Home Blog Page 83

चितवनमा विद्यालयवाट घर फर्किंने क्रममा बेपत्ता भएका बालक हेटौंडामा फेला

चितवन, फागुन २० । चितवनको भरतपुर स्थित ओम शान्ति एकाडेमी विद्यालयवाट घर फर्किने क्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल हेटौंडामा भेटिएका छन् । विद्यालयले पनि फेसबुक मार्फत बालक सम्र्पकमा आएको जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका वडा नं.- १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले निकेशलाई हेटौंडामा फेला पारिएको जानकारी दिएको छ । उनी कसरी त्यहाँ पुगे भन्नेबारेमा भने प्रहरीले खुलाएको छैन । पोखरा महानगरपालिका- १३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका छन् ।

आगोले जलेर चितवनमा एकजनाको ज्यान गयो

उज्यालो नेपाल- आगोले जलेर चितवनको खैरहनीमा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा खैरहनी नगरपालिका वडा नं. ९ करैया बस्ने वर्ष-७० कि मङरी महत्तो छिन् ।

शुक्रबार दिउँसो झन्डै १:३० को समयमा आफ्नै घरमा रोटी पकाउने क्रममा कपडामा आगो सल्किन गई महत्तो घाईते भएकी थिइन् ।

शरिरको विभिन्न भागमा आगोले पोलेर घाईते भएकी महत्तोलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो ।

महत्तोलाई थप उपचारको लागी काठमाडौँ लैजाने क्रममा राती १०:३० बजे धादिंङको गल्छी पुग्दा उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

 

सशस्त्र प्रहरीमा स्वास्थ्य समूहतर्फ असई र प्रहरी निरीक्षकमा आवेदन खुल्यो

काठमाण्डौ – सशस्त्र प्रहरीले प्राविधिक समूह स्वास्थ्यतर्फ २४ जना जनशक्ति भर्नाको लागि आवेदन आह्वान गरेको छ । स्वास्थ्यतर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान भएको हो ।

विभिन्न पदमा सशस्त्र प्रहरी नायब निरीक्षक र सशस्त्र प्रहरी निरीक्षकको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १८ गतेसम्म दरखास्त दिन सकिने सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखाले जनाएको छ ।

नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ, १८ फागुन । नेपालले नामिबियामाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको हो ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो ।

अन्तिम ओभरमा नामिबियाका लागि जितका लागि १२ रन आवश्यक रहेकोमा करण केसीले शानदार बलिङ गर्दै एक विकेट लिएर ८ रन मात्र दिदै नेपाललाई जित दिलाएका थिए ।

नामिबियाका लागि जेजे स्मिथले सर्बाधिक ५० रन बनाएका थिए भने जान फ्राइलिंकले ३७, जान ग्रीनले २१, जेपी कोट्जेले २५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

यसअघि नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५५ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।

त्यसैगरी नामिबियाका बेन शिन्कोंगोले सर्बाधिक ३ विकेट लिएका थिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिएका थिए ।

यो नेपालको यस सिरिजमा पहिलो जित हो । यो जितपछि नेपालको ३ खेलमा २ अंक रहेको छ । त्यस्तै नामिबियाको भने ३ खेलमा ४ अंक रहेको छ ।  अब सिरिजको अर्को खेलमा शनिबार नेपालले नेदरल्याण्डसको सामना गर्ने छ ।

प्रधानमन्त्री र ५ पूर्वप्रधानमन्त्री उभ्याएर भरतपुर भ्रमण वर्षको शानदार उद्घाटन (लाइभ)

कालिकामा कानुनी सचेतना कार्यक्रम

उज्यालो नेपाल। चितवन जिल्ला अदालत बार एसोसिएसनको आयोजनामा कालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

कालिका नगरपालिकाका विभिन्न टोलविकास संस्थाका प्रतिनिधि र विद्यार्थीहरूको लागी नगरपालिका सँगको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

चितवन बार स्थापना भएको ५० औं वर्ष पुगेको अवसरमा बारले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाइरहेको छ।

सोही कार्यक्रम अन्तर्गत चितवनका सातै पालिकामा कानुनी सचेतना कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा अधिवक्ताहरु बलराम पौडेल र प्रियंका थापाले बालविवाह, बैंकिङ कसुर, लागुऔषध, आत्महत्या दुरुत्साहन लगायतका विषयमा सहभागीहरुलाई कानुनी सचेतना प्रदान गरेका थिए।

चितवन बारका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिका नगर उप प्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चूडामणि शर्मा गौतम, वडा नं. ४ का वडाध्यक्ष मकरमान श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकाल, वरिष्ठ लेखा अधिकृत ऋषि कडुवाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष श्रेष्ठले ‘कानुनको अज्ञानता क्षम्य नहुने’ भन्दै कानुनको विषयमा सम्पूर्ण नागरिकहरुलाई सचेत बनाउन कार्यक्रम को आयोजना गरिएको बताए ।

कार्यक्रमको सञ्चालन चितवन बार कार्यसमिति सदस्य अधिवक्ता सुनिता अधिकारीले गरेकी थिइन्।

भरतपुर महानगर स्वास्थ्य क्षेत्रमा नयाँ “हब” : प्रधानमन्त्री प्रचण्ड

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताएका छन् । आज बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताए।

कार्यक्रममा प्रधानमन्त्रीले भने, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।”

‘नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ । तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ । यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ’ उनले भने ।

वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहेको भन्दै उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएको उल्लेख गरे ।

निरन्तर क्रियाशील रहेको भन्दै उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएको उल्लेख गरे ।

Вавада казино официальный сайт для опытных игроков



Вавада казино официальный сайт для опытных игроков


Вавада казино официальный сайт для опытных игроков

Используйте вавада онлайн казино вход, чтобы получить доступ к разнообразным слотам и настольным играм. Этот ресурс предлагает богатый выбор развлечений, которые соответствуют требованиям искушенных участниках азартных игр. Задача – найти лучшие стратегии для увеличения шансов на успех.

Акцентируйте внимание на разработчиках игр, которые предлагают качественные продукты. Убедитесь, что в вашем арсенале присутствуют слоты от таких компаний, как NetEnt, Microgaming и других лидеров индустрии. Они известны своими высокими коэффициентами возврата и инновационными функциями, которые могут сделать игру более увлекательной.

Обзор бонусной программы и условий получения

Максимально используйте стартовый пакет: 100% бонус на первый депозит до 20 000 рублей и 150 фриспинов. Для активации необходимо внести минимум 500 рублей. Бонусные средства подлежат отыгрышу с коэффициентом 40x, а фриспины действуют на указанные слоты в течение семи дней. Заходите на страницу акций, чтобы узнать о текущих предложениях и специальных условиях.

Другие акции и программа лояльности

Регулярные турниры и кэшбэки позволяют дополнительно увеличивать шансы на выигрыш. Участие в турнирах не требует дополнительных затрат, но обеспечивает сильную конкуренцию и привлекательные призы. Программа лояльности имеет несколько уровней, предоставляя доступ к эксклюзивным бонусам и повышенным лимитам депозитов по мере накопления очков. Не забывайте проверять обновления, чтобы не пропустить выгодные условия и специальные предложения.

Тактики игры на популярных слотах Вавада

Игрокам, стремящимся к успеху, стоит использовать метод “проб и ошибок”. Начните с определённого бюджета, который вы готовы вложить в игру. Пользуйтесь функционалом бесплатно, доступным в большинстве автоматов, чтобы понять механику и особенности бонусов, не рискуя реальными деньгами. Это поможет сформировать более осознанную стратегию при переходе на игру с реальными ставками.

Оптимизация ставок

  • Используйте фиксированные ставки: они помогают контролировать бюджет.
  • Меняйте размер ставки в зависимости от происходящих выигрышей и проигрышей:
    • Увеличьте ставку при выигрыше, чтобы использовать волну удачи.
    • Понизьте ставку при проигрыше, чтобы избежать больших потерь.

Изучение волатильности

Перед тем, как погружаться в игру, узнайте уровень волатильности слотов. Высоковолатильные слоты способны приносить крупные выигрыши, но реже, в то время как низковолатильные обеспечивают частые, но мелкие победы. Выбор слота с соответствующим уровнем рисков поможет лучше адаптировать свою стратегию к желаемому результату.

Если предпочитаете анонимность, используйте криптовалюты. Bitcoin и Ethereum становятся все более распространенными в области азартных игр. комиссия может варьироваться, но скорость транзакции почти мгновенная, что привлекает многих пользователей.

Не забывайте про альтернативные варианты, такие как предоплаченные карты. Например, Paysafecard позволяет анонимно осуществлять покупки и минимизировать риски. Это отличный способ контролировать свои затраты.

При выборе платежного метода учитывайте не только скорость, но и комиссии. Ознакомьтесь с таблицами сборов и с выдающимися предложениями, чтобы оптимизировать свои расходы на транзакции.


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

चितवन, १७ फागुन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।

निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ ।

महानगर र बागमती प्रदेश सरकारकाे लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयाेग जुटाएर निर्माण गरिरहेकाे रंगशालाकाे लागि आर्थिक अभाव भएपछि रंगशालाकाे काम राेकिएकाे थियाे ।

फाउण्डेशनले निर्माण सामाग्रीकाे करिब १८ कराेड रूपैयाँ उधाराे रहेकाे बताएकाे छ ।

माधवपुर माविले मनायो ५६ औं वार्षिकोत्सव

उज्यालो नेपाल – रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको माधवपुर माध्यमिक विद्यालयले आफ्नो ५६औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । विद्यालयले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य तथा लघुनाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा खेलकुद तथा कक्षाकोठामा प्रथम, द्दितीय तथा तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यालयलाई विभिन्न समयमा योगदान पुर्याउने आठ जनालाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा सातजना पुर्व शिक्षक र एकजना धनधान्याञ्चल कार्यक्रमका चन्दादाता छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष आशिक तमाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटा प्रमुख अतिथिको रुपमा उपस्थित थिए  । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सापकोटाले विद्यालयको भौतिक तथा शक्षिक सुधारको लागी नगरपालिका संधै अग्रसर रहेको बताए ।

अर्को प्रसंगमा मेयर सापकोटाले नगरपालिकाबाट करोडौ बजेट शिक्षाक्षेत्रमा लगानी भईरहे पनि सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुध्रन  नसकेकोमा दु:ख व्यक्त गरे। शिक्षक सेवा आयोग उतिर्ण गरेर आएका काबिल शिक्षकहरु भएतापनि संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको अवस्था नाजुक रहेको बताए ।

कार्यक्रममा वडा सदस्यहरु शिवप्रसाद तिवारी, ईमप्रसाद पन्त, शिक्षक अभिभावक संघका अध्यक्ष विजय खनाल, आधारभूत विद्यालय नमुनाटोलका अध्यक्ष रामकृष्ण खड्का, सोहि विद्यालय कि प्रधानाध्यापक शोभा श्रेष्ठ, विन्देस्वरी आधारभूत विद्यालयका अध्यक्ष पुरुषोत्तम कट्टेल, सोहि विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनाल, देवी  पाञ्चायन मन्दिर अध्यक्ष तथा  विद्यालय व्यवस्थापन समिति सदस्य मदन भुजेल, जग्गादाताहरु, विभिन्न राजनैतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा प्रधानाध्यापक कुलराज ढकालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय कि सहायक प्रधानाध्यापक शान्ता खत्रीले संचालन गरेकी थिइन् ।