विराटनगर, ११ माघ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताएकी छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा कोइराला निवासमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।
पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धारणा राख्दै नेत्री कोइरालाले मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको चर्चा गरिन् । उनले सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको बताइन् ।
पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने तर्क गर्दै उनले नेताहरुले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने सुझाव दिइन् । पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका हामी तीनजना एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै उनले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको धारणा राखिन् ।
नेत्री कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा अहिले पनि छ भन्दै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताइन् ।
काँग्रेस रहे हामी सबै रहने मानसिकता बनाउन नेतृत्वलाई सुझाव दिँदै उनले बहुचर्चित एमसिसी परियोजना राष्ट्र हितमा रहेको जानकारी दिइन् ।
यो परियोजनाबाट राष्ट्रलाई ठूलो धनराशि प्राप्त हुने भएकाले सरकारले संसद्बाट स्वीकृत गराउनुपर्ने बताउँदै उनले परियोजनामा केही बुँदामा त्रुटि छ भने यसलाई सच्याउनुपर्ने उल्लेख गरिन् । रासस
काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्य्दिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पारेका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले विचार र कार्यदिशामा स्पष्टता आउन नसक्दा अन्योल र अराजकता मौलाएर पार्टी ठीक ढङ्गबाट अघि बढ्न नसक्ने बताए ।
उनले भने, ‘विचारमा सहिपना र स्पष्टताले पार्टीलाई विकसित गर्दै लैजान्छ । विचारमा स्पष्टता भएन भने पार्टीले आफ्नो उद्देश्य र लक्ष्य प्राप्ति गर्न सक्दैन ।’
समाजवाद स्थापनाका लागि नेपालमा मौलिक ढङ्गको क्रान्ति गरिएको उनको भनाइ थियो । उनले भने, ‘हामीले नेपालमा जे उपलब्धि हासिल ग¥र्यौं, त्यो दुनियाको कुनै किताबमा पाइँदैन । विश्वभरको क्रान्तिको अध्ययन गरेर नेपालमा मौलिक विचार निर्माण गरिएको छ, समाजवादको आधार तयार पार्ने ‘हतियार’का रुपमा जनताको जनवादलाई लिइएको हो ।’
पुस्तकले नेकपाको वैचारिक धरालत र अब कुन दिशातर्फ जाँदैछ भनेर आम जनमानसलाई बुझ्न सहज हुने उनको भनाइ थियो ।
‘राजनीतिक आन्दोलनपछिको सङ्क्रमणालीन परिस्थितिमा नेपाली राजनीतिको आजको अवस्था र अबको लक्ष्य बुझ्न पुस्तकले महत्वपूर्ण सन्देश दिएको छ,’ अध्यक्ष दाहालले भने ।
नेपालमा कम्युनिष्ट आन्दोलनको उठान, सङ्घर्ष तथा वैचारिक विषयवस्तु समेटिएको यस पुस्तकले नेकपाको आधारिक दस्तावेज तयार गर्न सहयोग पु¥याउने उनको विश्वास थियो ।
अध्यक्ष दाहालले नेकपाको इतिहास, कार्य्दिशा विकासका शृङ्खला र सन्दर्भ एवं पार्टी एकताको निर्णयसम्मका वैचारिक आधारबारे पार्टी पङ्क्तिमा थप प्रष्टता ल्याउन मद्दत मिल्ने बताए । रासस
सुर्खेत, ११ माघ । गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताएका छन् ।
शनिबार सुर्खेतमा आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उनले एमसिसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने बताएका हुन् ।
एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने बाध्यता किन भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफमा उनले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने उल्लेख गरे ।
गृहमन्त्री थापाले शान्ति र स्थायित्व विना मुलुकमा विकास सम्भव नभएको बताए ।
उनले सरकारले अपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता राखेको जानकारी दिए ।
सुर्खेत, ११ माघ । गृहमन्त्री रामबहादुर थापाले सरकारले आपराधिक नियन्त्रणलाई प्राथमिकता राखेको बताएका छन् ।
नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत आई पुग्नुभएका गृहमन्त्री थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारले आपराधिक नियन्त्रणलाई प्राथमिकता राखेको बताएका हुन् ।
नेपाललाई आपराधिक अखडा बनाउँदै आएका चिनियाँ नागरिकलाई भर्खरै सरकारले पक्राउ गरेर देश निकाला गरेको जनाउँदै उनले भने, ‘हामीले सीमापारिका अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेका छौँ । सांस्कृतिक परिवर्तनस्वरुप सरकारले छाउपडी प्रथा उन्मूलन अभियान सञ्चालनन गरेको छ । यसबाट पनि समाजमा सकारात्मक प्रभाव पर्दै गएको छ ।’
पछिल्लो समयमा निर्यात बढेको बताएका गृहमन्त्री थापाले सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको र विकास निर्माणका काम पनि निर्वाध अघि बढाएको जनाए ।
सरकारले गरेको लगानी सम्मेलन र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण नेपालका लागि लाभदायक भएको उनले बताए । त्यसैगरी, मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने उनको भनाइ थियो ।
एमसिसी सदनमा प्रस्तुत भएपछि त्यसमा भएका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुने उनले जिकिर गरे । एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने किन बाध्यता भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अमेरिकी सिनेटले पारित गर्ने भएकोले नेपालको सदनबाट पारित गर्नुपर्ने भएको जनाए ।
नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित नहुने गरी यो सदनबाट पारित हुने उनको भनाइ थियो । विप्लवलाई मूल प्रवाहमा ल्याउने काम जारी नै रहेको बताउँदै उनले सदनबाट प्रहरी विधेयक पारित भइसकेको र अब राष्ट्रपतिबाट प्रमाणीकरण हुन मात्र बाँकी रहेको जनाए ।
भारतले सार्वजनिक गरेको नयाँ नक्साका कारण उब्जिएको विवाद र त्यसबाट दक्षिणसँग बिग्रेको सम्बन्ध सुधार गर्न कूटनीतिक प्रयास भइरहेको उनले बताए । रासस
पाेखरा / पोखरामा जारी पोखरा महोत्सबमा आफ्नो प्रस्तुती राख्ने क्रममा चर्चित र्यापर समिर घिसिंग अर्थात भिटेन स्टेजबाट लडेका छन ।
दशौ पोखरा महोत्सबको ११ दिनको कन्सर्टमा पुगेका भीटेन गित गाउदा गाउदै लडेका हुन् उनि लडीसके पछि उनको भिडियो कैद गर्ने पुगेका क्यामेरा मेनहरुले उनलाई उठाएका थिए पछी आयोजक सहितको टोलिले उनलाई उद्धार गरेका थिए तर उनले लडी सकेपछी पनि गित गाउँन छोडेनन ।
सहयोगीहरुले बोकेर लैजादै गर्दै पनि उनले गित गाएका थिए केही समय गाडीमै बसेर आरम गरेपछि उनले फेरी आफ्नो प्रस्तुति राखेका थिए ।
काठमान्डाैं / आस्था राउतले प्रहरीमाथि अभद्र व्यवहार गर्नु ठीक एक साताअघि ज्योति मगरले मदिरा पिएर दरबारमार्गस्थित रेष्टुरेण्टका कामदारसँग अभद्र व्यवहार गरिन् ।
ज्योतिसहित एकजना केटा र एक केटी साथीले सात हजारको मदिरा र सितन खाए । पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले लफडा झिकिन् । रेष्टुरेण्टका कामदारले सम्हाल्न नसकेपछि दरबारमार्ग प्रहरीमा खबर पुग्यो । प्रहरीले अभद्र व्यवहारमा मुद्दा चल्न सक्छ भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरेकी छन् ।
जयनेपाल रोडमा रहेको किङ्स प्यालेस लाउञ्ज बारमा भएको घटना हो यो । तर, यो बिषयमा जनआस्थाले सम्पर्क गर्दा उनले ‘आफूहरू पीडित भएको सुनाइन् । ‘आफ्ना साथीलाई त्यहाँका कामदारले काउन्टरअगाडि बसिरहेको समयमा हातपात गरेको र न्याय खोज्दै दरबारमार्ग प्रहरी चौकी पुगेको, त्यो रात अबेला भएको कारण प्रहरीले भोलिपल्ट मुद्दा दायर गर्न बोलाएको भए पनि आफूहरूले मुद्दा दायर नगरेको’ उनको जिकिर छ ।
ज्योतिले थपिन्, ‘रेष्टुराँका कामदारसँग हाम्रो लेबल मिल्दैन, उल्टै मुद्दा मामिला गर्दा इज्जतमा दाग लाग्छ भन्ने भएपछि हामीले केही गरेनौं । हामी सहेर बसेका छौं भने यो इस्युलाई चकाृउन तपाईंलाई मात्रै के चासो ?’
अन्य खेलहरुको तुलनामा नेपालमा भलिबल खेलको इतिहास लामो भएपनि नेपाल भलिबल संघ स्थापनाको ४४ वर्षपछि मात्र यसले राष्ट्रिय खेलको मान्यता पायो।
नेपाल भलिबल संघको २०६८ साल साउनमा पोखरामा सम्पन्न पाचौं बार्षिक साधारण सभाले नेपालको राष्ट्रिय खेल भलिबल हुनुपर्ने माग राख्दै सरकारलाई निवेदनसहित पहल गर्ने निर्णय गर्यो। उक्त निर्णयसँगै यो अभियानले संस्थागत रुप लिएको थियो।
२०७४ जेठ ८ गतेको मन्त्रीपरिषद् बैठकले भलिबललाई राष्टिय खेल घोषणा गर्यो। तत्कालिन खेलकुद मन्त्री दलजित श्रीपाईलीको कार्यकालमा भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको हो।
भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपनि यसको चर्चा हुन थालेको लामो समय भएको छैन। खेलिने क्षेत्र, प्रतियोगिताको संख्या र उमेर समुह लगायतका आधारमा नेपालमा खेलिने खेलहरुमध्ये भलिवल अग्रस्थानमैं आउँछ।
भलिबलले पछिल्लो समय पाएको चर्चा र सफलताको श्रेय पाउनेमध्ये एक हुन् भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा।
भलिबलमा चार वर्षअघिसम्म गुमनाम रहेका शर्मा २०७३ मा संघको नेतृत्व सम्हालेसँगै चर्चामा आए। पछिल्ला वर्षमा उनले भलिबल खेलतर्फ धेरैको ध्यान तान्न सफल भए र त्योसँगै आफू पनि चर्चामा रहे।
खेल क्षेत्रमा ‘नामजस्तै फरासिला मान्छे’ भनि चिनिने मनोरञ्जन रमणले प्रायः हरेक कार्यक्रममा गीत, कविता वा सायरीबाट आफ्ना भनाई तथा प्रस्तुती शुरु गर्छन। नेतृत्व सम्हाल्दा उनलाई धेरैले त्यति पत्याएका थिएनन्। तर उनले अहिले जसरी काम गरिहेका छन् त्यसका कारण सबैतिरबाट प्रशंसा बटुल्न सफल भएका छन्।
के के गरे उनले? उनले भलिबलकै विकासका लागि भनी व्यक्तिगत रुपमा १० लाख रुपैँयाको अक्षयकोष स्थापना गरे। यहिबीचमा व्यवसायिक संघ संस्थालाई पनि भलिबलमा जोडे।
उनकै कार्यकालमा भलिबलले महिला पुरुष दुवैतर्फ पदक ल्यायो। पुरुष टोलीले २०७३ चैतमा विभिन्न एसियाली मुलुकहरु सहभागी हुने सेन्ट्रल जोन भलिबलमा कास्य पदक जितेको थियो।
महिला भलिबलतर्फ यो वर्ष नेपालका लागि उल्लेख्य सफलता हात प¥यो। यसै वर्ष महिला टोलीले २ वटा पदक ल्याएर चर्चाको शिखरमा रहे महिला भलिबल खेलाडी। कार्तिकमा भएको सेन्ट्रल जोन भलिबलमा ऐतिहासिक रुपमा नै पहिलो स्वर्ण पदक ल्याएर सनसनी मच्चाएको महिला भलिबलले गत मंसिरमा घरेलु मैदानमैं सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा रजत पदक जितेको थियो।
आफूले निन्द्रामा रहेको भलिबलाई जगाउने काम गरेको उनको दाबी छ। भलिबललाई प्रायोजकहरु खोज्नका लागि घरघरसम्म पुगेको उनी बताउँछन्। ‘सबैसँग हात जोडियो, अनि मात्र यहाँसम्म ल्याउन सकिएको हो,’ उनले भने।
उनले संघको नेतृत्व सम्हाल्दा ‘ग्रासरुट’ र बढिभन्दा बढि युवाहरुलाई समेटेर भलिबललाई अघि बढाउने प्रतिवद्धता जनाएका थिए। तर त्यसतर्फ उल्लेख्य प्रगति हुनसकेको छैन।
‘यसमा काम गर्न नसकेकोमा म क्षमा माग्छु, तर मैले चाहेर मात्र नहुने रहेछ। यसकालागि स्कुल भलिवल कमिसन गठन गरिएको थियो। तर यसले काम गर्न सकेन,’ उनले भने। ‘३ वर्ष भैसक्दा पनि काम गर्न नसकेको र असक्षम रहेको आरोप लगाए, काम गर्न नसक्ने हो भने संघलाई भन्दा हुन्थ्यो।’
शर्मा नेतृत्वको कार्यकाल अब केहि महिना मात्र बाँकी छ। अरुको साथ पाए नेतृत्वमा निरन्तरता दिन आफू इच्छुक रहेको बताए।
‘मेरो कार्यकालमा भएको काम सबैले देख्नुभएकै छ। तर भलिबललाई अझै अगाडी बढाउने र आर्थिक रुपमा बलियो बनाउने हो भने जसले नेतृत्व सम्हाल्दा पनि हुन्छ,’ उनले भने। सबैको साथ पाए नेतृत्वमा दोहोरिने इच्छा रहेको भने प्रष्टै झल्किन्थ्यो।
‘कसैले केही सहयोग चाहिँ नगर्ने तर स्वर्ण पदक आएन मात्र भन्ने हो भने नेतृत्वमा निरन्तरताका लागि अघि नबढ्ने’ उनले बताए।
स्तरीय भौतिक पुर्वाधारको अभाव भलिबललाई राष्ट्रिय खेल भनिए पनि स्तरीय भौतिक पुर्वाधार भने अझै छैनन। प्रतियोगिता आयोजना गर्दा कभर्ड हलको अभावले सँधै पिरोल्छ।
यसको लागि सरकारले बुढानिलकण्ठ र कीर्तिपुरमा जग्गा हेर्ने र सम्भाव्यता अध्ययनपछि कर्भडहल बनाउने आश्वासन पाएको शर्माले बताए।
भलिबलका लागि स्थायी र सुविधासम्पन्न कभर्डहल अहिलेको प्रमुख आवश्यकता हो। प्रतियोगिता गर्न नेपाली सेनाकै हलमा भर पर्नुपर्ने बाध्यता रहेकाले हल बनाउनका लागि संघले काम गरिरहेको हो।
आफ्नै हल नहुँदा सेन्ट्रल जोन प्रतियोगिता आर्मीको हलमा गर्नुपर्ने बाध्यता रहेको उनले गुनासो पोखे।
परिषद्को एउटै हलमा प्रतियोगिता गर्न पालो कुर्नुपर्ने बाध्यता रहेकाले यसलाई हटाउन आफुले काम गरिरहेको शर्माले बताए।
वेष्ट इण्डिजका पूर्व अलराउण्डर ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग(इपीएल)मा भैरहवा ग्लाडियटर्शको प्रतिनिधित्व गर्ने भएका छन्।
३६ वर्षे स्मिथलाई यस सिजनका लागि अनुबन्ध गरेको क्लबले जनाएको छ। वेष्ट इण्डिजका लागि तीनै फम्र्याटमा खेलिसकेका यी भेट्र्रान खेलाडीले २०१७ मा राष्ट्रिय टोलीबाट सन्नास घोषणा गरेका थिए। उनी आइपीएलमा चेन्नाइ सुपरकिंग्सबाट खेल्ने गर्छन्।
नेपाल भ्रमणमा आउन आफू आतुर रहेको स्मिथले विज्ञप्तिमार्फत जनाएका छन्। क्लबले जारी गरेको विज्ञप्तिमा उनले भनेका छन्, ‘म नेपाल आउन आतुर छु। सबैलाई मेरो टिम भैरहवा ग्लाडियटर्शलाई सपोर्ट गर्न अनुरोध गर्दछु।’
विज्ञप्तिमा स्मिथले आफूले नेपाल र यसको भौगोलिक अवस्थाका बारेमा सुनेको समेत बताएका छन्।
यस्तै टोलीका कप्तान शरद भेषावकरले वेष्टइण्डिज र आइपीएलका शक्तिशाली खेलाडी आफूसँग खेल्न लागेको विश्वासै नलागेको जनाएका छन्। उनको आगमनले युवा खेलाडीहरुलाई थप प्रोत्साहन मिल्ने उनले उल्लेख गरेका छन्।
तामाङ समुदायले शनिबार विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व अर्थात नयाँ वर्ष मनाएका छन्।
सुँगुर वर्षको विदाई र मुसा वर्षको स्वागत गर्न देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गरी मनाएका हुन्।
तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होसार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ।
मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिबार नयाँ वर्ष मनाएका हुन्। पात्रो अनुसार शनिबारदेखि २८५५ वर्ष पुरा भई २८५६ वर्ष सुरु भएको छ। तामाङ समुदायको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहनगोले तामाङले प्रत्येक जनावरले एक–एक पटक शासन गर्छन् भन्ने विश्वाससहित सुँगुर वर्ष अन्त्य भई मुसा वर्ष सुरु भएको बताए।
सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका वर्षमा विभाजन गरिएको छ। काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रममा तामाङ समुदायको संस्कृति, भेषभुषा तथा विभिन्न परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो। तामाङ समुदायका विभिन्न संगठनहरुले सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरेका थिए।