने गाईधनीले क्रमशः १५ हजार र १० हजार नगद पाए ।

भारतीय नश्लका दुईवटा गीर गाईसहित प्रदर्शनीमा होलिस्टिन र जर्सी गाई सामेल थिए । निर्णायकमा थिए कृषि तथा वन विज्ञान विश्वविद्यालयका सह–प्रध्यापक गोकर्ण गौतम, राष्ट्रिय गाई अनुशन्धान कार्यक्रमका वैज्ञानिक डा. उद्दव पनेरु र राष्ट्रिय किसान आयोगका वरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्र सापकोटा । अमेरिकाबाट आएका ड्यानियल ल्यानी पनि निर्णायक मण्डलमा थिए । ‘हामीले गाईको शारीरिक स्वास्थता, दुध दिने क्षमता, शारीरिक सुन्दरता जस्ता विशेषता हेरेर नम्बर दिएका थियौं । सय पुर्णाङ्कलाई आधार मानेर चारजनाले दिएको कुल नम्बर जोडेर विजेता घोषणा गरेका छौं’ निर्णायकमध्येका डा. गौतमले भने ।

गाईको कल्चौंडो र थुनको अवस्थामा सबैभन्दा धेरै ४० नम्बर थियो । अर्जुन ढकालको गाईले कुल ३६२ दशमलब ०५ नम्बर ल्याएर विजेता बन्यो । ३७ वर्षका अर्जुन ढकाल कृषि तथा पशुस्वास्थ्य प्राविधिक हुन् । ‘आफ्नो अनुभवको विषय भएका कारण मैले ६ वटा गाई पालेको छुँ । सबै गाईको राम्रो स्याहार भएको छ । यो गाई अझैं विशेष लाग्छ,’ अर्जुनले भने । उनले गाई पाल्न थालेको पाँच वर्ष भयो ।

विजेता बनेको होलिस्टिन जातको उनको गाई तेस्रोपटक ब्याएको छ । दिनमा ३१ लिटर दुध दिने यो गाई एक लाख ८० हजार रुपैयाँमा किनेको बताए ।

चितवन जिल्ला दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेड र चितवन उद्योग संघले संयुक्त रुपमा प्रदर्शनी आयोजना गरेका हुन् । माघ २५ मा सुरु भएको प्रदर्शनी बिहीबार सकिँदैछ । ‘राम्रा गाईहरूको प्रदर्शनी गराउँदा अरुलाई पनि प्रेरणा पुगोस् भनेर प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरेका हौं,’ सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले भने ।

जबरजस्ती करणीको जाहेरीपछि चितवनका इन्स्पेक्टर हिरासतमा

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकृतविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो ।

आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ ।

३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज १ गते कार्यालयमा समस्या लिएर जाँदा छलफलपछि कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगि न्याय दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । आफ्नो स्वस्थ्य ठिक नभएको भन्दै इन्कार गर्दा पनि जबरजस्ती रगताम्मे बनाएर करणी गरेको उल्लेख गरिएको छ ।

पहिलोपटक जबर्जस्ती गरेको विषयमा जाहेरी गर्न प्रहरीकहाँ जान्छु भन्दा कार्यालय आइज कुरा गर्नुछ भनेपछि कार्यालय इलाका प्रहरी कार्यालय खैरहनीको कार्यकक्षमा नै इन्स्पेक्टर महतले जबरजस्ती करणी गरी कुटपिट समेत गरेको ती महिलाको भनाइ छ ।