Home Blog Page 1393

स्वरोजगारीका अवसर सिर्जना गरी अर्थतन्त्रलाई बलियो बनाउनुपर्छ : राज्यमन्त्री दुगड

काठमाडौँ / महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई व्यवहारिकरूपमै कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा यहाँ आज आयोजित कार्यशाला गोष्ठीमा सरोकारवालाहरुले महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने तथा कृषि, साना उद्यमलगायतका विभिन्न क्षेत्रमा सरकारले सहुलियत दरमा ऋण दिने सरकारी व्यवस्था भए पनि लक्षित समुदायसम्म पुग्न नसकेको गुनासो गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्योग व्यवसायको विकासबाट स्वरोजगारीका अवसर सिर्जना गर्न सकेमात्रै देशको अर्थतन्त्रलाई दिगो विकासतर्फ अग्रसर गराउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्यमी व्यवसायी जबसम्म समृद्ध हुन सक्दैनन्, तबसम्म उनीहरु सुखी हुँदैनन, जब उनीहरुलाई आफ्नो कामप्रति सन्तोष हुँदैन, तबसम्म यो देश समृद्ध हुन सक्दैन, सबैभन्दा पहिला महिला समृद्ध हुनुप¥यो देशका उद्यमी व्यवसायी समृद्ध हुनप¥यो अनि मात्रै देश समृद्ध हुन्छ ।”

सरकारले महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन शुरु गरेको हो । यो कार्यक्रमअन्तर्गत महिलाले रु १५ लाखसम्म ऋण पाउने व्यवस्था छ । सरकारले कृषि तथा पशुपक्षी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जासहित सात प्रकारका कर्जाका लागि पाँचदेखि छ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था गरेको छ । तर त्यसका लागि प्रभावकारी व्यवस्था हुन नसकेको उहाँहरुको भनाइ छ ।

महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले महिला उद्यमीका लागि ऋण लिन खोजेको र आवश्यक सबै कागजात पेश गर्दा पनि तीनदेखि राष्ट्रिय वाणिज्य बैंकले ८० वटा ऋणको फाइल रोकेर राखेको बताउनुभयो । महासङ्घ र बैंकबीच सम्झौता गर्दा बैंकको आधार मूल्यमा सरकारले दिने सहुलियतबाहेक बैंकले १.३८ प्रतिशत थप लिनसक्ने उल्लेख भए पनि वाणिज्य बैंकले ऋण दिनुका सट्टा सबै कागजात पुग्दा पनि बेवास्ता गरेको उहाँको भनाइ छ । नेपालमा रहेका चार लाख १८ हजार साना तथा घरेलु उद्योगमा रु चार खर्ब ११ अर्ब ९५ करोड लगानी रहेको महासङ्घले जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारले तोकेको क्षेत्र र सीमाभित्र सहुलियत ऋण नदिने बैंकलाई कारवाही गर्ने बताउनुभयो ।

The post स्वरोजगारीका अवसर सिर्जना गरी अर्थतन्त्रलाई बलियो बनाउनुपर्छ : राज्यमन्त्री दुगड appeared first on Purbeli News.

कारागारभित्रै कैदीको मृत्यु

कोरोना भाइरस : स्वदेश तथा विदेशमा सामुहिक यात्रामा ननिस्कन चीनको निर्देशन

बेइजिङ, ११ माघ । स्वदेश तथा विदेशमा सामुहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन् । चिनियाँ समाचार संस्था सीसीटीभीले जनाएअनुसार सरकारले आगामी सोमबारदेखि लागू हुनेगरी स्वदेश तथा विदेश यात्रामा निस्कन रोक लगाउने तयारी गरेको छ । कोरोना भाइरसका कारण ज्वरो आउने तथा श्वासप्रश्वासमा जटिल समस्या देखिने नयाँ रोगको प्रतिरोध […]

अछाम कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिए

सुरु भयो ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको निर्माण, ८ वर्षीया बालिकाले गरिन् शिलान्यास

कालिकोट, ११ माघ । कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । उक्त अस्पतालको शिलान्यास फरक ढंगबाट गरिएको छ । शारीरिक तथा मानिसकरुपमा समेत अपाङ्गता भएकी ८ वर्षीया आशा न्यौपानेले शनिबार ‘रास्कोट सामुदायिक अस्पताल’को […]

खरिपाटी क्वारेन्टाइन : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली

वेवारिसे अवस्थामा भारतीय गाडी बरामद

सशस्त्र प्रहरीले पर्साबाट वेवारिसे अवस्थामा रहेको एउटा गाडी बरामद गरेको छ। विरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट एपीएफ टोलीले भारतीय नम्बर प्लेट डब्लु बि ३४ ए जी २५९५ को मारती सुजुकी कार बरामद गरेको हो।

सडक किनारमा वेवारिसे अवस्थामा रहेको सो गाडी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेडक्वाटर पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद गाडी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ। उक्त गाडीको भन्सार दाखिला मूल्य १० लाख रुपैयाँ रहेको छ।

यता, रुपन्देहीमा एपीएफ टोलीले भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट करीब तीन लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा भारतको अयोध्या रामनगर कलौनी घर बताउने ५४ वर्षीय सुनिलकुमार रामानी, ५२ वर्षीय राजकुमार बरयानी र भारतकै उत्तर प्रदेश अकबरपुर जिल्ला अम्बेश्वर नगर भवानीपुर घर बताउने २२ वर्षीय रवि तिवारी छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको यू पी ४५ यू ९०९० नम्बरको भारतीय गाडीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त रकम फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनीहरुको साथबाट भारु पाँच सय रुपैयाँ दरको नोट पाँच सय ९० वटा र ५० रुपैयाँ दरको नोट एक सय वटा तथा १३ हजार नेपाली रुपैयाँ समेत बरामद गरेको छ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ।

यता, झापाको मेचीनगर नगरपालिका ७ जोरसिमलबाट एपीएफ टोलीले करीब पाँच लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स तथा लत्ताकपडा बरामद गरेको छ।

भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ।

मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो

३ सय १५ व्यापारिक फर्मलाई कारबाही ६७ लाख ६१ हजार जरिमाना

  काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय १५ व्यापारिक फर्मलाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को साउनदेखि ९ माघसम्म ३ सय १५ व्यापारिक फर्मलाई कारबाही गरेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्डविपरीत व्यवसाय गर्ने व्यापारिक फर्मलाई विभागले कारबाही गर्दै आएको छ । सो ऐनमा व्यवस्था […]

‘बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु’

साताको शेयर बजार : साढे आठ अर्बको कारोबार

काठमाडौँ / धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ ।

साताभर कूल १८७ कम्पनीका शेयर कारोबार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उतारचढावपूर्ण अवस्थामा रहे पनि दुई करोड ५१ लाख दुई हजार १५९ कित्ता शेयर रु आठ अर्ब ५४ करोड ६८ लाख ३३ हजार ४४६ मूल्यमा खरिदबिक्री भए । बजारले लय समातेर अगाडि बढे पनि क्रमशःनेप्से घटेर साताको अन्तिम दिनसम्म आइपुग्दा एक हजार २०० को बिन्दुमा झरेको छ । मौसमीरुपमा नाफा कमाउने लगानीकर्ता हावी हुँदा बजार उतार चढावपूर्ण अवस्थामा रहेको विश्लेषण गरिएको छ ।

नेप्सेका अनुसार साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भयो । लगातार उकालो लाग्दै आएको बजारमा त्यस दिनको वृद्धिले नयाँ उचाइँ कायम गरेको थियो । त्यस दिन नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुग््यो । प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको थियो । कूल १७८ कम्पनीका ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर रु दुई अर्ब नौ करोड आठ लाख ७७ हजार ९१७ बराबर कारोवार भए ।

आइतबारको उचाइ सोमबार कायम हुननसक्दा नेप्से परिसूचक त्यसदिन झण्डै साढे २६ अङ्कले ओरालो लाग्यो । नेप्से परिसूचक २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुग््यो । नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै रु दुई अर्ब बराबर रह्यो । कूल १८२ कम्पनीका ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भयो । नेप्सेमा सामान्य सुधार देखिँदै ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटियो । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करिब डेढ अर्ब नाघेको थियो । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो ।

बुधबार नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुग््यो । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग््यो । लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक त्यसदिन झण्डै १६ अङ्कले घटेको थियो । नेप्से १५.९५ विन्दुले घटेर एक हजार २९७.४७ मा झर्यो । एक हजार ३०० को विन्दुमाथि पुगेको बजार ओरालो यात्रासँगै एक हजार २००को विन्दुमा झ¥यो । कूल १७२ कम्पनीका ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर रु एक अर्ब ३८ करोड ४२ लाख नौ हजार ४१२ मा खरिद बिक्री भए । स्टकमा यस साता प्रभु बैंकको ऋणपत्र सूचीकृत भयो । कूल १० लाख कित्ता ऋणपत्र उक्त बैंकको सूचीकृत भएका हुन् ।

The post साताको शेयर बजार : साढे आठ अर्बको कारोबार appeared first on Purbeli News.

कमेडी च्याम्पियनबाट बाहिरिए कार्की, ईटहरीका सुमन सुरक्षीत

चीनका विद्यालयमा पढाइ हुने विषय ‘डेटिङ शास्त्र’ !

एजेन्सी, ११ माघ । सामान्यतया विद्यालयमा विज्ञान, गणित वा यस्तै भाषा पढाइन्छ । तर, ‘डेटिङ शास्त्र’ पनि पढाइन्छ भन्दा अचम्म लाग्न सक्छ । हो, चीनको बेइजिङमा ‘डेटिङ शास्त्र’ पढाइहुन्छ । आफ्ना प्रेमी प्रेमिकासँग डेटिङ जाँदा के गर्ने भन्ने बारेमा जान्ने÷सिक्ने चाहना धेरै किशोर किशोरी तथा युवा युवतीहरूलाई हुनसक्छ । नहोस् पनि किन ? आखिर प्रेम […]

उच्च अदालतको आदेश : ‘पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनू’

भारत र ब्राजिलबीच १५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

एजेन्सी, ११ माघ । भारत र ब्राजिलले साइबर सुरक्षा, जीवविज्ञान तथा स्वास्थ्य र औषधिलगायतका विभिन्न क्षेत्रलाई समेट्ने गरी १५ बुँदे सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोबीच भएको द्विपक्षीय वार्तापछि ती दुई मुलुकले साइबरसुरक्षा, जीवविज्ञान र स्वास्थ्य र औषधिलगायतका क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको हो । […]

गणतन्त्रलाई सबल बनाउन भूमिका खेल्ने शीर्ष नेताको प्रतिबद्धता

केपी ओलीको ‘राष्ट्रघाती षड्यन्त्र’विरुद्ध ९ कम्युनिस्ट पार्टीद्वारा आन्दोलन घोषणा

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी सीमा अतिक्रमणमा मौन बसेर तथा अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्ष लिएर राष्ट्रघाती षड्यन्त्र गरेको भन्दै ९ वटा कम्युनिस्ट पार्टीले आन्दोलन घोषणा गरेका छन् ।

नेकपा मसाल, क्रान्तिकारी माओवादी, नेकपा मालेलगायत ९ मोर्चाले शनिवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ओली सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने घोषणा गरेका छन् ।

भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र सहितका भूमि अतिक्रमण गरेको तथा अमेरिकाले हिन्द प्रशान्त रणनीतिअन्तर्गत एमसीसी सम्झौता अगाडि बढाएको ठहर गर्दै आगामी माघ २४ गतेबाट संयुक्त आन्दोलन गर्ने निर्णय सार्वजनिक गरिएको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षता बसेको बैठकले काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, पोखरा, बुटवल सुर्खेत र धनगढीमा विरोधसभा गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले एमसीसीलाई संसदबाट पारित गराएर कार्यान्वयनमा लैजान खोज्दा सत्तारुढ नेकपाभित्रै विवाद चर्किएका बेला सरकारबाहिरका कम्युनिस्ट पार्टी समेत एकजुट भएका छन् । कम्युनिस्टहरूले चौतर्फी विरोध गरिरहेको एमसीसीको पक्षमा ओली सरकारको सक्रियता अनौठो देखिएको छ ।

जाजरकोट भूकम्प: पीडितलाई विभिन्न निकायको सहयोग

प्रचण्डका कारण आइजीपी तनावमा, एक महिनासम्म चितवनमा एसपी पठाउन सकेनन्

काठमाडौं– जिल्ला प्रहरी कार्यालय चितवन एक महिना देखि प्रहरी उपरीक्षक (एसपी)विहीन बनेको छ । प्रहरी प्रधान कार्यालयले नयाँ प्रमुख पठाउन सकेको छैन।

आफैंले गरेको सरूवा कार्यान्वयन गर्न नसकेपछि प्रधान कार्यालयलाई एउटा जिल्लामा एसपी पठाउन नसक्ने अक्षम भएको आरोप लागिरहेको छ।

महिना दिनसम्म एसपी खटाउन नसक्दा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल दबावमा छन्। प्रधान कार्यालयका अनुसार उनले सरूवा गराएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई न खटाउन सकेका छन्, न अर्को प्रहरी उपरीक्षक पठाउन।

प्रहरी महानिरीक्षक मातहतको इन्टरपोल शाखामा कार्यरत् पन्त एक महिनादेखि ‘रवाना’ कुरिरहेकी छिन्। सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो गृह जिल्ला चितवनमा एसपी सरुवा विषयमा चासो लिएपछि सरुवा अलपत्र परेको हो।

खनालको आदेश पर्खेर बसेका इन्टरपोल शाखा प्रमुख एसएसपी उमेश जोशीले पन्तलाई बाटो खोलिदिएका छैनन्।
प्रहरी महानिरीक्षकको सचिवालयले पुस ४ गतेको सरूवा दायाँ–बायाँ नभएको जवाफ दिने गरेको छ।

पन्तको सरूवामा राजनीतिक शक्तिकेन्द्र चिढिएका कारण खनालले चितवनमा प्रमुख पठाउने बारे खासै सक्रियता नदेखाएको प्रधान कार्यालय स्रोत बताउँछ।

विद्यमान ३० वर्षे सेवाअवधिका कारण माघ २७ गते खनालको अवकाश हुँदैछ। अवकाशको मुखमा खनाल जिल्ला प्रहरी प्रमुख खटाउन नसकेकोमा आलोचित छन्।

खनाल पन्तलाई नै चितवन पठाउने योजनाअनुसार नयाँ निर्णय नगरेको बताउँछन्। चितवन प्रचण्डको साथै गृहमन्त्री रामबहादुर थापाको पनि गृहजिल्ला हो। पन्तको सरूवाअघि त्यहाँ प्रचण्डका पूर्वबडिगार्ड एसपी दानबहादुर मल्ल थिए। उनलाई अघिल्लो महिनै प्रधान कार्यालयले सरूवा गरेर पन्तलाई खटाउने निर्णय लिएको थियो।

गृह स्रोतका अनुसार पन्तको सरूवाअघि प्रचण्ड र गृहमन्त्री थापासँग खनालले परामर्श गरेनन्। थापाले चितवनमा कसलाई पठाउने भन्नेबारे त्यति चासो नराखे पनि प्रचण्डले चित्त बुझाएका छैनन्। चित्त नबुझाएपछि खनाल विकल्प दिन भन्दै प्रचण्डकहाँ गएका थिए।

गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित