जब इजरायली सैनिकहरुलाई युवतीका तस्बिर पठाएर लोभ्याइयो…

इजरायली सेनाले आफ्ना दर्जनौं सैनिकको स्मार्टफोनमा युवतीहरुका तस्बिर पठाएर ह्याक गरिएको बताएको छ।

इजरायली सेनाका प्रवक्ताका अनुसार सैनिकहरूलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एक एप्लिकेसन डाउनलोड गर्न अनुरोध गरिएको थियो।

सैनिकहरूलाई यो एप्लिकेसन डाउनलोड गर्दा आफ्नो फोन ह्याक हुन्छ भन्ने बारेमा जानकारी नभएको बताइएको छ।

 इजरायली सेनाले भनेको छ, ‘यो ह्याकिङ गर्ने काम हमास संगठनसँग सम्बद्ध व्यक्तिहरुद्वारा गरिएको छ।’

गाजामा शासन गर्ने कट्टरपन्थी गुटहरू हमास र इजरायल बीच पुरानो दुस्मनी रहेको छ।

इजरायली सेनाका प्रवक्ता कर्णेल जोनाथन कार्निकसका अनुसार इजरायली सेनाको फोन ह्याक गर्ने हमासको यो तेस्रो र सबैभन्दा जटिल प्रयास भएको बताएका छन्।

‘हामीले हेरिरहेका छौं कि उनीहरूले सिकिरहेका छन् र उनीहरूले आफ्नो क्षमता वृद्धि गरेका छन्’, उनले भनेका छन्।

प्रवक्ता कार्निकसका अनुसार ह्याकर्सले कनीकुथी हिब्रु बोल्ने र आप्रवासी भउृको दावी गर्ने युवतीको रुप धारण गरेका थिए।

सैनिकहरुसँग मित्रता गाँसेपछि ती युवतीहरूले केही लिंकहरू पठाएको ती लिंकहरुमार्फत उनीहरूका तस्विरहरू पठाउन सक्षम हुनेछन् भनेर बताएका थिए। जबकि यो वास्तवमा एक भाइरस थियो र यो स्मार्टफोन ह्याक गर्न सक्षम थियो।

एक पटक क्लिक गरेपछि यो लिंकले ह्याकरहरूलाई स्मार्टफोनको डाटा, स्थान र फोटोहरूमा पहुँच दिन्थ्यो। जानकारी दिनेमात्र नभई फोन पनि नियन्त्रण गर्न सकिने र फोटो र आवाज फोनका प्रयोगकर्तालाई जानकारी नदिइ रेकर्ड गर्न सकिने बताइएको छ।

कर्नल कार्निकस भन्छन्, ‘इजरायली सेनालाई यो षड्यंत्रको बारेमा महिनौं अगाडि थाहा भयो र आफ्नो नियन्त्रणमा यसलाई चल्ने दिइयो। पछि यसलाई बन्द गरियो।’

इजरायली सेनाले आफ्नो सैनिकहरूलाई सावधानीका साथ स्मार्टफोन प्रयोग गर्न चेतावनी गरिसकेको छ।

इजरायल र हमास बीच दशकौंदेखि द्वन्द्व चलिरहेको छ र दुवैले एक अर्काको जासूस गर्ने काममा व्यस्त छन्।

कोरोनाविरुद्ध कोरियाले थाल्यो युद्ध, छुट्यायो २५ अर्ब डलर बजेट

Previous articleजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Next articleचीनबाट ल्याइएका नेपालीको नमूना परीक्षण रिपोर्ट अन्तिम चरणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।