आगोले जलेर चितवनमा एकजनाको ज्यान गयो

उज्यालो नेपाल- आगोले जलेर चितवनको खैरहनीमा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा खैरहनी नगरपालिका वडा नं. ९ करैया बस्ने वर्ष-७० कि मङरी महत्तो छिन् ।

शुक्रबार दिउँसो झन्डै १:३० को समयमा आफ्नै घरमा रोटी पकाउने क्रममा कपडामा आगो सल्किन गई महत्तो घाईते भएकी थिइन् ।

शरिरको विभिन्न भागमा आगोले पोलेर घाईते भएकी महत्तोलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो ।

महत्तोलाई थप उपचारको लागी काठमाडौँ लैजाने क्रममा राती १०:३० बजे धादिंङको गल्छी पुग्दा उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

 

Previous articleसशस्त्र प्रहरीमा स्वास्थ्य समूहतर्फ असई र प्रहरी निरीक्षकमा आवेदन खुल्यो
Next articleचितवनमा विद्यालयवाट घर फर्किंने क्रममा बेपत्ता भएका बालक हेटौंडामा फेला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।