Home Uncategorized नेपालकी प्रेरणा र भारतका अमनलाई जुनियर यु–१८ को उपाधि

नेपालकी प्रेरणा र भारतका अमनलाई जुनियर यु–१८ को उपाधि

अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आईटीएफ)को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फको उपाधि प्रेरणा कोइरालाले जितेकी छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित शनिबारको फाइनलमा कोइरालाले अभिलाषा विष्टलाई ६–२, ६–४ ०–७, ६–१ को सेटमा पराजित गर्दै उपाधिसहित ३० अंक बटुलिन्।

यता, पुरुषतर्फ भारतीय खेलाडी अमन दहियाले आफनै देशका जम्सिन सिधानालाई सोझो सेटमा पराजित गरे। दहियाले ६–४, ६–१ को सेटमा पराजित गर्दै सर्किट २ को उपाधि आफनो नाममा लेखाउँदै ३० अंक जोडे।

अघिल्लो शनिबार आयोजित प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपाली १८ जना खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक तथा कास्की जिल्ला टेनिस संघका सल्लाहकार सूर्य भुजेलले बताए।

पोखरामा आयोजित जुनियर टेनिस यो दोस्रो पटक हो। गतवर्ष यु–१४ सर्किट १ र २ को प्रतियोगिता पोखरा रंगशाला टेनिस कोर्टमा आयोजना गरिएको थियो।

अर्यालसहित तीन जना सचिवमा सिफारिस

Previous articleउपाधि छिनोफानो हुने खेलमा मछिन्द्रले आर्मीविरुद्ध लियो अग्रता
Next articleमछिन्द्रले पहिलोपटक उचाल्यो ए डिभिजन लिगको उपाधि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।