Home Blog Page 1392

‘लक्षण देखिनु अगाडि नै फैलिन्छ कोरोना भाइरस ’

चीनको हुबेई प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण सुरुवात भएको थियो।

गत डिसेम्बरमा देखिएको उक्त भाइरसको संक्रमणबाट हाल चीनमा ५६ जनाको मृत्यु हुनाका साथै झन्डै दुई हजार बिरामी परेका छन्।

कोरोना भाइरसको खतरासँग जुध्न अनुसन्धानमा खटेका चिनियाँ अधिकारीहरुले आइतबार यस भाइरस लक्षण देखा पर्नु अगाडि नै फैलिने बताएको बीबीसीले जनाएको छ।

यस भाइरसलाई नियन्त्रण गर्न चीनले विमान उडान तथा अन्य यातायातका माध्यम ठप्प पार्नुका साथै विभिन्न शहरहरु बन्द गरिदिएका छन्।

चिनियाँ स्वास्थ्यमन्त्री मा साओवीले कोरोना भाइरसको महामारी गम्भीर चरणमा प्रवेश गरेको बताएका छन्।

मानिसबाट पनि भाइरस संक्रमण हुन थालेको पत्ता लागेपछि यसको त्रास झनै बढेको छ। विभिन्न देशले चीनको वुहानमा उडानहरु स्थागित गरेका छन्।

चीन सरकारले शनिबारमात्र यस भाइरस नियन्त्रण गर्न एक विज्ञ टोलीको गठन गरेको छ। सरकारले हजारौं स्वास्थ्यकर्मीहरु वुहान शहरमा उपचारको लागि पठाएको छ। बीबीसी

वुहानमै रोकिएका ६ नेपालीको स्वास्थ्य सामान्य

युएईले मुस्कान छर्ने नेपालीहरुको कथा

युएई । नेपाली समाजमा अझै पनि खाडीका देशमा श्रमरत नेपालीलाई सामान्य कामदारका रुपमा हेर्ने गरिन्छ ।

सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने हो भने कुनै नेपालीले खाडीका देशमा श्रम गर्छु भन्दा समाजले उसको योग्यता र सीपलाई फरक नजरले मूल्यांकन गर्छ । यी देशमा काम गर्नेहरु अदक्ष, सामान्य लेखपढ  र अन्य क्षेत्रमा जान नसकेकाहरु छन् भन्ने सोचाइ यदाकदा अझै पनि छ ।

युएईमा करिब २ लाख ५० हजार नेपाली श्रमरत छन् । विभिन्न क्षेत्रमा श्रम गरिरहेका नेपालीले देशको अर्थतन्त्रमा मात्र योगदान दिएका छैनन् ।

उनीहरुले यहाँबाट आर्थिकोपार्जनसँगै सीप, दक्षता, विकासका पूर्वाधारको नयाँ प्रयोगलाई प्रत्यक्ष अनुभूत गरिरहेका छन् । उनीहरुले आर्जन गरेको सीप देशमा समेत भित्रिएको छ ।

सुरुआतमा सामान्य कामदारका रुपमा युएई आएका नेपालीहरु करिब एकदशक यतादेखि आफ्नै लगानीमा व्यवसाय संचालन गर्ने हैसियतमा पुगेका छन् । शारीरिक श्रम गर्ने मजदुरदेखि कम्पनी संचालकको हैसियतमा पुग्नुको पछाडि थुप्रै कथा लुकेको हुन्छ ।

युएईमा सफलता पाएका  तीनै नेपालीको कथालाई पुस्तकमा संग्रहित गरिएको छ । बुलबुल पब्लिकेशन प्रा.लिले प्रकाशनमा ल्याएको ‘युएईले बाँडेको मुस्कान’ नामक पुस्तकमा युएईमा सफलता पाएका नेपालीको कथालाई समेटिएको हो ।

काम र दाम कमाएकाहरुको मात्र नभएर सीप र ज्ञान आर्जन गरेका श्रमिकको कथालाई पनि पुस्तकमा समेटिएको प्रकाशकले जनाएको छ ।

४० जना नेपालीको कथा समेटिएको उक्त पुस्तक  युएईमा श्रमगर्न आउनेहरुका लागिसमेत ज्ञानबर्द्धक रहेको पब्लिकेशनकी अध्यक्ष ध्रुर्व केसीले बताइन् ।

युएईले बाँडेको मुस्कान’ को विमोचन

 शुक्रबार नेपाली दूतावास आबुधाबीमा एक कार्यक्रमकाबीच ‘युएईले बाँडेको मुस्कान’को विमोचन गरिएको छ ।

गैरआवासीय नेपाली संघ संस्कृतिक तथा भाषा साहित्य प्रवर्द्धन समितिको मुख्य आयोजनामा दूतावासको सभाहलमा भएको कार्यक्रममा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उज्यालो रेडियो नेट्वर्क तथा उज्यालो अनलाइनका संचालक गोपाल गुरागाईं, बुलबुल पब्लिकेशनकी धुर्ब केसीलगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

विमोचन सम्मारोहमा बौल्दै राजदुत ढकालले  विदेशमा आर्जन गरेको  सीपलाई स्वदेशको  विकासमा पनि जोड्नुपर्ने बताए । अभिलेखका रुपमा रहेको पुस्तक  युएई र नेपालको सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण हुने जनाए ।

एनआरएन यूएईका सह-कोषाध्यक्ष फडिन्द्र ढकालको सभापतित्व रहेको कार्यक्रममा पुस्तकबारे निमेष गिरीले टिप्पणी  गरेका थिए ।

कार्यक्रममा नेपाली दूतावासका पदाधिकारी, विभिन्न संस्थाका प्रतिनिधि,  समाजसेवी, साहित्यअनुरागी  लगायतको उपस्थिति रहेको थियो ।

पुस्तकको सम्पादन उज्यालोका संचालक गोपाल गुरागाईं र लोकप्रिय कार्यक्रम बुलबुलमा संचालक अच्युत घिमिरेले गरेका हुन् । पुस्तकमा समेटिएका कथालाई युएईबाट जे. सागर र रामप्रसाद ढुङेलले संकलन गरेका हुन् ।

सुरुआतमा प्रतिनिधि कथाका रुपमा ४० जनालाई समेटिएको भएता पनि आगामी अंकमा यसलाई निरन्तरता दिदै लैजाने पुस्तकका परिकल्पनाकारसमेत रहेका  घिमिरेले बताए ।

नेपाल, युएई तथा अन्यदेशका पाठकले सम्बिधित देशबाटै पुस्तक पढ्न सक्ने प्रकाशकले जनाएको छ ।

कोरोना भाइरसबाट उहान अस्पतालका निर्देशकको मृत्यु

स्पेनका राजा फेलिपेको नेपाल भ्रमण गर्ने इच्छा

स्पेन । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्।

शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेकी थिइन् ।

स्पेनका नरेशले राजदूत शेर्पालाई बधाई दिनुका साथै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीप्रति शुभकामना व्यक्त गरेका थिए । उनले नेपालको अनौपचारिक भ्रमणको सम्झना गर्दै फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए । उनले राजदूत शेर्पाको सफल कार्यकालको कामना गर्दै वितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त गरे ।

स्पेनका राजाले एप्रिल २०१५ को विध्वंशकारी भूकम्पपछि नेपालमा भई रहेको पुनर्निर्माणका कामहरूको प्रगति तथा जलवायु परिवर्तनका असरहरूबारे पनि जिज्ञासा राखेका थिए ।

सो अवसरमा राजदूत शेर्पाले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाएकी थिइन् ।

राजदूत शेर्पालले सुन्दर मुलुक स्पेनमा न्यानो स्वागत गरेकोमा धन्यवाद पनि दिइन् ।

राजदूत शेर्पाले राजा फेलिपेलाई नेपालको स्थिर राजनीतिक परिस्थिति तथा “समृद्ध नेपाल, सुखी नेपाली” को दीर्घकालिन लक्ष्य पूरा गर्न सरकारले थालेका प्रयासबारे पनि जानकारी गराएकी थिइन् ।

उनले स्पेनका राजालाई नेपाल सरकारले जलवायु परिवर्तनका बारेमा आउँदो २–४ एप्रिल २०२० मा काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवाद तथा नेपाल भ्रमण वर्ष २०२० बारे पनि जानकारी गराएकी थिइन् ।

सो समारोहमा स्पेनको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल तथा महासचिव, राजदरबारका चिफ प्रोटोकल अफिसर, नेपाली दूतावासका कर्मचारीहरु तथा स्पेनी सञ्चार माध्यमका प्रतिनिधिहरु पनि उपस्थित थिए ।

प्राणघातक रोग रुबेला खोप अभियान शुभारम्भ

आज माघ १२ गते आइतबारको राशिफल यसप्रकार छ,

मेषः– लक्ष्य प्राप्तिको लागि मन,वचन र कर्मले लाग्नु होला । साथी भाई इष्टमित्रको भर पर्दा उपलब्धि गुमाउनु पर्ने अवस्था आउन सक्छ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । नोकरी तथा राजनीति क्षेत्रबाट उपलब्धि कम हात लाग्नेछ । पहिचान नभएको विषय बस्तुमा लगानी नबढाउनु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

वृषः– दिन अनुकुल नै देखिन्छ । समयको महत्वलाई कत्ति पनि नभुल्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । जति सक्रिय भएर लाग्यो उत्ति नै आफुलाई फाइदा हुनेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । यात्राको योग देखिन्छ । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । साथी भाई सामान्य सहयोग मिल्नेछ ।

मिथुनः– दिन सहज देखिदैन । प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ला । काममा बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आपतमा सहयोग गर्ने कोहि हुने छैनन । मिथ्या अरोप लाग्न सक्छ ।

कर्कटः– समयले साथ दिनेछ काम गर्दा कत्ति पनि ढिलो नगर्नु होला । ढिलो गरेमा उपलब्धि गुम्नेछ । लगनशिल भई गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगको आशा धेरै नराख्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट मुनाफ धेरै हुनेछ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । पारिवारिक सहयोग सामान्य मिल्नेछ ।

सिंहः– आत्म विश्वास,कार्य क्षमता र लगनशिलता बढ्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा । गएका ठाँउमा आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ

कन्याः– समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु विस्तारै हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको योग देखिन्छ ।

तुलाः– समयले कम साथ दिनेछ । काम गर्ने वातावरण मिलाउन सकिने छैन । मन अस्थिर बन्नेछ । गलत चिन्तनको शिकार भईनेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । यात्रा कष्टपूर्ण हुनेछ । पठन पाठनमा भने सुधार आउनेछ । कुनै पनि काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

वृश्चिकः– समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई अझै नकार्न सकिन्न । पारिवारिक सहयोगमा धेरै काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ । कमाएको धनलाई वचाउने प्रयास गर्नु होला ।

धनुः– असम्भवको ठाँउमा सम्भावनाका विरुवा रुपिनेछ । पुराना मुद्धा फस्र्योट हुने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । भय आतुरमा गरेका कामबाट हैरानी हुनेछ ।

मकरः– जीवन साथीको सहयोग लिएर काम गर्नु होला । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि आफैलाई हुनेछ । कला सहित्यमा थोरै अभिरुची बढ्नेछ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । साझेदारी काममा हात नहाल्नु होला ।

कुम्भः– मनमा अशान्ति बढ्नेछ । समस्याको पहिचान गरेर मात्र काममा अगाडि बढ्नु होला । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । राजनीति चासो बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढाउदा दुःख पाईनेछ । श्रम बढि उपलब्धि कम हात लाग्नेछ ।

मिनः– दिन अनुकुल नै देखिन्छ । समयमा कामको टुङ्गो लगाउनु होला । इष्टमित्रको सहयोग कम मिल्नेछ भने साथी भाईबाट उचित सहयोग पाईनेछ । कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट मनाफा राम्रै हात लाग्नेछ । पढाई र सन्तानको विषयलाई लिएर मनमा थोरै असन्तोष बढ्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

The post आज माघ १२ गते आइतबारको राशिफल यसप्रकार छ, appeared first on .

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा एकको मृत्यु

ट्रम्पका वकिल समूहको आरोप : डेमोक्रेटले २०१६ को चुनाव परिणामलाई उल्टाउन खोज्याे

एजेन्सी, १२ माघ । राष्ट्रपति ट्रम्पका वकिलको समूहले डेमोक्रेट पार्टीले सन् २०१६को चुनावको परिणामलाई उल्टाउन खोजेको आरोप लगाएका छन् । ट्रम्पविरुद्धको महाभियोगको बचाउ गर्दै उनीहरुले राष्ट्रपतिबाट कुनै गलत काम नभएपनि डेमोक्रेटले परिणाम उल्टाउन महाभियोग लगाएको आरोप लगाएका हुन् । महाभियोगसँग जोडिएका साक्षी र सम्बन्धित अभिलेख सार्वजनिक नगरेर डेमोक्रेटको नियतमा खोट देखिएको समेत उनीहरुको भनाई छ […]

बजेट कार्यान्वयनको चार महिना: पूँजी निर्माणमा भन्दा सार्वजनिक ऋण तिर्न बढी खर्च

सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या बढ्दै, ३ दिनमा ४ को ज्यान जान्छ

धनगढी, १२ माघ । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। तीन आर्थिक वर्षको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या बढिरहेको छ। सुदूरपश्चिममा औसतमा प्रत्येक तीन दिनमा चारजनाले आत्महत्या गरेको तथ्यांक छ। गरिबी, पारिवारिक र सामाजिक सम्बन्धमा उतारचढाव तथा मानसिक समस्याका कारण आवेगमा आई आत्महत्या गर्ने बढ्दै गएको विश्लेषण गरिएको छ। कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक […]

एनएनआईपीए स्पोर्ट्स अवार्ड आज

कोरोना संक्रमणको लक्षण देखिएमा चिनियाँलाई सीमाबाटै फिर्ता गरिने

रसुवा, १२ माघ । रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा विदेशी पर्यटकमा कोरोना भाइरसको कुनै लक्षण देखिएमा चिनियाँ भूभागबाटै फिर्ता गरिने भएको छ। रसुवागढी नाकास्थित चीनतर्फ रहेको चिनियाँ क्यारेन्टाइनले स्वास्थ्य परीक्षण गरेर संक्रमणको लक्षण देखिएमा त्यहीबाट फिर्ता गर्ने जनाएको हो। चिनियाँ तथा विदेशी पर्यटक भए त्यहीबाट फर्काउने र नेपाली रहेको खण्डमा नेपालस्थित रसुवागढी नाकामा […]

वुहान अस्पतालका निर्देशकको कोराना भाइरसको संक्रमणबाट मृत्यु

आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री भट्ट

हेटौँडा, १२ माघ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग विकासका लागि आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । शनिबार साँझ हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग सङ्घका पदाधिकारीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भट्टले विदेशी लगानी भित्र्याउन लागिपर्दा स्वदेशी लगानीकर्ता निरास भएको बताउनुभयो । मन्त्री भट्टले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर औद्योगिक विकास […]

नवीनाले छुटाएका सत्यमान प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

आजको राशिफल : माघ १२ गते, आइतबार

वि.सं.२०७६ साल माघ १२ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी २६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि–द्वितीया,५४ घडी ४४ पला,रातको ०४ बजेर ४९ मिनेट उप्रान्त तृतीया । नक्षत्र– धनिष्ठा,५७ घडी २३ पला,रातको ०५ बजेर ५३ मिनेट उप्रान्त शतभिषा […]

अध्ययन भन्छः कोरोनाभाइरसको जोखिममा वृद्धवृद्धा र बिरामी

कालिकोटमा अस्पताल निर्माण सुरु, चाइनिज हिरोको २ करोड सहयोग ! (भिडियो)

काठमाडौं, ११ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडलाई कालिकोटको रास्कोटबाट प्रत्यक्ष प्रसारण गरिएको छ । विशेष गरी आजको एपिसोडमा रास्कोटमा बन्दै गरेको रास्कोट सामुदायिक अस्पतालको विषयमा विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ । १. सुरु भयो ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको निर्माण कालिकोट […]

‘दाह्री पालेको र इन्टरनेट चलाएकै कारण उइगुर मुस्लिम चीनको थुनामा’