Home Blog Page 91

यू–१९ विश्वकप किक्रेटमा आज न्यूजिल्याण्डको सामना गर्दै नेपाल

काठमाडौं । आइसीसी यू-१९ विश्वकप किक्रेटमा आज नेपालले न्यूजिल्याण्डको सामना गर्दै छ। नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डको सामना गर्न लागेको हो।

नेपाल र न्यूजिल्याण्ड बीचको खेल नेपाली समय अनुसार आज दिउँसो पौने २ बजेदेखि सुरु हुने छ। ८ वर्षपछि १९ वर्ष मुनिको विश्वकप खेल्न लागेको नेपाल न्यूजिल्याण्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ।

यू–१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ। नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो।

दक्षिण अफ्रिकामा जारी यू- १९ विश्वकपमा नेपालसहित १६ देश सहभागी छन्। यो विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। यो समूहमा नेपालसहित न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन्। हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।

नेपालले यू- १९ विश्वकपमा दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा तेस्रो खेल अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ।

अख्तियारद्वारा पुराना र नयाँ गरी झण्डै ढेड लाख लाइसेन्सको छानबिन

काठमाडौं । यातायात व्यवस्था विभागबाट पछिल्लो चार महिनामा वितरणको निर्णय भएका ३० देखि ३५ हजार लाइसेन्स पनि शंकाको घेरामा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिला वितरण भएका र शंकास्पद भनिएका १ लाख र विगत चार महिनामा वितरण गर्न निर्णय गरिएका ३५ हजार लाइसेन्स गरी दुवै प्रकारका लाइसेन्समा भएको अनियमितताका बारेमा एकैपटक छानबिन थालेको हो।

विभागले पछिल्लो समय आइटी निर्देशक मुकेश रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएर पुराना लाइसेन्सको बारेमा छानबिन गरेको थियो।

त्यसरी छानबिन गर्दा १ लाख लाइसेन्स शंकाको घेरामा रहेको छानबिन समितिको प्रतिवेदनले औंल्याएको थियो। तर, विभागमा पछिल्लो चार महिनामा वितरण गर्न निर्णय भएका भनिएका ३५ हजार लाइसेन्सको अवस्थाका बारेमा भने विभागको छानबिन समितिले तथ्य लुकाएपछि अख्तियारले त्यस सम्बन्धमा पनि छानबिन थालेको हो।

अख्तियार स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘विभागको छानबिन समितिले पुराना लाइसेन्सको बारेमा मात्रै छानबिन गरेर पछिल्लो चार महिनामा वितरणको निर्णय भएका ३० देखि ३५ हजार लाइसेन्सको बारेमा तथ्य लुकाएको भन्ने विषयहरू पनि आइरहेका छन्। ’

अख्तियार स्रोतका अनुसार विभागमा यस अघि रहेका आइटी निर्देशकहरू र हालका आइटी निर्देशक मुख्य रूपमा छानबिनको घेरामा पर्ने भएको छ।

लाइसेन्स छपाइसम्बन्धी सबै प्रणलीको मुख्य नेतृत्वकर्ता विभागका आईटी निर्देशक हुने भएकाले सबैखाले अनियमिताको मुख्य जिम्मेवार आईटी निर्देशक नै हुने देखिएको छ।

त्यसैले, यस अघिका सबै आईटी निर्देशक र हालका आईटी निर्देशकमाथि मुख्य रूपमा छानबिन केन्द्रित हुने बताइएको छ।

स्रोतका अनुसार विगत चार महिनामा हालका आईटी प्रमुख मुकेश रेग्मीलगायतको समूहले ३० देखि ३५ हजार लाइसेन्स वितरण गर्दा व्यापक अनियमितता गरेको र त्यसलाई ढाकछोप गर्न त्यसअघि भएका सबैखाले अनियमितताका विषयलाई छानबिन समिति बनाएर बाहिर ल्याइएको हो।

अख्तियारको प्रारम्भिक अनुसन्धानका क्रममा पनि पुराना र नयाँ गरी दुवै समयमा गलत किसिमले काम भएकाले विभागको पुरानो नेतृत्व र हालको नेतृत्व गरी दुवै पक्षमाथि अनुसन्धान जारी राखिएको बताइएको छ।

पहिला वितरण गरिएका १ लाख लाइसेन्स शंकास्पद भनेर निक्र्यौल गर्ने छानबिन समितिले पछिल्लो चार महिनामा वितरण गर्न निर्णय गरिएका भनिएका ३० देखि ३५ हजार लाइसेन्सको बारेमा वास्तविक तथ्य ल्याउन नसक्नु शंकास्पद रहेको टिप्पणी गर्दै अख्तियार स्रोतले भन्यो– ‘त्यसैले नयाँ र पुराना दुवैखाले लाइसेन्समा बद्मासी भएको देखिन्छ। ’

विभागले छानबिन गर्दा पछिल्लो समय वितरण गर्न निर्णय भएका लाइसेन्सको बारेमा मौन बसेपछि अख्तियारले विभागको हालको नेतृत्व र छानबिन समितिमाथि समेत विशेष निगरानी राखेको बताइएको छ।

विभागकै केही कर्मचारीले हालका महानिर्देशक र आईटी प्रमुखले पछिल्ला चार महिनामा गरेका गलत निर्णय लुकाउन पुराना बद्मासीको छानबिन गरी नाटक प्रर्दशन गरेको दाबी गर्दै आइरहेका छन्। तर, विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने यातायात क्षेत्रमा रहेको विकृति अन्त्य गर्न छानबिन गरिएको दाबी गर्दै आउनुभएको छ।

यद्यपि, अख्तियारको छानबिन विभागका पूर्व महानिर्देशक र स्वयं उहाँमाथि समेत केन्द्रित रहेको बताइएको छ। अख्तियारले चार महिनायताको निर्णय र पुराना निर्णयको आधारमा भएका लाइसेन्स वितरणको छानबिन एकैसाथ गरेकाले छानबिन सकिएपछि मात्रै वास्तविक सत्यतथ्य पत्ता लाग्ने विश्वास गरिएको छ।

पछिल्लो चार महिनामा भएका निर्णयलाई महानिर्देशक रिजाल र आईटी प्रमुख रेग्मीले लुकाएको भन्दै उहाँहरूमाथि समेत छानबिन गर्न अख्तियारमा थप दबाब परेपछि अख्तियारले उहाँहरूमाथि समेत छानबिन केन्द्रित गरेको हो।

साथै अख्तियारले यस प्रकरणमा विभागमा विभिन्न समयमा आएका पूर्व महानिर्देशकहरूमाथि समेत छानबिन गर्दै आइरहेको छ। स्रोतका अनुसार विभागको लाइसेन्स छपाईसम्बन्धी मास्टर आईडी आईटी निर्देशकसँग मात्रै हुन्छ।

त्यसैले हालका निर्देशक रेग्मीले पछिल्लो समयमा भएका बद्मासीका तथ्यहरू नष्ट गरेको आरोप उहाँमाथि लागेको छ । तर, रेग्मीले पछिल्लो समयमा आफूहरूबाट त्यस्तो कुनै गलत काम नभएको दाबी गर्दै आइरहनुभएको छ।

स्रोतका अनुसार विभागको हालको नेतृत्वमा रहेका महानिर्देशक र आईटी निर्देशकले विगतमा १० वर्षसम्म स्वीकृत नगरेको ओए (अप्रेसनल एसेप्टेन्स) दिएर बद्मासी गरेको आरोपसमेत उहाँहरूमाथि लागेको छ।

अख्तियारले यस सम्बन्धमा समेत छानबिन थालेको जनाइएको छ। साथै अख्तियारले ‘रियल टाइम डाटाबेस’का बारेमा समेत आवश्यक छानबिन गरिरहेको बताइएको छ।

रत्ननगर महोत्सवमा राधिका हमालको प्रस्तुती ( लाईभ भिडियो)

रत्ननगर महोत्सवमा राधिका हमालको प्रस्तुती ( लाईभ भिडियो)

माओवादीले पेरिसडाँडामा किन्यो ५ करोड ७७ लाखमा जग्गा

काठमाडौँ — माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । उसले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको पार्टीको आन्तरिक लेखा परीक्षणको वार्षिक वित्तीय विवरणमा उल्लेख छ ।

वित्तीय विवरणको अनुसूची १२ मा पुँजीगत खर्च र लगानी शीर्षकमा उक्त जग्गा खरिद गरेको जनाइएको छ ।माओवादी केन्द्रीय कार्यालका मुख्यसचिव एवं कोषाध्यक्ष श्रीराम ढकालले सांसद, पार्टी सदस्यको लेबीबाट जग्गा खरिद गरेको जानकारी दिए । ‘मुख्यगरी लेबीको आम्दानीबाट जग्गा खरिद गरिएको हो,’ उनले भने । हाल पेरिसडाँडामा माओवादीको केन्द्रीय कार्यालय संचालन हुँदै आएको छ ।

पार्टी कार्यालय भवनको बायाँपट्टि क्यान्टिनसँग जोडिएको जग्गा खरिद गरिएको हो । माओवादीले उक्त जग्गा वरिष्ठ अधिवक्ता देवराज कटुवालबाट किनेको हो । यसअघि उनीबाटै १२ आना किनिसकेको छ ।

माओवादीले २०६५ सालमा २ रोपनी ८ आना जग्गासहितको भवन राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयले गरेको लिलामीबाट सकारेको थियो । तत्कालीन राष्ट्रिय उद्योग व्यापार महासंघको अध्यक्ष शिव कट्टेलको सक्रियतामा उक्त जग्गा र भवन माओवादी मजदुर संगठनको नाममा किनिएको थियो ।

माओवादी केन्द्रीय कार्यालय भएको भवन भीमबहादुर ढाक्वाले होटल संचालन गरेका थिए । माओवादी द्वन्द्वका कारण होटल व्यवसाय ठप्प भएपछि वाणिज्य बैंकले उक्त भवन र जग्गा लिलाम गरेको थियो । ‘भवन र जग्गा लिलामीमा परेपछि ढाक्वा मेरो सम्पर्कमा आएका थिए,’ कट्टेलले भने, ‘मेरो पहलमा पेरिसडाँडामा मजदुर संगठनका नाममा किनिएको थियो ।

त्यसबेला अनेक अप्ठ्याराबीच पार्टी अफिसका लागि जग्गा खरिद गर्न सकिएको थियो ।’ त्यतिबेला माओवादीले सहकारीबाट ऋण र चन्दाबाट २ करोड ७४ लाखमा २ रोपनी ८ आना जग्गा बैंकबाट सकारेको थियो । भवन र जग्गा खरिदका लागि ललितपुरको एक सहकारीबाट ऋण लिइएको थियो । समयमै ब्याज र किस्ता तिर्न नसकेपछि सहकारीले पार्टी कार्यालय लिलाम गर्ने सूचनासमेत प्रकाशित गरेको थियो । पार्टीकै बदनाम हुने भएपछि स्रोत जुटाएर सहकारीको ऋण तिरिएको थियो ।

कोषाध्यक्ष ढकालले केन्द्रीय कार्यालय साँघुरो हुँदै गएकाले जग्गा थपेको बताए । ‘आवश्यकताअनुसार जग्गा किनिएको हो,’ उनले भने ।

पछिल्लो समय थप ८ आना जग्गा किनेपछि अब माओवादी केन्द्रीय कार्यालयको नाममा ५ रोपनी जग्गा भएको छ । माओवादीले ०६५ मा भवन र जग्गा किनेपछि पेरिसडाँडाको नामले चर्चित भएको हो । होटल संचालनका लागि बनाइएको भवनमा पार्टी, मजदुर संगठन, वाइसीएललगायत कार्यालय रहेका छन् । माओवादीले आगामी दिनमा ५ रोपनी जग्गामा अत्याधुनिक केन्द्रीय कार्यालय बनाउने योजना बनाएको छ ।

माओवादीले शान्ति प्रक्रियामा आएपछि नेताहरुले व्यक्तिगत सम्पत्ति जोड्न नहुने नीति बनाएको थियो । तर ०६४ को संविधानसभा निर्वाचनमा सबभन्दा ठूलो पार्टी बनेपछि पहिलो पटक सरकारको नेतृत्व गर्‍यो । त्यहीबेला उसले नेता तथा कार्यकर्ताले खुलारुपमा घरजग्गा जोड्नु अघि पार्टी कार्यालयका लागि भवन जग्गा किनेको थियो ।

रत्ननगर महाेत्सव : आज शनिबार ४२ हजारले गरे अबलाेकन

रत्ननगर महोत्सवमा बद्री पंगेनीको गीत सुनेर धरधरी रोए आमाहरू (भिडियो)

रत्ननगर । टिकाैल‌ी चाैरमा जारी रत्नगगर महाेत्सवमा शनिबार ४२ हजारले अबलाेकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजना गरेकाे उक्त महाेत्सवमा एकैदिन ४२ हजार बढीले अबलाेकन गरेकाे आयाेजकले जनाएकाे छ ।

महाेत्सवमा अहिले सम्मकै अत्याधिक भीड भएका कारण आयाेजकलाई नियन्त्रण गर्न मुस्किल भएकाे थियाे । माघ एक गते ३६ हजारले महाेत्सव अबलाेकन गरेका थिए ।

महाेत्सव सकिने दिन नजिकिदै गर्दा शनिबार अबलाेकनकर्ताकाे संख्या अत्याधिक भएकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले बताए ।

शुक्रबार सम्म एक लाख ७८ हजारले महाेत्सव अबलाेकन गरेकाे तथ्याङ्क आयाेजकले दिएकाे थियाे । यसैबीच महाेत्सव अन्तर्गत शनिबारै साहित्य गाेष्ठी सम्पन्न गरिएकाे छ ।

रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजना तथा महिला उद्यमी गाेष्ठी व्यवस्थापन समितिकाे व्यवस्थापनमा गाेष्ठीकाे गरिएकाे हाे । महाेत्सव अन्तर्गत कला साहित्यकाे विकासकाे लागि साहित्य गाेष्ठी आयाेजना गरिएकाे हाे ।

संघका अध्यक्ष शंकर गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कवि तथा साहित्यकारहरुले कविता मार्फत जिल्लाकाे आर्थिक विकासकाे चर्चा गरेका थिए ।

रत्ननगर बाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरे प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा संघका पूर्व अध्यक्ष गाेपालराज कर्माचार्य, नारायणकाजी श्रेष्ठ, साहित्यकार तिलकराज शर्मा, धनराज गिरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा कवि तथा साहित्यकारहरु राजेन्द्र घायल, सुरेशचन्द्र आचार्य,कृष्णा शर्मा, माेदनाथ मरहठ्ठा, किसान प्रेमी, गणेश प्रसाद शर्मा, रामलाल कुमाल, दुर्गा पुरी, लीलादेवी दाहाल, चेतनाथ रेग्मी, दुर्गाप्रसाद पाैडेल, सर्वज्ञ पाैडेल, गिरीराज डल्लाकाेटी, यमुना न्याैपाने लगायतले रचना बाचन गरेका थिए ।

कार्यक्रम संघकी कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठ कर्मचार्यले सञ्चालन गरेकी थिइन । महाेत्सवकाे १२औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेका छन् ।

यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए । रत्ननगर महाेत्सव माघ ८ गते सम्म चल्ने छ ।

रत्ननगर महोत्सवमा बद्री पंगेनीले गीत गाउँदा धरधरी रोए आमाहरू।

रत्ननगर महोत्सवमा बद्री पंगेनीले गीत गाउँदा धरधरी रोए आमाहरू।

 

रत्ननगर महोत्सवमा कुशल बेलबासेले यसरी उफारे दर्शक ( लाईभ भिडियो)

रत्ननगर महोत्सवमा कुशल बेलबासेले यसरी उफारे दर्शक ( लाईभ भिडियो)

चितवनमा केराघारी भित्र पुरुषको शव फेला

चितवन, माघ ५- पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारी भित्र बिहीवार एक पुरुषको शव फेला परेको छ । मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका–१ वतन भएको २५ वर्षको बिक्रम रोका मगर नाम गरेको लाईसेन्स फेला परेको छ । मृतकको परिवारसँग सम्पर्क गर्नका लागि जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

खैरहनी–१२ बस्ने हरी पाठकको जग्गामा एकला महतोले लगाएको केरा घारी भित्र पुरुषको शव फेला परेको हो । मृतकको शरिरमा ठूलो चोट नदेखिएको र घुँडा कोतारिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई काठमाडौँका एक व्यक्तिले मौरी चरनका लागि खटाएको खुलेको छ । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

शक्तिशाली देवी दक्षिणकालीको उत्पती र महिमाको कथा !!

पाञ्चायन डेरीमा गोदामघर शिलान्यास

उज्यालो नेपाल। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पाञ्चायन दुग्ध उत्पादक सहकारी संस्थामा गोदामघर शिलान्यास गरिएको छ।

पशुपालक कृषकहरुलाई आवश्यक चोकर, ढुटो लगायतका वस्तु भण्डारण गरी विक्री वितरण गर्न तथा संस्था आफैंले उत्पादन गरेको दाना भण्डारणको लागी गोदामघर निर्माण गर्न लागिएको हो।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालय बाट सहकारीको लागी विनियोजित १५ लाख बजेट बाट गोदामघर निर्माण हुनेछ।

गोदामघरको शुक्रबार वडाध्यक्ष आशिक तामाङले एक कार्यक्रमका बीच शिलान्यास गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले ‘दूध जोन’ को रुपमा विकास हुँदै गईरहेको वडा नं. १५ का दुग्ध उत्पादक सहकारीहरुलाई आवश्यक भौतिक पूर्वाधारको लागी वडा कार्यालयले लगानी र समन्वय गरिरहेको बताए। कच्चा दूध मात्र बिक्री गर्दा बिक्री वितरणमा समस्या आईरहेकाले दुग्ध विविधीकरणको लागी पनि प्रदेश सरकारको कृषि मन्त्रालयमा प्रस्ताव पेस गरिएको उनले जानकारी दिए।

त्यस्तै सहकारीका अध्यक्ष सन्दीप रेग्मीले विनियोजित बजेटको सही सदुपयोग गरी भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। अर्को प्रसंगमा अध्यक्ष रेग्मीले दूधको विक्रीवितरणमा आएको समस्याको कारण किसानलाई समयमा भुक्तानी दिन नसकेकोमा दुःख व्यक्त गरे। ठूला डेरी उद्योगहरुले महिनौं सम्म भुक्तानी नगरी आलटाल गर्ने गरेकाले समस्या उत्पन्न भएको उनले जानकारी दिए।

सहकारीका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू लीलादेवि पोखरेल र ईमप्रसाद पन्त, वडा सचिव सूर्य ढुंगाना, संस्थाका निवर्तमान अध्यक्ष हरिश्चन्द्र अधिकारी, पाञ्चायन मन्दिर अध्यक्ष मदन भुजेल, शिवालय मन्दिर अध्यक्ष ठाकुर खनाल लगायत सरोकार वालाहरुको उपस्थिति रहेको थियो।

वि.स २०५४ सालमा स्थापना भएको सहकारीमा हाल ३०० कृषकले दैनिक २२ सय लिटर दूध विक्रीवितरण गर्दै आईरहेका छन्। विक्री गरिएको दूध बाट मासिक ४० लाख बढी रकम भित्रिँदै आएको छ।

कार्यक्रम संस्थाका सचिव नवराज घिमिरेले सञ्चालन गरेका थिए।

बाग्लुङमा दुर्गा प्रसाईंलाई हातपात गर्न खोजेको आरोपमा एक पक्राउ

४ माघ, बाग्लुङ । बाग्लुङमा कार्यक्रम गर्न जाँदा दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ ।

कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताए ।

उनले भने, ‘हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेका छौं ।’

बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन ।

प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।